Cover Image of Asal Abhyas Book

प्रकाशन: असल अभ्यास

Cover Image of Asal Abhyas Book

राष्ट्रिय अपाङ्ग महासँघको जिल्ला च्याप्टर र स्वावलम्बन समुहले आफ्नो कार्यक्षेत्रमा गरेका असल अभ्यास र सह्रानीय कामहरुको वारेमा छोटकरीमा यस पुस्तकमा समेट्ने प्रयास गरिएको छ । यसवाट अन्य अपाङ्गता भएका ब्यक्ति तथा सँस्थाहरुले केही सिक्न र आफ्नो व्यवहारमा उतार्न सकुन् भन्ने यस पुस्तक प्रकाशनको अभिप्राय रहेको छ।

यस प्रकासनमा समावेश भएका सामाग्री निम्मानुसर प्रकासित गरिएको छ।

यस प्रकाशनलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


प्रकाशकीय

असल अभ्यास (Good Practice) स्थापित गर्नु सहज काम होइन । यसको लागि धेरै चुनौतिको सामना गर्नुपर्छ र मेहेनत र संघर्षको पनि त्यतिकै जरूरी हुन्छ । असल अभ्यास सबैतिर एकैपटक स्थापित हुने कुरा पनि होइन । यसलाई एकठाउँमा स्थापित गरेर विस्तारै अन्यत्र पुन प्रयोग गर्दै लैजानुपर्छ । तपाँइ हामीले गरेका राम्रा कामहरूबाट अरू पनि लाभान्वित हुने अवसर मिलोस भनेर यस्ता अभ्यासहरूलाई समुदायमा विभिन्न माध्यमहरूबाट पुर्‍याउनु सबैको कर्तव्य पनि हो र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल यस्ता कर्तव्यहरू प्रति सचेत छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले डी.पी.ओ.डी. डेनमार्क सँग साझेदारी गरी विगत १७ वर्षदेखी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनको लागि विभिन्न कामहरू गरिरहेको…


सहयोग विहीनहरुको सहयोगी सीताराम सर

ईलाम जिल्लाका पञ्चकन्या गाविसमा सीताराम रेग्मीको सम्पन्न परिवारमा जन्म भयो । सीताराम सरले जीवनलाई कहिले फर्केर हेर्नु परेको थिएन । आईएड पढ्दा पढ्दै उहाँ सरकारी विद्यालयमा शिक्षक हुनुभयो । आइएड पास गरेपछि स्थानीय श्री पञ्चकन्या प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुनु भयो । यता घरमा गाई पालन तथा चिया खेति थियो । यसले उनको आम्दानी पनि राम्रो थियो । परिवारमा ५ जना सदस्यहरुको जीवन खुसीसाथ वितिरहेको थियो । समय पनि कति निष्ठुरी हुदोरहेछ । एकपटक ईलामवाट काठमाण्डौ जाने क्रममा बस दुर्घटना भयो । त्यही दुर्घटनाबाट उनी नराम्रोसँग घाइते भए । उनलाई हतार हतार गर्दै अस्पताल लगियो । तर जति उपचार गरेपनि ठिक…


उमाको हिम्मत

ईलाम जिल्लाको बरबोटे गाविस वडा नं ४ मा आज भन्दा ३५ वर्ष अगाडि उमादेवी घिमिरेको जन्म भएको थियो । उनको परिवारमा उनी सहीत ११ जना सदस्य रहेका छन् । सामान्य खेतीपाती गर्ने परिवारमा जन्मेकी उमाको परिवारमा दुई छाक खान भने चटारो थिएन । जन्मेको ३ वर्षसम्म केही पनि नबोलेपछि परिवारले उनलाई अस्पताल पुर्याए । धेरै उपचार गर्दा पनि उमाको स्वर आएन । उनी भन्छिन् मेरो उमेर बढ्दै गइरहेको थियो । बोल्न नसक्ने भईयो । त्यसपछि परिवार र साथीभाईसँग आफ्ना मनको कुरा भन्न पनि सकिन । त्यसकारण गाउँका साथीभाइ भन्दा टाढा बस्नु परेको अनुभव उनीसँग छ । त्यती मात्र कहाँ हो…


