अर्थोपेडिक तथा पुनर्स्थापनका साधन

जानकारी

विकासमान सिंह

हाडजोर्नी तथा नशासम्बन्धी समस्याको उपचार तथा पुनर्स्थापन प्रक्रियामा आधुनिक चिकित्सा विज्ञानको सिद्धान्त अनुसार प्रयोग हुने उपकरणलाई अर्थोपेडिक तथा पुनर्स्थापनका उपकरण (Orthopedic and rehabilitation aid) भनिन्छ । यी साधनमा अर्थोसिस (Orthotic), कृत्रिम अङ्ग(Prosthesis), हिँडाइका उपकरण (Walking aid), गुड्ने उपकरण (mobility aid), बस्ने तथा उठ्ने उपकरण (Sitting & standing aid) र अन्य उपकरण पर्छन् ।

यी साधनले सम्बन्धित समस्या भएका बालबालिका/व्यक्तिहरूको उपचार प्रक्रियामा मद्दत पुग्ने शरीरको कुनै अङ्गको काम गर्ने क्षमतामा ह्रास आएमा त्यसको क्षमता बढाउने, भविष्यमा आउन सक्ने अरू समस्याबाट जोगाउने र सामान्य जीवनयापनमा मद्दत गर्ने कार्यहरू गर्छन् । उपकरणहरू उपचार तथा पुनर्स्थापन प्रक्रियाका महत्वपूर्ण अङ्ग हुन् ।

यस चित्रमा हाडजोर्नी तथा मस्तिष्क सम्बन्धी ऐक्सरे देखाइएको छ
तस्विर विवरणः यस चित्रमा हाडजोर्नी तथा मस्तिष्क सम्बन्धी ऐक्सरेहरु देखाइएको छ

अर्थोसिस भन्नाले शरीरको कुनै अङ्ग कमजोर, बाङ्गोटिङ्गो, जोर्नी तथा नशासम्बन्धी र अन्य समस्या भएमा त्यस अङ्गको बाहिरी भागमा लगाउने उपकरण हो । अर्थोसिस विशेष नाप लिएर र सम्बन्धित विशेषज्ञको निगरानीमा बनाउनु पर्ने हुन्छ । यसको प्रयोग गर्ने तरिका र समयका बारेमा पनि राम्रो जानकारी राख्नुपर्छ ।

कुनै अवस्थामा तयारी किसिमका अर्थोसिस पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि घुडाँको जोर्नी चल्न रोक्ने साधन (Knee immobilizer),ढाडमा बाँध्ने पेटी (Lumbosacral belt),घाँटीको कलर (Cervical collar) आदि । तर, उपकरणहरू बायोमेकानिकल सिद्धान्त अनुसार निर्माण भएको र गुणस्तर युक्त सामग्री प्रयोग गरिएको हुनुपर्छ । साथै, विशेषज्ञ डाक्टरको निगरानीमा लगाउनुपर्छ ।

कृत्रिम अङ्ग भन्नाले शरीरको कुनै अङ्ग गुमेको छ भने त्यसको सट्टामा लगाउने उपकरण हो । उदाहरणका लागि कृत्रिम हात, खुट्टा, नाक आदि । कृत्रिम अङ्गहरू विषेश गरी राम्रो देखिन र कामका लागि प्रयोग गरिन्छ ।

हिँडाइका साधनमा वैशाखी, वाकर, लठ्ठी, समानान्तर (Parallel) बार आदि पर्छन् । आवश्यकता अनुसार नाप र डिजाइन निर्धारण गर्नुपर्छ र उचित तरिका अपनाए र प्रयोग गर्नुपर्छ । गुड्ने उपकरणमा ह्वीलचियर, ट्राइसाइकल, ट्रली आदि पर्छन् । बस्ने तथा गुड्ने उपकरणहरू विभिन्न किसिम र डिजाइनका हुन्छन् ।यिनीहरूको पनि आवश्यकता अनुसार नाप र डिजाइन निर्धारण गर्नुपर्छ । अन्यमा खेल्ने र कसरतका उपकरण पर्छन् । यिनलार्इ आवश्यकता अनुरूप प्रयोग गर्नुपर्छ, जसले पुनर्स्थापन प्रक्रियामा सहयोग गर्छन् ।

