रुपान्तरण पत्रिका – २०७४ असार अंक, बर्ष २१ अंक ०३

Cover of Rupantaran of Poush 2073

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौतीहरूलाई मुख्य सामाग्री बनाईएको छ। यस अंकमा नेपालमा रहेका र अपाङ्गता भएका व्यक्तिहरूले सुविधा लिन सक्ने स्वास्थ्य केन्द्रहरूको विवरण पनि राखिएको छ। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।

प्रभावकारी कार्यान्वयनको अपेक्षामा अपाङ्गता र स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था

सम्पादकीय नेपालको संविधान (२०७२), स्वास्थ्य नीति – २०७२, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी १० वर्षे नीति, रणनीति तथा कार्ययोजना – २०७४ लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुमा समेत स्पष्ट र महत्वपूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विविध सवाल समावेश गरी अघि दिन निकै नै महत्वपूर्ण हुने प्रायः पक्कापक्की छ । कुनै विषयमा कानुन तथा नीतिहरु बन्नु आफैँमा महत्वपूर्ण हुँदाहुँदै पनि तिनको वास्तविक एवं प्रभावकारी परिवर्तन ल्याउन सक्छ किनभने कागज आफैँले काम गर्दैन भन्ने कुरा बितेका केही वर्षयताका हाम्रा अनुभवले समेत प्रमाणित गरिरहेका छन् । आजको परिस्थितिसम्म आइपुग्दा नेपालीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि नीतिगत एवं कानुनीरुपमा थुप्रै अधिकार स्थापित भइसकेको देखिन्छ…


नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौती

सरोकार कृष्ण गहतराज स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । कुनै पनि देशको आर्थिक विकासको अवस्था त्यस देशको स्वास्थ्यको अवस्थालाई हेरेर विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यही तथ्यलाई हृदयङ्गम गरेर होला, नेपालको संविधान (२०७२) ले धारा ३५ मा स्वास्थसम्बन्धी हक अन्तर्गत उपधारा १ मा' प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्यसेवाबाट वञ्चित गरिने छैन' भन्ने लेखिएको । त्यसै धाराको उपधारा २ मा' प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ख' भन्ने प्रावधान समेत गरिएको छ भने उपधारा ३ मा' प्रत्येक…


स्वास्थ्य सेवामा अपाङ्गता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना

सरोकार डा. माधवप्रसाद लम्साल अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको, अन्तरिम संविधान, २०६३, अन्तरिम योजनामा अपाङ्गताका सवाल र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका बारे उल्लेख गरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा काम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रतिबद्दता जनाएको छ । यी प्रतिबद्दताहरुलाई व्यावहारिकरुपले लागू गर्दै पूरा गर्न नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरु विरुद्ध हुने भेदभाव अन्त्य र उनीहरुको उत्थान, विकास र अधिकार प्रवर्ध्दन सम्बन्धी संयन्त्र, २०६८ जारी गर्‌यो । अपाङ्गताको सवालमा कुनै कुरा बुझ्न, समस्या पर्दा जानकारी लिन तथा कार्यक्रम सञ्चालन गर्नु पर्दा सम्पर्क राख्न स्वास्थ्य मन्त्रालयले २०७१ चैत ३० मा कुष्ठरोग नियन्त्रण महाशाखालाई अपाङ्गताको सम्पर्क एकाइको रूपमा काम गर्न…


अर्थोपेडिक तथा पुनर्स्थापनका साधन

जानकारी विकासमान सिंह हाडजोर्नी तथा नशासम्बन्धी समस्याको उपचार तथा पुनर्स्थापन प्रक्रियामा आधुनिक चिकित्सा विज्ञानको सिद्धान्त अनुसार प्रयोग हुने उपकरणलाई अर्थोपेडिक तथा पुनर्स्थापनका उपकरण (Orthopedic and rehabilitation aid) भनिन्छ । यी साधनमा अर्थोसिस (Orthotic), कृत्रिम अङ्ग(Prosthesis), हिँडाइका उपकरण (Walking aid), गुड्ने उपकरण (mobility aid), बस्ने तथा उठ्ने उपकरण (Sitting & standing aid) र अन्य उपकरण पर्छन् । यी साधनले सम्बन्धित समस्या भएका बालबालिका/व्यक्तिहरूको उपचार प्रक्रियामा मद्दत पुग्ने शरीरको कुनै अङ्गको काम गर्ने क्षमतामा ह्रास आएमा त्यसको क्षमता बढाउने, भविष्यमा आउन सक्ने अरू समस्याबाट जोगाउने र सामान्य जीवनयापनमा मद्दत गर्ने कार्यहरू गर्छन् । उपकरणहरू उपचार तथा पुनर्स्थापन प्रक्रियाका महत्वपूर्ण अङ्ग हुन् ।…


मानसिक स्वास्थ्य समस्याको भ्रम र यथार्थ

जानकारी लक्ष्मण नाथ मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्छ । टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुर्व्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्छ । यदि त्यस्तो असर लगातार रूपमा दुई हप्ताभन्दा बढी समयसम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या…


अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरी दिने, कार्य योजना पारित

जानकारी ४ जेठ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरि दिने भएको छ । अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो व्यवस्था अब आउने 'राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४' मा समेटिन लागेको हो । विधेयक हाल मन्त्रिपरिषद्‌मा पारित हुने क्रममा छ । विधेयक पारित हुनासाथ उक्त विधेयकलाई परिमार्जन गर्दै त्यसमा अपाङ्गता भएका व्यक्ति तथा उसको स्याहारसुसार गर्ने व्यक्तिको स्वास्थ्य बिमा समेत सरकारले नै गर्ने स्वास्थ्यमन्त्री गगनकुमार थापाले दिनुभयो । कुष्ठरोग नियन्त्रण महाशाखाले २९७४ जेठ ४ गते काठमाडौंमा…