भविष्यको वारे सोच्न पनि सकिनः यम रसाईली

कैलाली जिल्लाको दुर्गम ठाउँ बलिया गाविस वार्ड नं. ४ लम्कीमा वि.सं. २०३६ सालमा यम रसाईलीको गरिब परिवारमा जन्म भएको थियो । यम जन्मदै शारीरिक अपाङ्गता भएर जन्मिन् । अरु अपाङ्गता भएको व्यक्तिको जस्तै उनको पनि आफ्नै कथा छ । मेरो अभिभावकले परिवार चलाउनको लागि ज्याला मजदुरी गर्नैपर्थौ । त्यस माथि कहिले नेपाल बन्द, कहिले बजार बन्द । यसले दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरुलाई हैरान नै बनाएको थियो । कतिदिन त हामीले खान पनि पाईएन । गरिवी कै कारण हाम्रो घरको कसैले पनि पढ्न सकेका थिएनन् । म पनि त्यहि मध्येमा एक थिएँ । तर मलाई भने पढ्न असाध्य मन थियो…


भाग्यलाई पनि जित्यो कर्मले

विहान ७ बजेको छ । मान्छेहरु झुरुप्प बसिरहको देखिन्छन् । एक छिन त म अलमल्ल परें । कतै केही त भएको होईन भनेर । पछि बुझ्दा त पवित्राको पसलमा चिया पिउने, घरमा चाहिने सरसमान र तरकारी किन्ने मानिसहरुको भिड रहेछ । पवित्रा पनि पसलमा हतार हतार गर्दै सामान दिने, चिया पकाउने, चिया दिने, गिलास माझ्ने, पैसा लिने काममा व्यस्त थिईन् । हामीले पवित्रालाई भेट्न आएको कुरा जानकारी गरायौं । उनी मुसुक्क मुस्कुराईन् अनि बस्न अनुरोध गरिन् । करिब १ घण्टापछि क्रमैसँग भिड कम हुँदै गयो । हामी पनि चिया पिउँदै गफ गर्न सुरु गर्यौ । उनले भनिन् मेरो नाम पवित्रा…


वद्लिदै गरेको शुष्माको जीवनी

गरिव भएँ त के भयो ? तर पनि खुसी थिएँ । बाल्यकालमा धेरै दुःख भोगें । तर त्यो पनि सहें । कहिले हरेस खाइन बरु गरिवीको विरुद्धमा लड्दै अगाडि बढें । तर एक्कासी म माथि बज्रपात पर्यो । जुन म भन्न पनि सक्दिन र सम्झदा पनि मलाई गाह्रो हुन्छ । भक्कानिदै शुष्मा भण्डराले आफ्नो कुरा सुनाइन् । वि.सं २०५१ सालमा कैलाली जिल्लाको साडेपानी गाविस वडा नं. ६ मा गरिव परिवारमा उनको जन्म भएको थियो । घरमा उनी सहीत ९ जनाको परिवार छ । बुवा आमाले ज्याला मजदुरी गरेर ९ जना परिवारलाई खान लगाउन धौ–धौ थियो । दुःख कष्ट भोग्दै परिवारका…


अधिकार दावी गर्न सक्षम जनचेतना समुह

जनचेतना अपाङ्ग स्वावलम्वन समुह वीरेन्द्रनगर ११, सुर्खेत १८ बैसाख २०७१ मा औपचारिक रुपमा स्थापना भएको समुह हो । जसलाई नर बहादुर कसेराले नेतृत्व दिईरहनु भएको छ । ९ सदस्यीय कार्यकारी समिति भएको उक्त समुहमा २२ जना साधारण सदस्य आवद्ध भएका छन् । यो समुहमा आवद्ध हुनु पूर्व सबै जनाले गाउँमा एकल रुपमा सघर्ष गरिरहेका थिए । कोही कसैले एक अर्कालाई चिनेका समेत थिएनन् । आ-आफ्ना समस्यासँग आ-आफू नै जुधिरहेका थिए । कोही दैलेख, कोही जाजरकोट, जुम्ला,  सुर्खेतको अन्य ठाउँ लगायतका विभिन्न स्थानबाट यस ठाउँमा बसाई सराई गरी विरेन्द्रनगर आएका थिए ।   जब यस गाउँमा राष्ट्रिय अपाङ्ग महासँघ जिल्ला च्याप्टरले…


