Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

अधिकार दावी गर्न सक्षम जनचेतना समुह

Home / Articles / अधिकार दावी गर्न सक्षम जनचेतना समुह
October 22, 2019

जनचेतना अपाङ्ग स्वावलम्वन समुह वीरेन्द्रनगर ११, सुर्खेत १८ बैसाख २०७१ मा औपचारिक रुपमा स्थापना भएको समुह हो । जसलाई नर बहादुर कसेराले नेतृत्व दिईरहनु भएको छ । ९ सदस्यीय कार्यकारी समिति भएको उक्त समुहमा २२ जना साधारण सदस्य आवद्ध भएका छन् । यो समुहमा आवद्ध हुनु पूर्व सबै जनाले गाउँमा एकल रुपमा सघर्ष गरिरहेका थिए । कोही कसैले एक अर्कालाई चिनेका समेत थिएनन् । आ-आफ्ना समस्यासँग आ-आफू नै जुधिरहेका थिए । कोही दैलेख, कोही जाजरकोट, जुम्ला,  सुर्खेतको अन्य ठाउँ लगायतका विभिन्न स्थानबाट यस ठाउँमा बसाई सराई गरी विरेन्द्रनगर आएका थिए ।

A farmer is working in the field

 

जब यस गाउँमा राष्ट्रिय अपाङ्ग महासँघ जिल्ला च्याप्टरले काम गर्न शुरु गर्यो । त्यस पछि अपाङ्गता भएका व्यक्तिहरु एक ठाउँमा जम्मा भए । एकै थलोमा जम्मा भई सामुहिक काम गर्नुपर्छ भन्ने कुराको महशुस महासँघले गराएको थियो । महासँघको सहजीकरण र स्वावलम्वन समुह गठन पश्चात अपाङ्गता भएका व्यक्तिहरुको कानुनी अधिकार, प्रावधान र पाउने कल्याणकारी फाईदाका बारेमा पनि थाहा भयो । त्यस पछि विस्तारै यस समुहमा क्षमता अभिबृद्धि र  आयआर्जनका कामहरु पनि शुरु भयो ।

अहिले जनचेतना अपाङ्ग स्वावलम्वन समुह वीरेन्द्रनगर ११ ले समुहमा आबद्धता पश्चात विभिन्न उपलब्धिहरु हासिल गरेको छ । अपाङ्गता भएका व्यक्तिहरु र तिनका अभिभावकहरु समुहमा आवद्ध भए । अहिले ३२ जनालाई यस समुहले समेटेको छ । अपाङ्गता सम्बन्धी अधिकारको आवाज उठाउन र अधिकार दावी गर्न सक्ने भएको छ । १५ घरपरिवारले आयआर्जनका कार्यक्रमबाट फाईदा लिइरहेका छन् । जसको कारणले आर्थिक हिसावले पहिलेको  कष्टकर जीवनबाट सरल जीवन विताउन सजिलो भएको छ ।

A woman is working in a farm

 

३२ जना नै स्वावलम्बन समुहका सदस्य सरकारबाट अपाङ्गताको परिचय पत्र प्राप्त गरेका छन् । सामुहिक मासिक बचत तथा ऋण शुरु गरी समुहमा रु १३ हजार ५ सय  जम्मा भएको छ । ६ जना बालबालिकाले स्रोत विद्यालयमा भर्ना भई विशेष शिक्षा लिन पाएका छन् । यो समुहले अन्य सहयोगी संस्थाहरुसँग पनि सम्वन्ध स्थापित गरेको छ जस्तै आई.एन.एफ, डेक, सरकारी तथा गैरसरकारी निकायहरु । हालसालै मात्र यस समुहले वीरेन्द्रनगर नपा बाट रु ५० हजार प्राप्त गरेको छ । १० जनाले  एक संस्थाबाट स्वास्थ्य सेवा प्राप्त गरेका छन् । १० जनाले अपाङ्गता भएकाहरुलागि प्रयोग हुने उपकरण हरु सुन्नका लागि प्रयोग हुने यन्त्र, छडि, ह्वील चियर आदि प्राप्त गरेका छन् । अन्ततः यस समुहले अपाङ्गता सम्वन्धी सेवा सुविधा प्राप्त गर्नका लागि प्रेषण प्रणाली स्थापना गरेको छ ।  जसका लागि आवश्यक लेटरप्याड,  छाप आदि बनाएको छ ।

जनचेतना अपाङ्ग स्वाबलम्वन समुह वीरेन्द्रनगर ११ ले आफ्नो निरन्तरताका लागि भावी योजना पनि बनाएको छ । यस समुहलाई जिल्लामा परिचित समुह बनाउनका लागि समुहमा आवद्ध सम्पूर्ण व्यक्तिहरुको कडा प्रतिवद्धता पनि छ । उहाँहरु जिल्लामा अपाङ्गता सम्बन्धी काम गर्ने नमुना समुहको रुपमा आफ्नो समुहलाई चिनाउन चाहनुहुन्छ जसले गर्दा अरुलाई पनि यहाँका राम्रा अभ्यासहरुलाई अनुकरण गर्न वा विस्तार गर्न सहायता पुगोस् भन्ने चाहना राख्नु भएको छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search