Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • English
    • नेपाली
logo of nfdn

स्वावलम्वन समूह सामाजिक कार्य तर्फ

Home / Articles / स्वावलम्वन समूह सामाजिक कार्य तर्फ
October 22, 2019

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा जिल्ला च्याप्टर कैलालीले अपाङ्गता अधिकारको लागि सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालन गर्यो  । यसै कार्यक्रम अन्तरगत वि.सं. २०७० सालमा कर्णखर अधिकारीको नेतृत्वमा  साडेपानी गाविसमा साडेपानी स्वावलम्वन समुहको गठन भयो । जसमा ११ जना सदस्यहरु थिए । गठन त भयो अब के गर्ने ? सबै सदस्यहरु अन्योलमा  थियौं ।

यसै बीच जिल्ला च्याप्टरबाट अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि समुहका सस्यहरुलाई  विभिन्न चेतनामुलक तालिमहरु प्रदान गरियो । यी तालिमहरुको मुख्य उद्देश्य भनेको अपाङ्गता भएको व्यक्तिहरुको जीवनमा सकारात्मक  परिवर्तन ल्याउनु थियो । यसैबीच स्वावलम्वन समुहलाई स्थानीय श्रोत परिचालन सम्वन्धी तालिम प्रदान गरियो । यी सबै तालिमबाट अब कसरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि लड्ने अनि त्यसको लागि कसरी अगाडि बढ्ने भन्ने वारेमा प्रष्ट भयो  । यी सबै बुझाईले एक प्रकारको हिम्मत सबैमा बढेको थियो ।

 

 सुंगुर पालन गरिएको तस्विर देखाईएको छ

अब त केही गर्नुपर्छ, चुपचाप वसेर वा बैठक मात्र गरेर हुदैन । समाजमा उदाहरणीय काम गर्नु पर्छ भन्ने सोच बनीरहेको थियो । यसै वेला बैठकमा एक जना सदस्यले यसै जिल्लाको पहलमानपुर गाविसको वडा नं. १ मा बस्ने कुशल वि.क.को वारेमा सुनाए । जो २०६९ जेष्ठ ५ गते जन्मेका थिए । उनी जन्मजात शारीरिक अपाङ्गता भएका बालक थिए । कुशलका दुबै खुट्टा, घुडाँमुनी जोर्नी नभई सिधै छालाले जोडिएको बाँङ्गो थियो । उनलाई  अहिलेसम्म पनि कसैले कुनै प्रकारको सहयोग नगरेको कुरा जानकारी बैठकमा छलफल भयो । उनको जीवनरक्षाको लागि केही गर्नु पर्ने कुरा बैठकमा छलफल भयो । समुहका सबै सदस्यहरुले सहयोग गर्ने बचन दिए ।

बैठकको भोलीपल्ट समुहका सदस्यहरु कुशलको घरमा पुगे । अभिभावकसँग कुराकानी गरे ।  त्यसपछि कुशलको समग्र अवस्थाको बारेमा जानकारी लिने काम भयो । उनको अभिभावकलाई उपचार पद्धति र प्रक्रियाको वारेमा केही जानकारी थिएन । कुशलको आमा बुवालाई  उपचार सम्भव छ भन्ने कुरा जानकारी दिईयो । उपचारका लागि समुहका सदस्यहरुले यातायात खर्चको लागि आफूले सक्ने व्यक्तिगत सहयोग समेत गरे ।

त्यसपछि कुशलका अभिभावकले उनलाई लिएर  बनेपा अस्पतालमा पुगे । डाक्टरको सल्लाह अनुसार शल्यकृया भयो । कृत्रिम जुत्ता लगाउन मिल्ने बनाइयो । जसको कारण उनी  सामान्य हिडडुल गर्ने सक्ने भए । उनी आफै हिड्न सक्ने भएपछि दंग परे ।

छोरा हिडेको देख्दा कुशलका परिवार पनि दंग परे । सबजना एकदमै खुशी भए  । हिड्नै नसकेको आफ्नो सन्तान यसरी हिडडुल गरेको देख्दा सपना  हो की जस्तो लाग्यो । उनका बुबाले भने । उनका बुबा थप्छन्, यस्तो हिड्न सक्ने बनाउन सहयोग गर्ने स्वावलम्वन समुहलाई धन्यवाद । यदि यो समुहले आएर मेरो आखाँ नखोलिदिएको भए मेरो छोरो कहिले पनि यसरी हिड्न सक्ने थिएन ।

डाक्टरले फेरी १ पटक  धुलिखेल अस्पताल आउनु भन्नु भएको छ । तर आर्थिक स्थिति कमजोर भएकोले त्यहाँ जान सकेका छैनन् ।  अलिकता पैसा जम्मा गरी चाडै अस्पताल जाने कुरा कुशलकी आमाले बताउछिन् ।

यसरी नै समाज भित्र रहेको समस्याहरुलाई उजागर गरी सम्बन्धित ठाउँमा पैरवी गर्ने स्वावलम्वन समुहले जहिले पनि अग्रस्थानमा उभिने कुरा समुहका अध्यक्ष कर्णखर अधिकारी बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ, पहिलो कामबाट हामीलाई ठूलो सफलता मिलेको छ । म लगायत सबै पदाधिकारीहरु पनि दंग छन् । यसबाट हामीलाई अझै समाजसेवा गर्ने प्रेरणा मिलेको छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • English
    • नेपाली
Search