Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि तालिम

Home / Articles / अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि तालिम
December 12, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp

जानकारी
सुदूरपश्चिमका ५ वटा जिल्लामा कार्यरत अपाङ्गता भएका नेतृत्व तहका व्यक्तिहरूलाई अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि सचेतीकरण तथा दस्तावेजीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरियो ।

एक कार्यक्रममा सामूहिक कार्यमा सहभागी जनाउदै गरेको तस्विर

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणमा जोड दिंदै देशका अन्य ठाउँमा जस्तै डडेलधुरामा २०७४ असारमा यो तालिम सञ्चालन गरेको हो । विशेष गरी समग्र महिला नै लैङ्गिक विभेदको मारमा परिरहेका र विभिन्न प्रकारका हिंसा,यातनाबाट पीडित हुने र अवसरबाट वञ्चित हुने, बलात्कार तथा यौन दुर्व्यवहारको सिकार हुने गरेका छन् । त्यसमा पनि अपाङ्गता भएका महिला लैङ्गिक भेदभाव र अपाङ्गताका कारण थप भेदभावको सिकार हुने गरेका छन् ।

अपाङ्गता भएका महिलालार्इ कसरी सुरक्षित रहने भन्ने बारे जानकारी गराउन,परिवार वा अभिभावकलाई हिंसाका विषयमा अभिमुखीकरणका साथै महासङ्घ मातहतका सदस्य संस्थामा अपाङ्गता भएका महिलाको प्रतिनिधित्व बढाउने बारेमा सचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा एक महिला आफ्ना भनाईहरु राख्दै गरेको अवस्था
तस्विर विवरणः कार्यक्रममा एक महिला आफ्ना भनाईहरु राख्दै गरेको अवस्था

कार्यक्रममा हिंसा न्यूनीकरण लागि बनाइएका कानुन र तिनको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराइयो भने महिलाका साथै पुरुष सहकर्मीहरूलाई समेत सचेत गर्ने उद्देश्य तालिमको रहेको छ ।

अपाङ्गता भएका महिला विरुद्ध हुने गरेका हिंसा, बलात्कारका घटना बहिर आउन नसकेको, आइहाले पनि उजुरी गर्न नमान्ने वा अदालतसम्म पुगेका घटना समेत पिडकको दबाब, परिवारलाई धम्की वा आर्थिक प्रलोभन देखाएर पनि पीडितले बीचमै छाड्ने गरेका थुप्रै घटना छन् ।

विशेष गरी पीडितले आफूलार्इ दरिलो गरी उभ्याउन नसक्नु, परिवारको सहयोग नपाउनु र उजुरी गरिसकेपछि पनि अदालती प्रक्रिया लामो, झञ्झटिलो र महँगो समेत हुने हुँदा निरन्तर न्यायका लागि पहल गर्न नसक्नु पनि यसमा कारण रहने गरेको छ ।

त्यससँगै अपाङ्गता क्षेत्र वा अभियान सबै ठाउँमा सशक्त नहुने भएका कारण आवाज कमजोर हुनु र अन्य मानव अधिकार, महिला अधिकारका अगुवाहरूले समेत बेवास्ता गर्नाले, अपाङ्गता भएका महिलाका मुद्दा सरकारीवादी हुने अनि बेवास्ता गरिनुले पनि समस्या सिर्जना हुने गरेको छ

महासंघका कोषाध्यक्ष श्री टिका दाहालबाट कार्यक्रम संञ्चालन गर्दै गरेको तस्विर
तस्विर विवरणः महासंघका कोषाध्यक्ष श्री टिका दाहालबाट कार्यक्रम संञ्चालन गर्नुहुदैं

यी र यस्ता समस्याबारे जानकारी गराउनुका साथै सचेतता बढाउन तालिममा महासङ्घका साथै सम्बन्धित क्षेत्रका विज्ञ एवं कानुनविद्लाई समेत आमन्त्रण गरी कक्षा सञ्चालन गरियो ।

तालिममा विशेष गरी हिंसा न्यूनीकरणका लागि जिम्मेवार निकाय महिला, बालबालिका कार्यालयका प्रमुख, प्रहरी महिला सेलबाट प्रहरी निरीक्षक र जिल्ला बारका अध्यक्षबाट विभिन्न विषयमा प्रस्तुति गरियो ।

तालिमबाट प्राप्त सुझाव

अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि कार्यक्रमका सहजकर्ताहरूको टोलीले दिएका केही सुझाव यस्ता छन् :

  • लैङ्गिकता एवं यौनिकताको अवधारणका बारेमा (महिला र पुरुष बीच ) र लैङ्गिक हिंसाको अवस्थाको विश्लेषण गर्ने, खुला छलफल, बहस र तालिमहरू सञ्चालन गर्नुपर्ने,
  • हिंसा प्रभावित महिलालार्इ मनोसामाजिक परामर्शका लागि सल्लाह दिने वा सहयोग गर्ने व्यवस्था गर्ने,
  • हिंसा प्रभावितका लागि कानुनी सहायता र न्यायमा पहुँच स्थापित गर्न सङ्घ संस्थाहरूसँग परामर्श र सहयोग माग्ने,
  • आफू संलग्न संस्था, सञ्जाल वा समूहका कार्यक्रम वा अन्यले निम्ता गरेका कार्यक्रमहरूका बारेमा राम्रोसँग बुझेर त्यो कार्यक्रम लैङ्गिक मैत्री, अपाङ्गता मैत्री छ कि छैन भन्ने अगाडि नै जानकारी माग्ने या सूचना लिएर मात्र सहभागी हुने,
  • हिंसा नहोस् भनेर अगाडि नै सचेत हुने वा समूहलाई सचेत बनाउने र आफू कसरी सुरक्षित हुने भन्ने बारेमा जानकारी, अध्ययन वा सुरक्षाका सूत्र (टिप्स) हरू बारे आफ्नो र अरूको क्षमता वृद्धि गर्ने,
  • न्यायका लागि ‘फास्ट ट्रयाक कोर्ट’ गठन हुनुपर्ने,
  • सबै जिल्ला प्रहरी कार्यालय र महिला सेलहरू अपाङ्गता मैत्री बनाइनुपर्ने,
  • महिला बालबालिका कार्यालयका साथै प्रहरी महिला सेलका पदाधिकारीलाई लैङ्गिक हिंसा विरुद्ध दिने तालिममा अपाङ्गता भएका महिलाका सवाललार्इ तालिम निर्देशिका (मेन्युअल) मा समावेश गरिनुपर्ने,
  • बहिरा व्यक्तिहरूको न्यायका लागि साङ्केतिक भाषा दोभाषेको व्यवस्था हरेक अदालत, महिला विकास कार्यालय, प्रहरीसेल, मानवअधिकार आयोगमा हुनुपर्ने,
  • सुरक्षित घरहरू अपाङ्गतामैत्रीबनाइनुपर्ने,
  • अपाङ्गता मैत्री काउन्सिलिङको ढाँचा तयार गरी त्यसै अनुसार कार्यान्वयन गरिनुपर्ने ।
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search