Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

नेपालमा सीबीआर गतिविधि

December 12, 2019

गतिविधि

नेपालका कतिपय ठाउँका साथै समुदायमा अझै पनि अपाङ्गताको अवस्थालाई दैवीप्रकोप र पूर्व जन्मको पापको फल जस्ता परम्परागत धारणाबाट हेर्ने गरेको पाइन्छ । समुदायमा केही पक्ष अपाङ्गतालार्इ व्यक्तिको वा तिनका परिवारको समस्याका साथै उपचार गर्नुपर्ने विषयका रूपमा मात्र लिने गरेको पाइन्छ । तर, राज्यको संरचना र समुदायमा केही पक्ष अपाङ्गतालाई मानवीय विविधताका रूपमा र वञ्चितीकरणमा पारिएका व्यक्तिहरूको मानव अधिकारको सवालको रूपमा हेर्नु र बुझ्नुपर्छ भनेर अगाडि बढेको देखिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र आवश्यकता व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय नीति, मूल्य–मान्यता र अभ्यासहरूलाई हेर्दा विश्व स्वास्थ्य सङ्घले सन् १९७० को दशकबाट समुदायमा आधारित पुनर्स्थापन व्यवस्थापन अभ्यासलाई प्रवर्द्धन गर्दै आएको देखिन्छ । पछिल्लो अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि, २००६ को धारा २६(ख) मा पुनर्स्थापना सेवाहरूबारे ‘ त्यस्ता सेवा र कार्यक्रमहरूले समुदायमा र समाजका सबै पक्षमा सहभागिता र समावेशितालाई सघाउने छन् र सो स्वेच्छिक हुनेछन् तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ग्रामीण क्षेत्रहरू लगायत अन्य क्षेत्रमा सकेसम्म उनीहरूको समुदायको नजिक हुने गरी उपलब्ध गराइनेछन् ‘भन्ने उल्लेख गरिएको छ ।

विश्वमा अपाङ्गता भएका व्यक्तिहरूका क्षेत्रमा विभिन्न विकास अभियान, आन्दोलन र परिवर्तन भइरहने क्रममा सन् १९८१ पछि विश्वका धेरै राष्ट्रमा अपाङ्गता विकासको मेरुदण्डको रूपमा सुरु भएको “समुदायमा आधारित पुनर्स्थापना (सीबीआर)” कार्यक्रम नेपालमा भने झन्डै २० वर्षपछि सन् १९९९ मा नेपाल सरकारले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत अनुमोदन गरेर अभ्यासमा ल्याएको हो । सीबीआर कार्यक्रमलाई समावेशी, सबैखाले अपाङ्गता भएका व्यक्तिहरूको चौतर्फी विकास र सशक्तीकरण गर्न एकीकृत रणनीतिक अवधारणाको रूपमा हेरिन्छ । यस कार्यक्रममा सबैखाले र सबै उमेरका अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सबैथरी सहायता तथा सेवाहरूको एकमुष्ट व्यवस्थाका लागि प्रावधानहरू राखिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र परिवारमा सकारात्मक धारणाको विकास गर्ने, अपाङ्गता भएका नागरिकका सबै पक्षको विकासका लागि स्थानीय समुदाय र विकास निकायलाई परिचालन गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउने, अपाङ्गता हुन नदिन समयमै पहिचान, रोकथाम न्यूनीकरण र अपाङ्गता भएकालाई चिकित्सकीय र अन्य सेवाद्वारा पुनर्स्थापन गर्ने रसबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न समान अवसरमा सेवा (शिक्षा, स्वास्थ्य, तालिम, नेतृत्वविकास, लघु ऋण, सहायक सामग्री आदि) उपलब्ध गराएर सामाजिक सशक्तीकरण गराई आर्थिक एवं सामाजिक रूपमा विकासको मूल प्रवाहमा ल्याउने र अन्य नागरिक सरह सक्षम र स्वावलम्बी बनाउने मुल उद्देश्यका साथ नेपालमा यो कार्यक्रमसुरु भएको हो ।

यहाँ नेपालका केही जिल्लामा गरिएका सीबीआरसम्बन्धी राम्रा प्रयास एवं त्यसबाट प्राप्त उपलब्धिबारे चर्चा गरिएको छ ।