कलियुगका श्रवणकुमार

मेरो नाम श्रवणकुमार यादव हो । म शारीरिक  अपाङ्गता भएको व्यक्ति हुँ । अहिले म २९ वर्षको भएँ । हाल म सनसाईन नामक संस्थामा काम गर्छु । मेरो मासिक १० हजार तलब छ । यसले मलाई आफ्नो अध्ययन र सामान्य घर परिवार चलाउन सहज भएको छ । निकै खुसी मुद्रामा श्रवणकुमार प्रस्तुत भए । उनले आफ्नो जीवनका वारेमा यसरी सुनाए । मेरो पनि अरु सामान्य व्यक्तिको जस्तै सपना थियो । यो हुनु स्वभाविक नै लाग्दथ्यो । म आफ्नो सपनालाई विपना बनाउन चाहन्थे । धेरै पढ्ने, राम्रो जागिर खाने, सुन्दर घर बसाल्ने  तथा अपाङ्गता अधिकारको लागि वकालत गर्ने । तर सपना…


परिवर्तनकी वाहक सविना

पुर्वी नेपालको अत्यन्तै रमणीय जिल्ला ईलाम । जहाँ सुन्दरताको वयान गरेरै साध्य छैन । हो यहि ठाउँको कन्याम गाविस वडा नं ८ मा सविना राईको वि.सं. २०५२ सालमा जन्म भएको थियो । उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । ७ जनाको परिवार चलाउन उनको बुबा आमालाई त्यति सजिलो थिएन । त्यस माथि सविना जन्मदै अपाङ्गता भएर जन्मेको कारण परिवारलाई औषधी उपचार गर्न र उनको हेरविचार गर्न पनि त्यति सजिलो थिएन । सविना भन्छिन् सुन्दर र मनमोहक ठाउँमा जन्म भए पनि म भित्र एक प्रकारको छुट्टै पिडा र दर्द थियो । हिड्न अरुको सहारा चाहिन्थ्यो । अरुकै सहारामा जीवन वित्ने भो…


घरै छोड्ने निर्णय फिर्ता

आफ्नो अनुहार ऐनामा हेर्छु । लाग्छ म पनि अरु जस्तै त छु । तर किन मलाई सबैले हेला गर्छन ? समाजले त हेला गर्यो तर आफ्नै घरबाट पनि किन अपमान भएको होला ? मलाई किन मान्छेले बुझ्दैनन् ? के ममा अपाङ्गता हुनु मेरै दोष हो र ? म जस्तो अपाङ्गता भएको व्यक्तिको समाजमा अरु सरह बाच्ने अधिकार छैन ? म मा यस्तै प्रकारका प्रश्नले डेरा जमाएको थियो । कहिले काही त यस्तो समाजमा बस्नु भन्दा मर्नु नै वेस जस्तो लाग्थ्यो । तर एकबारको जुनी हो, फेरि अर्को जन्म त पाईदैन नै किन मर्नु जस्तो पनि लाग्थ्यो । मेरो कुरा सुनिदिने,…


चौतर्फी पहुँच बढाउदै स्वावलम्वन समुह

पूर्वको १ नम्बर प्रदेशमा झापा जिल्ला पर्छ । झापा जिल्ला शैक्षिक, आर्थिक तथा राजनितिक हिसाबले नेपालकै सुगम मानिन्छ । यद्यपी यहाँको अपाङ्गता भएको व्यक्तिको अवस्था भने नाजुक नै थियो । राज्यबाट प्रदान गरिने सेवा सुविधा पनि पाउदैनन् थिए । यसको बारेमा चेतनाको पनि अभाव थियो । वि.स. २०६६ सालमा राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल जिल्ला च्याप्टर झापाको स्थापना भइसके पछि जिल्ला कै कमल गाउपालिका ( साविक लखनपुर गा.बि.स) वि.स. २०७१ सालमा गा वि स स्तरीय अपाङ्गता स्वावलम्वन समुह गठन भयो ।   जसका कारण यस ठाउँका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु समावेश हुने मौका पाए । जिल्ला च्याप्टर झापाले समुहका प्रतिनिधिहरुलाई…