नेपाली जनमानसमा उचित जानकारीको कमी तथा सरकारी नीति नियमको अभावमा यी उपकरणको प्रयोगमा धेरै लापरबही देखिन्छ । यी उपकरण सम्बन्धित विशेषज्ञको परामर्शमा निर्माण तथा प्रयोग गर्नुपर्छ । हेर्दा सामान्य लागे पनि कुनै बेला यसको गलत प्रयोगले ठूलो समस्या निम्त्याइरहेको हुनसक्छ, जसले गर्दा अन्ततोगत्वा समस्या भएका व्यक्तिलाई नै आर्थिक तथा शारीरिक नोक्सानी हुन्छ ।

हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका व्यक्तिहरूको उपचार तथा पुनर्स्थापन प्रक्रियाको सफलताका लागि यससँग सम्बन्धित पक्षहरूको कार्यकुशलता र सामूहिक कार्यले ठूलो भूमिका निर्वाह गर्छ । उदाहरणका लागि विशेषज्ञ डाक्टर, नर्स, फिजियोथेरापिष्ट, अकुपेशनल थेरापिष्ट, मनोचिकित्सक, अर्थोटिष्ट, प्रोथेटिष्ट, फर्मासिष्ट, पुनर्स्थापन कार्यकर्ता, सामाजिक कार्यकर्ता र सम्बन्धित परिवारको कार्यकुशलता र राम्रो सामूहिककार्यले समस्यायुक्त व्यक्तिलाई फाइदा प्रदान गर्छ ।

अर्थोपेडिक उपकरणको महत्व

  • कमजोर भागलाई टेवा दिने
  • विचलनबाट बचाउने
  • विचलनबाट सिधाबनाउने
  • अनियन्त्रित चाललाई नियन्त्रण गर्ने
  • दुखाइलाई कमगर्ने
  • दैनिक जीवनयापनलाई सजिलो बनाउने
  • संवेदनशील ठाउँलाई जोगाउनु ।

“लेखक अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रका निर्देशक हुनुहुन्छ ।”
nfo@hrdcnepal.org
पुनश्च: यो अपाङ्ग बाल अस्प्ताल तथा पुनर्स्थापन केन्द्रद्वारा प्रकाशित अपाङ्गता अभिमुखीकरण स्रोत पुस्तिका, २०७२ मा प्रकाशित सामग्री हो ।

हाडजोर्नी तथा नशासम्बन्धी समस्याको उपचार तथा पुनर्स्थापन प्रक्रियामा आधुनिक चिकित्सा विज्ञानको सिद्धान्त अनुसार प्रयोग हुने उपकरणलाई अर्थोपेडिक तथा पुनर्स्थापनका उपकरण (Orthopedic and rehabilitation aid) भनिन्छ । यी साधनमा अर्थोसिस (Orthotic),कृत्रिम अङ्ग(Prosthesis),हिँडाइका उपकरण (Walking aid),गुड्ने उपकरण (mobility aid),बस्ने तथा उठ्ने उपकरण (Sitting & standing aid) र अन्य उपकरण पर्छन् ।

यी साधनले सम्बन्धित समस्याभएकाबालबालिका/व्यक्तिहरूको उपचार प्रक्रियामा मद्दत पुग्ने शरीरको कुनै अङ्गको काम गर्ने क्षमतामा ह्रास आएमा त्यसको क्षमता बढाउने, भविष्यमा आउन सक्ने अरू समस्याबाट जोगाउने र सामान्य जीवनयापनमा मद्दत गर्ने कार्यहरू गर्छन् । उपकरणहरू उपचार तथा पुनर्स्थापन प्रक्रियाका महत्वपूर्ण अङ्ग हुन् ।