अपाङ्गता मैत्री सरसफाइ अभियान

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर मैला जहाँ पायो त्यहीँ फालिन्थ्यो । समग्रमा हेर्दा स्वस्थकर जीवनशैलीबारे जानकारीको अभाव देखिन्थ्यो । राष्ट्रिय अपाङ्ग महासँघ पुर्वाञ्चल क्षेत्रीय कार्यालयको विशेष पहलमा स्थानीय स्तरमा सक्रिय अपाङ्गता भएका व्यक्तिहरूको समूहले खानेपानी तथा सरसफाइ समन्वय समिति सँग समन्वय एवं छलफल गरी उक्त क्षेत्रलाई स्वच्छ र सफा-सुग्घर बनाउनका…


अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि तालिम

जानकारी सुदूरपश्चिमका ५ वटा जिल्लामा कार्यरत अपाङ्गता भएका नेतृत्व तहका व्यक्तिहरूलाई अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि सचेतीकरण तथा दस्तावेजीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरियो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणमा जोड दिंदै देशका अन्य ठाउँमा जस्तै डडेलधुरामा २०७४ असारमा यो तालिम सञ्चालन गरेको हो । विशेष गरी समग्र महिला नै लैङ्गिक विभेदको मारमा परिरहेका र विभिन्न प्रकारका हिंसा,यातनाबाट पीडित हुने र अवसरबाट वञ्चित हुने, बलात्कार तथा यौन दुर्व्यवहारको सिकार हुने गरेका छन् । त्यसमा पनि अपाङ्गता भएका महिला लैङ्गिक भेदभाव र अपाङ्गताका कारण थप भेदभावको सिकार हुने गरेका छन् ।…


नेपालमा सीबीआर गतिविधि

गतिविधि नेपालका कतिपय ठाउँका साथै समुदायमा अझै पनि अपाङ्गताको अवस्थालाई दैवीप्रकोप र पूर्व जन्मको पापको फल जस्ता परम्परागत धारणाबाट हेर्ने गरेको पाइन्छ । समुदायमा केही पक्ष अपाङ्गतालार्इ व्यक्तिको वा तिनका परिवारको समस्याका साथै उपचार गर्नुपर्ने विषयका रूपमा मात्र लिने गरेको पाइन्छ । तर, राज्यको संरचना र समुदायमा केही पक्ष अपाङ्गतालाई मानवीय विविधताका रूपमा र वञ्चितीकरणमा पारिएका व्यक्तिहरूको मानव अधिकारको सवालको रूपमा हेर्नु र बुझ्नुपर्छ भनेर अगाडि बढेको देखिन्छ । अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र आवश्यकता व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय नीति, मूल्य–मान्यता र अभ्यासहरूलाई हेर्दा विश्व स्वास्थ्य सङ्घले सन् १९७० को दशकबाट समुदायमा आधारित पुनर्स्थापन व्यवस्थापन अभ्यासलाई प्रवर्द्धन गर्दै…


आत्मनिर्भरताको यात्रामा चन्दर यादव

सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वार्ड नं. १ मा वस्ने चन्दर यादब एक कुष्ठ प्रभवित भएका व्यक्ति हुन । उमेरले ४९ बर्षका चन्दरका ४ छोरी श्रीमति र आफु गरि ६ जनाको परिवार छ । भारत सग सिमाना जोडिएको श्रीपुरजब्दीका चन्दर लाई २०५५ साल देखिनै विस्तार शरिरमा नचिलाउने दागहरु देखा परेको थियो तर कहिले पनि वास्ता गरेका थिएन्न तर बिस्तारै हाथ र खुट्टाको औलाहरु बाङिगदै गए ।   त्यसका बारेमा उहाँलाई थाहा हुने कुरै थिएन । कसैबाट उचित सल्लाह पनि पाउनु भएन । गरिबीका कारण शिक्षा लिन नसकेको हुँदा केहि भेउ पाउन सक्नुभएन । भारतलगायत विभिन्न स्थानमा गई ‌औषधी गराए पनि बिसेक…


अस्पताल तथा पुनर्स्थापना केन्द्रहरूको सम्पर्क ठेगाना

जानकारी अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य उपचार र पुनस्थापना केन्द्रहरुको जानकारी संकलन गरी काठमाडौं उपयका लगायत नेपालका पाँचै विकास क्षेत्रहरुमा रहेका यी केन्द्रहरुको ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराएको छ । काठमाडेँ उपत्यका भित्र क्र.सं. अस्पताल ठेगाना सम्पर्क नम्बर १ नेशनल एकेडेमी अफ मेडिकल साइन्स, वीर अस्पताल महाबौद्घ १–४२२१९८८र ४२२११९९ २ सिभिल अस्पताल नयाँ बानेश्वर ०१–४१०७०७५, ४१०७००१, ४१०७००२ ३ श्री वीरेन्द्र अस्पताल छाउनी ०१४२७१९४०, ४२७१९४१ ४ कान्ति बाल अस्पताल महाराजगञ्ज ०१–४४१४७९८, ४४२७४५२ ५ त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज ०१–४४१२४०४, ४४१२५०५ ६ पाटन अस्पताल लगनखेल, ललितपुर ०१–५५२२२९५,५५२२२७८ ७ परोकार महिला तथा प्रसूति अस्पताल थापाथली ०१–४२५३२७६ ८ भक्तपुर अस्पताल दूधपाटी,…


रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।