सुन्दर भविष्यको यात्रामा पासाङ्गचोमु

आजभन्दा २५ वर्ष अगाडि ताप्लेजुङ्ग जिल्लाको सामान्य परिवारमा पासाङ्गचोमु शेर्पाको जन्म भएको हो । उनको परिवारमा आमा बुवा सहित ३ बहिनी र १ भाइ छन् । उनी परिवारको जेठी छोरी हुन् । घरको आर्थिक अवस्था अत्यन्त दयनिय थियो । आफ्नो वारीमा फलेको अन्नले वर्ष धान्न पुग्दैन थियो । गरिब भए पछि ऋण पनि कसैले दिदैनथ्यो । कसरी परिवार चलाउने उनको बुबाको ठूलो चिन्ता थियो । छोराछोरीलाई खुवाउनै पर्यो । बुबाले सबै कुरा नभने पनि त्यो समस्या उनले नजिकबाट महसुस गरिरहेको थिईन् । बुबाको दुःखलाई कसरी सहयोग गर्ने ? उनको मनमा खेलिरहेको थियो । अन्नत उनले आर्थिक अवस्था  सुदृढ गर्ने आशामा…


शिक्षाको ज्योति बाल्दैः विष्णुप्रसाद

विगतका दिन सम्झदै विष्णु भन्छन् । पढ्न त पढियो तर जागिर कहाँ खाने ? जागिर कसले दिन्छ ? निकै चिन्तामा थिएँ । जागिरका लागि धेरै भौतारिएँ । धेरै आश्वासन पाएँ । तर कसैले पनि जागिर दिएनन् । जिन्दगी देखि दिग्दार लागिरहेको थियो ।   ३२ वर्षिय विष्णुप्रसाद उपाध्यायले आफ्नो विगतको व्यथा सुनाए । कपिलबस्तु जिल्लाको पटना गाउँमा सामान्य परिवारमा जन्मनु भएको विष्णुप्रसाद उपाध्याय । जसका दुवै आखाँ न्यून दृष्टिविहीन छ । यसको अर्थ राम्रो देख्न नसक्नु हो । आखाँ राम्रो नदेखे पनि स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ उहाँले । घरमा उहाँ सहित ८ जनाको परिवार छ । आखाँ राम्रोसँग…


बलरामको बल

म भारतको दिल्लीमा एउटा कम्पनीमा काम गर्दै थिएँ । काम गर्ने क्रममा २०६२ सालमा मेरो दाँया हातको हत्केलाको भाग मेशिनमा परी काट्यो । जसको पिडाले म असाध्यै छट्पटिएँ । यसपछि मलाई हिनताबोध भयो । अर्काको देशमा बस्नुभन्दा आफ्नै ठाउँमा गई केही काम गरौं भन्ने लाग्यो । त्यही भएर म घर फर्कें ।  मलाई भेट्न र मेरो हालचाल सोध्न गाउँका साथीहरु मेरो घर आउँथे । तर मलाई भने उनीहरुसँग भेट गर्न मन लाग्दैनथ्यो । मलाई मेरो जीवन नै वर्वाद भयो, अब म केही गर्न सक्दिन भन्ने लाग्दथ्यो । मेरो हात काटिएपछि मलाई संसार नै अन्धकार भए जस्तो लाग्थ्यो ।  जीवन कसरी…


खाना पकाउने भाडा भित्रको जिन्दगी

मनिष चौधरीको कैलाली जिल्लाको साडेपानी गाविसमा बि.सं. २०६४ सालमा जन्म भएको थियो । उनी जन्मजात बहु अपाङ्गता भएका व्यक्ति हुन् । उनको शरिरका कुनै पनि भाग चल्दैन थियो । अब केहि गर्न सकिदैन होला भनेर उनका परिवारले आशा मारिसकेको थियो । कहिले मर्छ अनि लगेर फालिदिने भनेर बाटो कुरेर बसेका थिए । आफूले खाना खाने समयमा सामान्य खाना खुवाइदिने गर्थे । तर राम्रोसँग खाए नखाएको कसैलाई वास्ता थिएन । बास्तवमा भन्नुपर्दा मनिषको हेरचाह गर्ने जागर कसैलाई पनि थिएन । लडेर मर्छकी त्यस्तो भयो भने पाप लाग्छ भनेर मनिषलाई भात पकाउने भाडोमा भित्र हालिदिने र आफूहरु काममा वाहिर निस्कन्थे । उसलाई…


