कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु
बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएरहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजना Covid -19 Response , Bridging (TO 16) अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदैँ आइरहेको छ ।
हालको जटिल अवस्थामा बनिरहेका संरचनाहरु पहुँचयुक्त बनाउन स्थानीय तहका जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ साथै बढ्दै गएको संक्रमण न्यूनीकरण गर्न स्वास्थ्यकर्मीहरुको सहयोग तथा सङ्क्रमित र संक्रमणको शंका भएका व्यक्तिहरु जसमा अपाङ्गता भएका व्यक्तिहरुमा पर्न सक्ने मानसिक तनावलाइ मध्य नजर गरेर यो रेडियो संदेश तयार पारिएको हो l
यो सचेतना मुलक रेडियो संदेशले हाल मानिसहरुमा बढ्दै गएको मानसिक तनाव अपाङ्गता भएका व्यक्तिहरुमा कोभिड-१९ को जोखिम न्यूनीकरण र पहुँचयुक्तता लाइ केहि हद सम्म समेट्नेछ भन्ने आशा राखेका छौ l
रेडियोमा बजिरहेको संदेशहरु देहायबमोजिमका लिङ्कबाट विस्तृत जानकारी लिन सकिन्छः
रेडियो सिन्धु: https://bit.ly/2SiHeFH
नमोबुध्दः https://bit.ly/3ioOFpe