कैलालीमा अपाङ्गता सूचना केन्द्र सञ्चालनमा

नेपालसरकारले ७५ वटै जिल्लामा रहेका महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता भएका व्यक्तिहरूको सामुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता सूचना केन्द्र स्थापना गर्ने नीति लिएको छ । त्यस अन्तर्गत सुदूरपश्चिमका ९ वटा जिल्लामध्ये कैलालीमा रहेको अपाङ्गता सूचना केन्द्रलाई अपाङ्ग क्षेत्रीय सूचना केन्द्रको रूपमा मानिँदै आएको थियो । त्यस सूचना केन्द्रमा महिला तथा बालबालिका कार्यालय बाहिर एउटा साइनबोर्ड बाहेक अपाङ्गताका लागि आवश्यक सूचनाको व्यवस्था गर्न सकिएको थिएन । त्यस केन्द्रमा दक्षजनशक्ति, आवश्यक पूर्वाधार लगायतका सूचनामूलक सामग्रीहरूको समेत अभाव थियो ।

 

सिबिआरका नन्द राज भट्ट अपाङ्गता सुचना केन्द्रको परिशरमा तस्विर खिचाउनु हुदैँ
तस्विर विवरणः सिबिआरका नन्द राज भट्ट अपाङ्गता सुचना केन्द्रको परिशरमा तस्विर खिचाउनु हुदैँ

अपाङ्गता भएका व्यक्तिहरूको सूचना प्रविधिमा पहुँच अभिवृद्धि र सरोकारवाला निकायहरूबीच सूचना आदानप्रदान र अपाङ्गता अधिकारका लागि क्रियाशील निकायको रूपमा रहने त्यस्ता केन्द्रमा १ जना सूचना अधिकारी हुनुपर्ने व्यवस्था भए पनि त्यसको व्यवस्था भएको थिएन । जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयमा अपाङ्गता ‘फोकल पर्सन’ भए/नभएको र सरकारी कार्यालयमा सूचना अधिकारी तोके/नतोकेको रेकर्ड समेत त्यस्ता सूचना केन्द्रमा हुनुपर्ने व्यवस्था थियो । त्यसका साथै अपाङ्गताको सेवा सुविधा सम्बन्धी जानकारी, कैलाली जिल्ला लगायत समग्र सुदूरपश्चिमको अपाङ्गता प्रोफाइल, अपाङ्गताका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूको रेकर्ड जस्ता सूचनामूलक कुराहरू त्यस्ता सूचना केन्द्रमा व्यवस्थापन हुन सकिरहेको थिएन ।

महिला तथा बालबालिका कार्यालय कैलाली र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूर पश्चिम क्षेत्रीय कार्यालयको समन्वय, सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल एवं लुथरन वर्ल्ड फेडरेशनको प्राविधिक सहयोगमा कैलाली अपाङ्गता कार्य सञ्जालद्वारा महिला तथा बालबालिका कार्यालय कैलालीमा कार्यमूलक सूचना केन्द्र स्थापना गरिएको छ । त्यसलार्इ आवश्यक सूचना मूलक सामग्री प्रकाशन तथा प्रसारण, आवश्यक फर्निचरको व्यस्थापन, कम्प्युटर प्रिन्टरको व्यवस्थापन गरी प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।

त्यस केन्द्रमा अपाङ्गता सम्बन्धी तथ्याङ्क अध्यावधिक गर्ने,अपाङ्गता भएका व्यक्तिहरूका पीरमर्का र गुनासा सुनुवाइ गर्ने, अपाङ्गता सहायक सामग्री माग फारम भर्ने, सेवासुविधामा पहुँच नपुग्ने अपाङ्गता भएका व्यक्तिहरूको सेवासुविधाको पहुँच अभिवृद्धिको सुनिश्चितता गर्ने, सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाहरूसँग समन्वय गर्ने जस्ता क्रियाकलाप सञ्चालन गरिँदै आएको छ ।

 

अपाङ्गता सुचना केन्द्रको कार्यालयमा दुई जना व्यक्तिहरु तस्विर खिचाउँदै गरेको
तस्विर विवरणः अपाङ्गता सुचना केन्द्रको कार्यालय