पुरा हुदै आशारामका आशाहरु

२०६५ सालको साउन महिना थियो । सिमसिम पानी पर्दै थियो । त्यसदिन आशाराम पनि नेपालगंजको यात्रामा थिए । बस चढेको १ घण्टा भएको थिएन उनी चढेको बस दुर्घटनामा पर्यो । दुर्घटनामा केहीले ज्यान समेत गुमाए । तर उनलाई भने भगवानले हात थापीदिए । उपचारले उनको ज्यान त जोगायो तर उनी हिडडुल गर्न नसक्ने भए । बास्तवमै उनी शारीरिक अपाङ्गता भएका व्यक्ति भए । आशारामले सोचे मेरो जीवनका सबै आशाहरुमा अब पूर्णविराम लाग्यो । आशाराम चौधरी, वि.सं. २०४४ सालमा कैलाली जिल्लाको दुर्गौली गाविसमा जन्मिएका हुन् । जन्मदा सवलाङ्ग भए पनि दुर्घटना पश्चात उनी शारिरीक अपाङ्गता भएका व्यक्ति बने । जसको कारण…


कर्णेबाट कर्णदाई

गाडि ढ्याक्क रोकियो । कर्ण दाई भन्ने आवाज आयो । एक जना व्यक्तिको सानो घरभित्रबाट हजुर भन्ने आवाज आयो । गाडिबाट उत्रेका व्यक्तिले कर्ण दाईलाई चुङ्गी करबापतको पैसा दिए । कर्ण दाईले वील दिए । यसपछि गाडि फेरि अगाडि बढ्यो । यस्तै दैनिकका साथ जीवन अघि बढिरहेको छ कर्णबहादुरको । कर्ण वहादुर सार्की आजभन्दा ४१ वर्ष अगाडि सुर्खेत जिल्लामा जन्मेका हुन् । उनी शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् । सानै उमेरमा पोलियो रोगका कारण अपाङ्ग बनेका कर्णबहादुरको जीवन निकै दुःख र कष्ट साथ वितेको थियो । उनका बुबा जय वहादुर सार्कीको आफ्नो पुर्ख्यौली घर सल्यान हो । त्यहाँ बाट हातमुख…


हार नखाई जितेकाः जितबहादुर

सान, मान, इज्जतमा वसेका जितबहादुर २०४६ सालको माघ महिनामा आइपुग्दा अन्ततः हारे । भर्खरका लालाबालालाई हुर्काउनु त छदैं थियो । अर्कोतिर परिवार पनि चलाउनु थियो । त्यसकारण घरमा वस्तुभाउ पालिएको थियो । तर रुखमा घास काट्न चढेका जितबहादुर एक्कासी भूईंमा बजारिए । उपचार गराउने ठाउँ तथा आर्थिक समस्याको कारणले गर्दा उनी शारीरिक अपाङ्गता भएका व्यक्ति बन्न पुगे । २०१५ सालमा सिन्धुपाल्चोक जिल्लाको इर्खु पोखरीमा जन्मेका जितबहादुर गिरी रुखबाट झरेसँगै उनको जीवन कठिन बन्न पुग्यो । बाँच्नुभन्दा मर्नु बेस भन्ने लाग्थ्यो उनिलाई । गरिवीको मारमा त उनि पहिले नै थिदै थिए त्यसमाथि अपाङ्गता थपिन पुग्यो । सँगै मर्ने र सँगै बाच्ने…


स्थानीय तहको बजेट अपाङ्गताको विकासमा

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्छ भन्ने कुरा जिल्ला भरी नै हल्ला थियो । त्यही भएर सदरमुकाम नजिकैका केही अपाङ्गता भएका व्यक्तिहरु बेला बेला अधिकार खोज्नका लागि जिल्लाका सरकारी  कार्यालयमा जाने गर्दथे । तर उनीहरुको कुरा एउटा कानले सुन्ने र अर्को कानले उडाईदिने मात्र हुन्थ्यो । कसैले पनि उनिहरुको कुरालाई गम्भिरतापुर्वक लिने गरेका थिएनन् ।   जिल्लामा १० हजार भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरु भए पनि उनिहरुको कुनै संगठन थिएन । रहेका डि पी ओहरु पनि छरपष्ट रुपमा रहेका थिए । संगठनको अभावले गर्दा अपाङ्गता भएको व्यक्तिको कुरा कसैले सुनेनन् । मुखले चिप्ला कुरा गर्थे । भैहाल्छ नी गरिहाल्छौं नी…


