Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरी दिने, कार्य योजना पारित

November 29, 2019
तत्कालीन स्वास्थ्य मन्त्रीज्युबाट स्वास्थ्य सम्बन्धी पुस्तक विमोचन गर्नुहुदैं
तस्विर विवरणः तत्कालीन स्वास्थ्य मन्त्रीज्युबाट स्वास्थ्य सम्बन्धी पुस्तक विमोचन गर्नुहुदैं

४ जेठ, काठमाडौं ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरि दिने भएको छ । अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो व्यवस्था अब आउने ‘राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४’ मा समेटिन लागेको हो । विधेयक हाल मन्त्रिपरिषद्‌मा पारित हुने क्रममा छ । विधेयक पारित हुनासाथ उक्त विधेयकलाई परिमार्जन गर्दै त्यसमा अपाङ्गता भएका व्यक्ति तथा उसको स्याहारसुसार गर्ने व्यक्तिको स्वास्थ्य बिमा समेत सरकारले नै गर्ने स्वास्थ्यमन्त्री गगनकुमार थापाले दिनुभयो ।

कुष्ठरोग नियन्त्रण महाशाखाले २९७४ जेठ ४ गते काठमाडौंमा आयोजित कार्यक्रममा अपाङ्गता व्यवस्थापन रणनीति तथा १० वर्षे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले यो रणनीतिलाई आजैबाट कार्यान्वयनमा लैजाने घोषणा गर्नभयो ।

अपाङ्गता व्यवस्थापन रणनीति अपाङ्गता कार्य समूहसँगको परामर्श र समन्वयबाट तयार पारिएको हो । रणनीति कार्यान्वयनका सन्दर्भमा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीमा कर छुटका लागि शुक्रबारसम्ममा सूची तयार गरी मन्त्रालयमा पेश गर्न मन्त्री थापाले सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

मन्त्री थापाले आगामी सात वर्षभित्रमा संघीय संरचना अन्तर्गत देशभरकै स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री बनाउन ध्यान दिइने बताए । उनले ठूला अस्पतालहरुलाई अपाङ्गमैत्री बनाउनुका साथै दोभासेको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

हाल कुष्ठरोगको क्षेत्रमा मात्र काम गर्दै आएको कुष्ठरोग नियन्त्रण महाशाखाले नयाँ संरचना अन्तर्गत अब अपाङ्गताको क्षेत्रमा पनि काम गर्ने मन्त्री थापाले बताए । यसको लागि आवश्यक बजेट, स्रोत-साधनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी पनि मन्त्री थापाले दिनुभयो ।

कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिकी अध्यक्ष रञ्जुकुमारी झाले अपाङ्गता व्यवस्थापन रणनीतिमा अटिज्मलाई पनि समेट्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले सन् २०१८ सम्ममा नेपालका स्वास्थ्य संस्थाहरुलाई अपाङ्गमैत्री बनाउने योजना अनुसार काम भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कुष्ठरोग निवारण महाशाखाका निर्देशक चुडामणि भण्डारीले अपाङ्गता सम्बन्धी १० वर्षे कार्ययोजनाबारे जानकारी गराउनुभयो ।
अपाङ्गता व्यवस्थापन रणनीतिमा समेटिएका मुख्य विषय यस्ता छन् :

  • एकीकृत स्वास्थ्य सेवा अन्तर्गत उच्च प्राथमिकताका साथ अपाङ्गता रोकथाम, पुनर्स्थापना तथा व्यवस्थापन गर्ने, साथै पेशागत स्वास्थ्य समेत एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्ने ।
  • अपाङ्गता रोकथाम, पुनर्स्थापना तथा व्यवस्थापन कार्यक्रमको स्वास्थ्य सम्बन्धी योजना, अनुगमन, मूल्याङ्कन स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग महाशाखाले गर्ने ।
  • अपाङ्गता रोकथाम, पुनर्स्थापना तथा व्यवस्थापन कार्यक्रमको लागि आवश्यक मानव संसाधनको व्यवस्थापन गर्ने ।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई आधारभूत तथा आवश्यकता अनुसार विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन विद्यमान सरकारी अस्पताल, स्वास्थ्य केन्द्र तथा संस्थाहरुको क्षमता विकास, स्तर वृद्धि तथा प्रवर्द्धन गर्ने ।
  • बाल स्वास्थ्य तथा पोषणसम्बन्धी सरकारका कार्यक्रमहरुमा अपाङ्गता भएका बालबालिकाहरुका लागि लक्षित कार्यक्रमहरु लागू गर्ने ।
  • जन्मजात हुने अपाङ्गता, चोटपटकबाट हुने अपाङ्गता, मानसिक अपाङ्गता, सर्ने तथा नसर्ने रोगबाट हुने अपाङ्गतालाई रोकथाम गर्न लक्षित कार्यक्रमहरु लागू गर्ने ।
  • स्वास्थ्य संस्था र स्वास्थ्य चौकीहरुको भौतिक संरचनाहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अपाङ्गतामैत्री बनाउँदै लगिने ।

२०७४ जेठ ४ गते अनलाइन खबर डिजिटल पत्रिका (www.onlinekhabar.com) मा प्रकाशित

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search