सूचना केन्द्र स्थापना भए देखि हालसम्म ३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गरिनुका साथै ११३ जना अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र बनाउनमा सहजीकरण गरिएको छ । १५० जना सोधखोजकर्तालाई आवश्यक सरसल्लाह र सुझाव प्रदान गरिएको छ । दुर्इ जना हिंसाबाट पीडित अपाङ्गता भएका महिलालाई आवश्यक न्याय प्रदान गर्न पहल गरिएको छ । त्यसै गरी पर्चा, पम्पलेट, क्यालेण्डर, भित्तेस्तम्भ जस्ता साधनबाट २०० जना भन्दा बढीलाई आवश्यक सूचना र जानकारी प्रदान गरिएको छ ।

प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न पूर्णकालीन कर्मचारीको व्यवस्थापन, इमेल, इन्टरनेटको व्यवस्था, सूचना मूलक सामग्री प्रकाशन, कम्प्युटर, प्रिन्टर, फोटो कपि मेसिन लगायतका उपकरणको व्यवस्था गरीत्यस सूचना केन्द्रलाई आगामी दिनमा प्रदेश ७ नं. को अपाङ्गतासम्बन्धी सूचनाको मूल कार्यालयको रूपमा विकास गर्ने, सबै जिल्लामा अपाङ्गता सम्बन्धी नयाँ जानकारी र सामग्रीहरू प्रसारण गर्ने, अपाङ्गताका क्षेत्रमा काम गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायको प्रोफाइल तयार गर्ने, अपाङ्गता सम्बन्धी सवालमा निरन्तर सोधिने प्रश्नहरूको सँगालो प्रकाशन गर्ने जस्ता उदेश्यसहित काम अगडि बढाइएको छ ।

हुम्लामा सीबीआर कार्यक्रम र उपलब्धि

सुरुका केहीवर्षसम्म नेपालका शहरीक्षेत्रमा मात्रै सीबीआर कार्यक्रम सञ्चालन भएको थियो । विस्तारै ७५ वटै जिल्लामा यो कार्यक्रम कार्यान्वयन गर्ने रणनीति अनुसार हुम्लामा आर्थिक वर्ष २०६७/६८ बाटमात्रै सञ्चालन भएको हो । यस जिल्लामा कार्यरत अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरूको अभावमा सीबीआरले सुरुका केहीवर्षमा खासै अर्थपूर्ण उपलब्धि भने हासिल गर्न सकेन ।

 

हुम्ला जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएका बुनाई सम्बन्धी तालिममा सहभागीहरु
तस्विर विवरणःहुम्ला जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएका बुनाई सम्बन्धी तालिममा सहभागीहरु

सन् २०११ मा हुम्लामा अपाङ्गता भएका व्यक्तिहरूको समष्टिगत विकास गर्ने उद्देश्यसहित हिमाली शिक्षा र विकास (Himalayan Education And Development– HEAD Nepal) संस्था स्थापना भयो । त्यसपछि हुम्ला जिल्लामा अपाङ्गताका क्षेत्रमा अभियान र आन्दोलन सुरु भयो । हेड नेपालले सुरुदेखि नै अपाङ्गता भएका व्यक्तिहरूका हक, हित, अधिकारलगायत क्षेत्रमा काम गर्दै आएको छ । विभिन्नसेवा सुविधामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचका लागि आफ्ना आवाज र कार्यक्रम सञ्चालन गर्ने क्रममा सीबीआर कार्यक्रम र यसको अवधारणालाईपनि त्यस संस्थाले मुख्य रणनीति बनाएको छ ।

हेड नेपालले सीबीआर सञ्चालनसँगै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ संस्थाका साथै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै अपाङ्गताका क्षेत्रमा मुख्य एवं उल्लेख्य काम गर्दै आइरहेको छ । सीबीआरसँगै यस संस्थाले जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन र अध्यावधिक गर्ने कामा २०६९ सालमैसम्पन्न गरेर हाल यसको पुनः अध्यावधिक गरिरहेको छ ।

जिल्लामा र नेपालमै पहिलो पटक घुम्ती विद्यालयको अवधारणा विकास गरेर यसलेअपाङ्गता भएका बालबालिका, विशेषगरी शारीरिक र दृष्टिसम्बन्धीअपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पर्याउने अभियान नै चलाएको छ । यसक्रममा हालसम्म जिल्लामा शारीरिक, दृष्टि, बहिरा र बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि छुट्टा-छुट्टै स्रोत कक्षाको व्यवस्था गरीआवसीय शैक्षिक केन्द्रहरू सञ्चालन गर्न सफल भएको छ ।