फेरिदै गरेको मेरो जीवन

२९ वर्ष अगाडि पाल्पा जिल्लाको भैरबस्थानमा जन्मेका बाबुराम शारिरीक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता भएको कारण पहाडमा हिडडुल गर्न अफ्ठ्यारो थियो । कुनै ठाउँ पुग्न पनि सजिलो थिएन । घरमा बस्ने बाहेक अरु कुनै काम थिएन । तराई झरे केही गर्न सकिन्थ्यो की जस्तो लाग्थ्यो । तर कसरी तराई मधेस झर्ने । उनीहरु अन्योलमा थिए । समाधान खोज्दा खोज्दै उहाँको परिवार ८ वर्ष अगाडि परिवार सहित कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा बसाई सरे । जब हामी तराई वसाईं आइयो, म भुँईमा घिस्रेर हिड्न् थाले । त्यो देखेर केही मान्छेहरु मलाई विचरा भन्थे, कोही हाँस्थे , कोही के भएर यस्तो…


हार खाईन, जित्नको लागि संर्घषरत छु

मलाई लाग्थ्यो अब म बर्वाद भएँ, अब म जीवनमा केही गर्न सक्दिन होला, समाज पनि कति निष्ठूरी रहेछ, हामी जस्तो व्यक्तिलाई मान्छे नै नगन्ने । दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको देख्दा मलाई निकै चित्त दुख्थ्यो । २४ वर्षीय हिमा वस्नेतले विगतलाई यसरी सम्झिन्छिन् । सुर्खेत जिल्लाको मैनतडा गाविस वडा नं ३ की हिमा शारीरिक रुपमा  अपाङ्गता भएकी महिला हुन् ।   २/३ वर्षको हुदा उनलाई निकै ज्वरो आएको थियो अरे । जति औषधी खाए पनि तत्काल ज्वरो निकोभएन । पछि एक्कासी उनको एउटा खुट्टा लुलो र छोटो भएछ । धेरै पछि मात्र पोलियो रोग लागेको कुरा उनले थाहा पाईन्…


समन्वय गर्न सके सम्भव रहेछ

आर्थिक अवस्था कमजोर भए पछि कसको के लाग्छ ? पैसा नै नभए पछि कैलाली जिल्लाको बौनिया गाविसका ३५ जना अपाङ्गता भएका बालबालिकाहरुले पढ्दा पढ्दै विद्यालय छोडे । यस गाविसमा कूल ४५० जना मध्ये ८७ जना विध्यार्थीहरु विद्लायमा अध्ययनरत थिए । जसमध्ये १० जना अपाङ्गता भएका विद्यार्थीहरुको घरको आर्थिक स्थिति एकदमै दयनिय थियो । उनिहरुले किन विद्यालय छोडे ? यसको वारेमा कसैको चासो पुगेन । तर स्थानीय स्तरमा भएको स्वावलम्वन समुहले चासो राख्यो । अभिभावकसँग भेटघाट् गर्यो । विद्यालयमा भेटघाट गर्यो । यसको मुल कारण गरिवी हो भन्ने कुरा थाहा भयो । विद्यालयमा निःशुल्क भए पनि उनीहरुलाई शैक्षिक सामग्री कापी, कलम,…


स्वावलम्वन समूह सामाजिक कार्य तर्फ

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा जिल्ला च्याप्टर कैलालीले अपाङ्गता अधिकारको लागि सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालन गर्यो  । यसै कार्यक्रम अन्तरगत वि.सं. २०७० सालमा कर्णखर अधिकारीको नेतृत्वमा  साडेपानी गाविसमा साडेपानी स्वावलम्वन समुहको गठन भयो । जसमा ११ जना सदस्यहरु थिए । गठन त भयो अब के गर्ने ? सबै सदस्यहरु अन्योलमा  थियौं । यसै बीच जिल्ला च्याप्टरबाट अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि समुहका सस्यहरुलाई  विभिन्न चेतनामुलक तालिमहरु प्रदान गरियो । यी तालिमहरुको मुख्य उद्देश्य भनेको अपाङ्गता भएको व्यक्तिहरुको जीवनमा सकारात्मक  परिवर्तन ल्याउनु थियो । यसैबीच स्वावलम्वन समुहलाई स्थानीय श्रोत परिचालन सम्वन्धी तालिम प्रदान गरियो । यी सबै तालिमबाट अब…


