प्रेस विज्ञप्ति

मितिः २०८० चैत्र १२ गते  अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीको जारी आन्दोलनमा ऐक्यबद्धता सम्बन्धि प्रेस विज्ञप्ति  गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्णअशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारी गत चैत्र ६ गते देखि रत्नपार्क स्थित शान्तिबाटिकामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७मा भएका व्यबस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि अनिश्चितकालिन…

प्रेस विज्ञप्ति

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय महिला उपाध्यक्ष र केहि प्रदेश अध्यक्षहरुको संलग्नतामा महासंघले प्रकृयागत रुपमा गर्दै आएका गतिविधिहरुमा फरक मत राखी  वि. सं. २०८० साल पौष ८ गते महासंघकै कार्यालय भृकुटीमण्डप काठमाडौंमा पत्रकार सम्मेलन गरि विना पुर्व सुचना उक्त दिन देखि नै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्यालय भृकुटीमण्डप, परियोजना कार्यालय रातोपुल र सुदुर पश्चिम प्रदेशको कार्यालयमा आकस्मिक रुपमा ताला लगाइएको थियो जुन यहि पौष ११ गते असन्तुष्ट पक्ष र महासंघका पदाधिकारी तथा सदस्यहरु विच छलफल भै आपसी समझदारीमा ताला खोलिएको व्यहोरा सम्बद्ध सरोकारवाला पक्षहरुलाई जानकारी गराईन्छ ।

प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस  प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३ डिसेम्बर २०२३  तारिखका दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरि मनाइदै छ ।  यस अवधारणा पत्रमा उक्त दिवस मनाउनाका कारण र यस्को महत्वलाई सर्बसाधारणको जानकारीको लागी सञ्चार माध्यम बाट उजागर गराई अपाङ्गता भएका…

प्रेस विज्ञप्ति

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको  आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको  अधिकार…

प्रेस विज्ञप्ती

ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको सडक व्यापारीलाई महानगर पालिका प्रहरीले गरेको अमानवीय र हिंसात्मक व्यवहार विरुद्धको प्रेस विज्ञप्ती यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण…

प्रेश विज्ञप्ती

०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् ।  जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।…

हार्दिक शुभकामना

मिति २०७९/०५/१५ गते प्रजातन्त्रको पुनर्थापना पश्चात् जारी नेपाल अधिराज्यको संविधान २०४७ ले सुनिश्चित गरेका अधिकार प्रयोग गर्दै अपांगता क्षेत्रका तत्कालीन अभियन्ता र समाजसेवी सवैको पहलमा श्री निर्मल कुमार देवकोटाको नेतृत्वमा बिक्रम संवत् २०५० साल भाद्र १५ गते राष्ट्रिय अपांग महासंघ नेपालको स्थापना भइ यस संस्थाले अपाङ्गता भएका व्यक्तिको अधिकार र हितको लागि निरन्तर काम गरेको…

दृष्टिविहिन नागरिकहरु माथी भएको दुर्व्यवहार सम्बन्धी प्रेस विज्ञप्ती

०७९/०८०/१३ बौद्ध स्तुप परिसर विकास समिति सुरक्षागार्डको पोसाक लगाएका सुरक्षाकर्मीले मिति २०७९ /०४/१२ गते दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका छन । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको दफा ४५ को (४) मा अपाङ्गता भएका व्यक्तिले विना भेदभाव अन्य व्यक्ति सरह समानरुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि नेपाल सरकारले…

बहिरा महिलाको हत्या सम्बन्धी प्रेस विज्ञप्ती

०७९/०८०/१२ समाजमा हरेक कुनै न हिसावले मानिसको एक अर्काप्रति सामाजिक दायित्व हुन्छ । दृष्टिकोणजन्य सोचका कारण पछाडी परेका अपाङ्गता भएका नागरिकहरुप्रतिको कर्तव्य बिर्सेर लमजुङको सुन्दरबजार नगरपालिका १ कुन्छामा एक २८ वर्षीया बहिरा युवतीको करणीपछि हत्या भयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ। गत साउन १० गते मंगलबार…