यसले अहिले आफ्नै पहल र स्रोतबाट दृष्टिविहीन बालबालिकाका लागि विशेष शैक्षिक केन्द्र, हेड दृष्टिगृह र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूका लागि हेड सक्षमगृह स्थापना गरी जिल्ला सदरमुकाम सिमिकोटमा सञ्चालन गरिरहेको छ । सम्भवतः नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिमा आधारित हेड दृष्टिगृहमा विद्यालय तहका दृष्टिविहीन विद्यार्थीका लागि खानपिन र आवासको व्यवस्थासँगै अन्य विभिन्न सेवा सुविधाको व्यवस्था गरिएको छ । ब्रेल पुस्तकालयको व्यवस्था, स्पर्शमा आधारित चित्रकला (Tactile Graphic), ब्रेल नोट तथा किताब छापा (Braille Embosser), मोटो छापामा पढ्न मिल्ने सीसीटीभी, म्याग्निफायिङ ग्लास,कम्प्युटर एवं ल्यापटपबाट अध्ययन/अध्ययापन र विशेष कम्प्युटर सीपको तालिम यस केन्द्रका विशेषता रहेका छन् । हाल यस गृहमा २६ जना न्यून एवं पूर्ण दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् भने चार जनाले एसएलसी र एसईई परीक्षा उत्तीर्ण गरिसकेका छन् । त्यसैगरी हेड सक्षमगृहमा २० जना शारीरिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् ।

यस संस्थाले सीबीआर कार्यक्रमसँगै घुम्ती विद्यालय सञ्चालन गरेर जिल्ला भरिका अपाङ्गता भएका बालबालिकाको अवस्था लेखाजोखा एवं विश्लेषण गर्ने, स्थानीय तहमा अपाङ्गतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, अभिभावक शिक्षा दिने, बालबालिकालाई सामान्य साक्षरता कक्षा सञ्चालन गर्ने, दैनिक क्रियाकलाप सञ्चालन गर्ने, गमनशीलताको तालिम प्रदान गर्ने लगायतका काम पनि गर्दै आएको छ ।

अपाङ्गता भएका व्यक्तिहरु सिलाईबुनाइ सम्बन्धी काम गर्दै गरेको
तस्विर विवरणः अपाङ्गता भएका व्यक्तिहरु सिलाईबुनाइ सम्बन्धी काम गर्दै गरेको

त्यसैगरी, हेड नेपालले बयस्क अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक र आर्थिक सशक्तीकरणका लागि हेड सीप विकास केन्द्र स्थापना गरेर समावेशी विकासको सिद्धान्तका आधारमा अपाङ्गता भएका व्यक्ति र समाजमा अन्य सीमान्तकृत वर्गका व्यक्तिहरूका लागि विभिन्न आय-आर्जन तथा सीप विकासका तालिम एवं कार्यक्रम सञ्चालनमा ल्याएको छ । जस्तैः सिलाइकटाइ तालिम, बुनाइ तालिम, कृष्टलका गरगहान बनाउने तालिम, कम्प्युटर सीपतालिम आदि। हालसम्म यस केन्द्रले ८० जना भन्दा बढीलाई विभिन्न तालिम प्रदान गरिसकेको र तालिम लिएका केहीले आफ्नो व्यवसाय पनि सुरु गरेको अवस्था छ ।

स्थानीय निकायमा अपाङ्गता सम्बन्धी विभिन्न सेवा सुविधा, सूचना र जानकारी सबैका लागि प्रभावकारी रूपमा प्रवाह गर्न अपाङ्गता सूचना तथा सल्लाह सेवासमेत सञ्चालन गरेको छ । हाल जिल्लामा अपाङ्गता, गरिबी र कुपोषण बीचको सम्बन्धलाई विश्लेषण गरेर ३०० जना भन्दा बढी अपाङ्गता भएका बालबालिका र तिनका परिवारलाई लक्ष्य गरेर खाद्य सुरक्षा र पोषण वृद्धिका लागि पनि २ वर्षे कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

भक्तपुर

सिबिआर बहिरा विद्यालयको प्रागणमा फोटो खिचाउन उभिदै गरेका बालबालिकाहरु
तस्विर विवरणः सिबिआर बहिरा विद्यालयको प्रागणमा फोटो खिचाउन उभिदै गरेका बालबालिकाहरु