अर्थोसिस भन्नाले शरीरको कुनै अङ्ग कमजोर, बाङ्गोटिङ्गो, जोर्नी तथा नशासम्बन्धी र अन्य समस्या भएमा त्यस अङ्गको बाहिरी भागमा लगाउने उपकरण हो । अर्थोसिस विशेष नाप लिएर र सम्बन्धित विशेषज्ञको निगरानीमा बनाउनु पर्ने हुन्छ । यसको प्रयोग गर्ने तरिका र समयका बारेमा पनि राम्रो जानकारी राख्नुपर्छ ।

कुनै अवस्थामा तयारी किसिमका अर्थोसिस पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि घुडाँको जोर्नी चल्न रोक्ने साधन (Knee immobilizer),ढाडमा बाँध्ने पेटी (Lumbosacral belt),घाँटीकोकलर (Cervical collar) आदि । तर, उपकरणहरू बायोमेकानिकल सिद्धान्त अनुसार निर्माण भएको र गुणस्तर युक्त सामग्री प्रयोग गरिएको हुनुपर्छ । साथै, विशेषज्ञ डाक्टरको निगरानीमा लगाउनुपर्छ ।

कृत्रिम अङ्ग भन्नाले शरीरको कुनै अङ्ग गुमेको छ भने त्यसको सट्टामा लगाउने उपकरण हो । उदाहरणका लागि कृत्रिम हात, खुट्टा, नाक आदि । कृत्रिम अङ्गहरू विषेश गरी राम्रो देखिन र कामका लागि प्रयोग गरिन्छ ।

हिँडाइका साधनमा वैशाखी, वाकर, लठ्ठी, समानान्तर (Parallel) बार आदि पर्छन् । आवश्यकता अनुसार नाप र डिजाइन निर्धारण गर्नुपर्छ र उचित तरिका अपनाए र प्रयोग गर्नुपर्छ । गुड्ने उपकरणमा ह्वीलचियर, ट्राइसाइकल, ट्रली आदि पर्छन् । बस्ने तथा गुड्ने उपकरणहरू विभिन्न किसिम र डिजाइनका हुन्छन् ।यिनीहरूको पनि आवश्यकता अनुसार नाप र डिजाइन निर्धारण गर्नुपर्छ । अन्यमा खेल्ने र कसरतका उपकरण पर्छन् । यिनलार्इ आवश्यकताअनुरूपप्रयोग गर्नुपर्छ, जसले पुनर्स्थापन प्रक्रियामा सहयोग गर्छन् ।

नेपाली जनमानसमा उचित जानकारीको कमी तथा सरकारी नीति नियमको अभावमा यी उपकरणको प्रयोगमा धेरै लापरबही देखिन्छ । यी उपकरण सम्बन्धित विशेषज्ञको परामर्शमा निर्माण तथा प्रयोग गर्नुपर्छ । हेर्दा सामान्य लागे पनि कुनै बेला यसको गलत प्रयोगले ठूलो समस्या निम्त्याइरहेको हुनसक्छ, जसले गर्दा अन्ततोगत्वा समस्या भएका व्यक्तिलाई नै आर्थिक तथा शारीरिक नोक्सानी हुन्छ ।

हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका व्यक्तिहरूको उपचार तथा पुनर्स्थापन प्रक्रियाको सफलताका लागि यससँग सम्बन्धित पक्षहरूको कार्यकुशलता र सामूहिक कार्यले ठूलो भूमिका निर्वाह गर्छ । उदाहरणका लागि विशेषज्ञ डाक्टर, नर्स, फिजियोथेरापिष्ट, अकुपेशनल थेरापिष्ट, मनोचिकित्सक, अर्थोटिष्ट, प्रोथेटिष्ट, फर्मासिष्ट, पुनर्स्थापन कार्यकर्ता, सामाजिक कार्यकर्ता र सम्बन्धित परिवारको कार्यकुशलता र राम्रो सामूहिककार्यले समस्यायुक्त व्यक्तिलाई फाइदा प्रदान गर्छ ।

अर्थोपेडिक उपकरणको महत्व

  • कमजोर भागलाई टेवा दिने
  • विचलनबाट बचाउने
  • विचलनबाट सिधा बनाउने