रुपान्तरण पत्रिका – २०७३ पौष अंक, बर्ष २१ अंक ०१

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार महाभेला को सामाचारलाई मुख्य सामाग्री बनाईएको छ।यसै अंकमा सो सम्मेलनबाट जारी काठमाडौँ घोषणा पत्र पनि संलग्न छ। यस बाहेक महासँघका गतिविधि र उपलब्धीहरू यसमा पढ्न सकिनेछ।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।

मानव अधिकार महाभेलाको दूरगामी महत्व

सम्पादकीय सबैले समानरूपमा मानव अधिकारको उपयोग गर्न पाउनु पर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरू यसको उपयोगबाट सबैभन्दा धेरै वञ्चित छन् । संयुक्त राष्ट्रसङ्घले सन् १९८० देखि गरेको अथक प्रयासपछि पनि अपाङ्गता भएका व्यक्तिहरू विश्वभरि नै मानव अधिकारको उपयोगमा सबैभन्दा पछाडि पारिएपछि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको रूपमा उनीहरूका लागि छुट्टै अन्तर्राष्ट्रिय कानुन ल्याइएको हो । नेपालको सन्दर्भमा कुरा गर्दा अपाङ्गता अधिकारसम्बन्धी महासन्धिलगायत मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय कानुनहरूको पक्षराष्ट्र भइसक्दा पनि अझै नेपालका अपाङ्गता भएका व्यक्तिहरूले त्यसको समान उपयोग गर्न पाएका छैनन् । महासन्धि अनुकूल हुनेगरी पुरानो अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ लाई पुनर्लेखन गरेर संसद्‌मा पेश गरिएको भए पनि…


अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेला, २०१६

सरोकार अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई नेपालले अनुमोदन गरेको ६ वर्ष पूरा भइसक्दा पनि अपाङ्गता भएका व्यक्तिका सवालहरू अझै पनि मानव अधिकारको प्रमुख मुद्दा बन्न नसकिरहेको वर्तमान परिवेशमा उनीहरूका मानव अधिकारसम्बन्धी सवालहरूलाई देशव्यापीरूपमा उठान गर्ने, सरोकारवालाहरूलाई यस विषयमा जानकारी गराउन र संयुक्त प्रतिबद्धता हासिल गर्ने मुख्य उद्देश्यले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै अवसर पारेर राष्ट्रिय अपाङ्ग महासङ्घले डिसेम्बर १२ र १३, २०१६ मा अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेला आयोजना गर्यो । काठमाडौँमा आयोजना गरिएको महाभेलाको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा कार्यक्रममा उपस्थित राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज…


अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौँ घोषणापत्र– २०१६

दस्तावेज १२ डिसेम्बर, २०१६ अपाङ्गता एउटा अवस्था हो, जुन विभिन्न भौतिक, सामाजिक, सञ्चारसम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूका कारणले उत्पन्न हुन्छ र यस अवस्थालाई परिवर्तन गर्न सकिन्छ भन्ने अपाङ्गताको नवीनतम धारणामा विश्वास गर्दै, नेपालमा अपाङ्गताको अवस्थामा बाँचिरहेका व्यक्तिहरू सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सबै दृष्टिकोणबाट पछाडि पारिएका, विभेद र उपेक्षाको शिकार भएका र विभिन्न प्रकारका अवरोधहरूका कारण उच्च जोखिममा रहेका छन् र यस समुदायलाई समावेशी विकासको मूलधारमा ल्याउनु अत्यावश्यक छ भन्ने यथार्थलाई स्वीकार्दै, नेपाल पक्षराष्ट्र रहेका सबै मानव अधिकारसम्बन्धी घोषणापत्र, सन्धि, अभिसन्धि वा महासन्धिहरूले सुनिश्चित गरेका अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूको हकमा समेत समानरूपमा लागू हुन्छन् भन्ने कुरामा पूर्ण सहमत हुँदै, अपाङ्गता भएका…


अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस आयोजना

गतिविधि "हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य" भन्ने मूल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरमा मनाउने प्रचलन रही आएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्वमा गठन गरिएको अपाङ्गता दिवस मूल समारोह समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घको संयोजकत्वमा काठमाडौँमा बिहान ८:३० बजे भृकुटीमण्डपबाट वृहत र्याली आयोजना गरियो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव शंकरप्रसाद पाठकले उद्‌घाटन गर्नुभएको र्यालीमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका साथै…


Treading with technology

Inside story Major Pawan Ghimire Any disability including blindness is not that much severe as most people perceive. If his or her few of the psychological, physical, social and environmental requirements are being fulfilled, any Disabled persons can remain as happy and as productive as his normal peers. Out of the many of the requirements needed to bring activeness in Disabled person's life, technologies are also the one. Needless to say, technologies play eminent role in giving impetus to the motionless and enhance morale and motivation to lead life independently. Proper use of technologies not only escalates ones efficiency to…


नेपालमा समावेशी शिक्षाका चुनौती र अवसर

विश्लेषण लिला पहाडी समावेशी शिक्षाका लागि भएका व्यवस्था शिक्षा पउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षा आजको उपयुक्त र सान्दर्भिक मुद्दा बनेको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा २४ ले अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिकासँगै समान आधारमा समावेशी शिक्षा पाउने अधिकारलाई सुनिश्चित गरेको छ । यस मान्यतालाई नेपाल सरकारले पनि स्वीकार गरी त्यो अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरी संसद्ले अनुमोदनसमेत गरिसकेको । सानो समाजको रूपमा हेरिने विद्यालयदेखि नै समावेसी शिक्षा विकासको…


राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका मुख्य गतिविधि एवं उपलब्धि

गतिविधि सात वटा संस्था मिलेर २०५० साल भदौ १५ गते स्थापना भएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल २३ औँ वसन्त पार गरिरहँदा ३३१ वटा सदस्य संस्था भएको अपाङ्गता भएका व्यक्तिहरूको एउटैमात्र छाता सङ्गठनको रूपमा स्थापित छ । वकालत, पैरवी, क्षमता, विकास, समन्वय र सञ्जालीकरण कार्यक्षेत्रको मूलमन्त्रका रूपमा अघिसारेको महासङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, संवर्द्धन एवं सुनिश्चितताका लागि २४ वर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ । यसक्रममा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार प्राप्तिका दृष्टिकोणले धेरै उपलब्धि हासिल भएका छन् । नीतिगतरूपमा प्राप्त ती उपलब्धि दूरदराजमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले भने हालसम्म पनि सहजरूपमा उपभोग गर्न नसकिरहेको यथार्थ पनि हामीसामु छ । अपाङ्गता…


रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।