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र आवश्यकताहरूको व्यवस्थापन समुदायमै गर्न सकिन्छ भन्ने अभ्यास सन् १९८० को दशकमा विकास भएको हो । यस क्रममा भक्तपुर जिल्लामा सन् १९८५ मा सबै प्रकारका अपाङ्गता भएका बालबालिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सुरु भई हालसम्म दिगो रूपमा सञ्चालन भइरहेको छ । युनिसेफ, सेभदचिल्ड्रेनका साथै अन्य साझेदार संस्थाहरूको प्रारम्भिक सहयोगमा सुरु भएको यो कार्यक्रम हाल नेपाल सरकारको सीबीआर कार्यक्रम शिक्षा विभाग, स्थानीय निकायहरूको सहकार्य र साझेदारीमा सञ्चालनमा रहेको छ ।

नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि हाल ७५ जिल्लामै स्थानीय संस्थाहरूसँगको साझेदारीमा सीबीआर कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो स्वास्थ्य नीतिमा पनि अपाङ्गता व्यवस्थापन (रोकथाम, उपचार तथा पुनर्स्थापना) नीति, रणनीति तथा १० वर्षे कार्ययोजना २०७३ देखि २०८२ मा पनि सीबीआर अवधारणा समावेश गरिएको छ ।

सिबिआर बहिरा विद्यालयका प्रधानाध्यापक योजनी शाक्य कक्षामा बालबालिकाहरुलाई पढाउनुहुदै गरेको
तस्विर विवरणः सिबिआर बहिरा विद्यालयका प्रधानाध्यापक योजनी शाक्य कक्षामा बालबालिकाहरुलाई पढाउनुहुदैं गरेको

सीबीआर संस्था भक्तपुरले अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता सम्बन्धी आधारभूत सूचना प्रणाली अद्यावधिक गर्ने, जनचेतना जगाउने र रोकथाम मूलक तथा उपचारात्मक स्वास्थ्य सेवा सहजीकरण, घरदैलो पुनर्स्थापना सेवा लगायत फिजियोथेरापि र सहायक सामग्री सेवा सञ्चालन गर्दै आएको छ । त्यससँगै शिक्षामा पहुँचका लागि बहिरा र बहु–अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन, आय–आर्जन अवसरमा पहुँच, विभिन्न सरोकारवालालाई अभिमुखीकरण र अपाङ्गता सम्बन्धी विभिन्न तालिम तथा अपाङ्गता भएका व्यक्ति, परिवार र संस्थाहरूको सशक्तीकरणका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ । हालसम्म यस संस्थाबाट तीन हजार भन्दा बढी अपाङ्गता भएका बालबालिका र व्यक्तिहरूले उपचारात्मक र पुनर्स्थापनाजन्य सेवा पाएका छन् तीस हजार भन्दा बढीले रोकथाम मूलक स्वास्थ्य सेवाहरू पाएका छन् ।

सीबीआर संस्था भक्तपुरका कार्यक्रम, अनुभव र अभ्यासहरू नेपालमा अरू धेरै जिल्लामा अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाहरूका लागि समेत उपयोगी हुने विश्वास गर्न सकिन्छ ।

कास्की जिल्लामा सीबीआर कार्यक्रम र उपलब्धि

 

अपाङ्गता परिचय-पत्र वितरण कार्यक्रमा सहभागी आफ्ना कुराहरु राख्दै गरेको
तस्विर विवरणः अपाङ्गता परिचय-पत्र वितरण कार्यक्रमा सहभागी आफ्ना कुराहरु राख्दै गरेको