आत्मनिर्भर बन्दै कल्छे साउद

“मेरो जीवनका ३४ बसन्त केही नगरी बिते । कहिले रुँदै हिडें । कहिले भोक मेटाउन माग्दै हिडें। दुःखै दुःखको दैनिकीमा स्वावलम्बन समुहलाई भेट्न पाएँ । यहि नै मेरा बाँकी जीवनको सहारा बन्यो । यसैले मलाई सुखी हुन र रमाउन सिकायो । म अहिले ज्यादै खुसी छु ।” बढो खुसी साथ आफ्ना कुरा सुनाए कल्छे साउदले । वि.सं. २०३५ सालमा कैलाली जिल्लाको मसुरिया गाविसमा गरीब परिवारमा जन्मिएका कल्छे साउद शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । परिवारमा जेठो सन्तानको रुपमा जन्मिएका कल्छे साउदले आफ्नो जीवनलाई लामो समयसम्म सरापेर बसे । उनले जीवनमा कहिले पनि सुनौलो विहानीको कल्पना समेत गरेनन् । अपांगता…


बाबुले अर्कैलाई टिपेर हिडेपछि विचल्ली श्रृजनाको फेरिएको जीवन

श्रृजना नेपाली, अपांगता भएकी वालिका हुन् । उनको  घर जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ५ मा छ । उनी २०६२ साउन ५ गते बुवा मुनबहादुर नेपाली र आमा नानी नेपालीको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । उनीसहित उनको घरमा ६ जनाको परिवार रहेको छ । उनी स्थानीय विद्यालयमा कक्षा ३ अध्ययनरत छिन् । उनको बुवा नेपाली सेनामा कार्यरत हुनुहुन्छ । उनी भन्छिन्, हामीलाई बुबाले केही पनि सहयोग गर्नु हुन्न ।  ३ वर्ष अगाडि बुवाले नेपाल प्रहरीमा कार्यरत एक महिलासँग दोस्रो विवाह गर्नु भयो । यो सँगै एक मात्र भरोसा पनि सकियो । बुबा घर छोडेर  सुर्खेतमा जानु भयो ।…


आगोले खाएको सपना आगोले नै जोडिदियो

गाउँमा म सामान्य चिया पसल गरेर बसेको थिएँ । अचानक मेरो पसलमा आगो लाग्यो । जुन आगोसँगै मेरा बाँकी सपना पनि त्यही धुवासँगै उडेर गयो । अब के गर्ने होला ? कहाँ जाने होला ? कसलाई भन्ने होला ? आफू मात्र हैन् ६ जनाको परिवार कसरी पाल्ने होला । एक माथि अर्को चिन्ता बढ्न थाल्यो ।  यो भन्दा अरु काम गर्ने सक्ने सीप पनि थिएन । जिन्दगीमा कालो बादलले एकाएक ढाकिदियो । जीवन अन्धकार नै अन्धकारले घेरिएको महशुस हुन थाल्यो । अब कता जाने, के गर्ने केही थाहा थिएन । बढो भावुक हुँदै बताए दिलिप कुमार बरईले । आज भन्दा…


प्रगतिको पथमा अपाङ्ग महासंघ जिल्ला च्याप्टर झापा

झापा पूर्वी तराईको एक जिल्ला हो । यो जिल्ला राजनीतिक, शैक्षिक र आर्थिक हिसावले समुन्नत पनि छ । यस्तो जिल्ला भएपनि अपाङ्गता भएको व्यक्तिहरुको अवस्था भने आशातित सुधार हुन सकेको थिएन । जिल्लामा अपाङ्गताको क्षेत्रमा कामगर्ने संस्थाहरु थिए । तर सबैले आफ्नो हिसावले काम गर्थे । कसैको चासो थिएन, चासो हुनेहरु पनि चुप थिए । अपाङ्गता भएका व्यक्तिहरु वीच नै एकता थिएन । किनकी आफ्नो अधिकारको वारेमा कसैलाई चेतना थिएन । अझ भन्ने हो भने जिल्लाको विभिन्न गाउँमा बस्ने कतिपय अपाङ्गता भएका व्यक्तिहरुले यसको वारेमा कुनै सूचना पनि पाएका थिएनन् । अपाङ्गता भएका व्यक्तिको हक अधिकारका वारेमा दुर दराजमा वस्नेहरु…