नेपाली समाजको समग्र विकासका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि विकासको मूलप्रवाहमा समाहित गर्न उनीहरू बसोबास गरिरहेको समुदायबाटै अपाङ्गता भएका व्यक्तिहरूको विकासलाई अगाडि बढाइनु पर्ने अवधारणाका साथ विक्रम संवत २०६५ सालमा कास्की जिल्लामा सीबीआर कार्यक्रम सुरु गरिएको हो । त्यसको नेतृत्व कास्की नेत्रहीन सङ्घले गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूप्रति भेदभाव पूर्ण व्यवहार गरिने नेपाली समाजमा गई कार्यक्रम गर्न कम चुनौतीपूर्ण थिएन तथापि कास्की जिल्लाका स्थानीय सरकारी निकाय एवं अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्ने सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गरेर २०६५ सालमा कास्की जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरियो । अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी प्राप्त तथ्याङ्कका आधारमा राष्ट्रिय योजना आयोगका तत्कालीन सहसचिव मुकुन्द चालिसेको प्रत्यक्ष संलग्नतामा कास्की जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको विकासका लागि आवधिक योजना निर्माण गरी त्यसै अनुरूप कार्यक्रमहरू सञ्चालन गर्न सुरु गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरूको समाजिक, आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा समेत पहुँच पुग्नु, सहायक सामग्रीको पहुँच वृद्धि हुनु आदिलाई तथ्याङ्क सङ्कलन र आवधिक योजना निर्माणको प्रमुख उपलब्धि मान्न सकिन्छ ।

आर्थिक दृष्टिले हेर्दा सानो रकमले विकट क्षेत्रसम्म पुगेर काम गर्न कठिनाइ हुँदाहुँदै पनि २०७३ सालसम्म आउँदा १९ वटा स्वावलम्बन समूह गठन भइसकेका छन् । ती समूहको सक्रियता पनि उत्तिकै सराहना योग्य छन्, जसको बलियो उदाहरण भदौरे तामागी अपाङ्गता स्वावलम्बन समूह हो, जसले अपाङ्गता भएका व्यक्तिहरूको सहकारी संस्था समेत सञ्चालन गरिरहेको छ ।

 

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई सेतो छडीको सहायताले बाटो पहिचान गर्न मद्दत गर्दै गरेको
तस्विर विवरणः दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई सेतो छडीको सहायताले बाटो पहिचान गर्न मद्दत गर्दै गरेको

अन्य मुख्य कार्यक्रममा कास्की जिल्लामा बसोबास गर्ने सबै दृष्टिविहीनलाई सेतो छडी निःशुल्क वितरण गर्ने, उनीहरूका लागि सीपमूलक र क्षमता विकासका तालिमहरू सञ्चालनगर्ने, आय–आर्जनका लागि व्यक्तिगत एवं सामूहिक स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय भर्ना, शैक्षिक सामग्री र छात्रवृत्ति वितरणमा समन्वय गर्ने यस सङ्घको समन्वय एवं महिला तथा बालबालिका कार्यालय कास्कीको प्राविधिक सहयोगमा अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर समयसमयमा सञ्चालन गर्ने, सहकारी सञ्चालन गर्ने, दृष्टिविहीनको मनोरञ्जनका लागि खेलकुद सञ्चालन गर्ने, प्रविधिमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्या उनुका साथै दृष्टिविहीन र अन्य अपाङ्गता भएका व्यक्तिहरूका अधिकार संरक्षण र प्रवर्द्धनका लागि समयानुकूलका गतिविधि सञ्चालन गर्ने रहेका छन् ।

माथिका कुराबाट के प्रस्ट हुन्छ भने यो नौ वर्षको अवधिमा सीबीआर कार्यक्रम कास्की जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको समग्र विकासमा कोशेढुङ्गो बन्न सफल भएको छ ।

अन्त्यमा,

सीबीआर कार्यक्रमका लागि नेपाल सरकारले विनियोजन गरेको रकम अति न्यून छ । यसको सञ्चालन निर्देशिका अति बृहत छ । त्यसैलेसीमित स्रोतबाट अनिश्चित एवं अथाह सेवा सुविधा प्रदान गर्नु आफैँमा चुनौतीपूर्ण रहेको छ । यति हुँदाहुँदै पनि यस रकम र कार्यक्रमलाई अपाङ्गता विकास र अभियानको एक आधारकारूपमा लिएर कार्यक्रमहरू सञ्चालन गर्न सके सीबीआर कार्यक्रमबाट महत्वपूर्ण उपलब्धिहरू हासिल हुनसक्ने कुरा माथिका केही उदाहरणबाट समेत प्रस्ट हुन्छ ।
“नन्दराज भट्ट (कैलाली), सूर्यभक्त प्रजापति (भक्तपुर), लक्ष्मण सुवेदी (कास्की) र छिटुव लामा (हुम्ला) को सहयोगमा तयार गरिएको सामग्री ।”

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search