logo of nfdn

कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु

बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएरहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजना Covid -19 Response , Bridging (TO 16)  अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदैँ आइरहेको छ । 

हालको जटिल अवस्थामा बनिरहेका  संरचनाहरु पहुँचयुक्त बनाउन स्थानीय तहका जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ साथै बढ्दै गएको संक्रमण न्यूनीकरण गर्न स्वास्थ्यकर्मीहरुको सहयोग तथा सङ्क्रमित  र संक्रमणको शंका भएका व्यक्तिहरु जसमा अपाङ्गता भएका व्यक्तिहरुमा पर्न सक्ने मानसिक तनावलाइ मध्य नजर गरेर यो रेडियो संदेश तयार पारिएको हो l  

यो सचेतना मुलक रेडियो संदेशले हाल मानिसहरुमा  बढ्दै गएको मानसिक तनाव अपाङ्गता भएका व्यक्तिहरुमा कोभिड-१९  को जोखिम न्यूनीकरण र पहुँचयुक्तता लाइ केहि हद सम्म समेट्नेछ  भन्ने  आशा राखेका छौ  l

रेडियोमा बजिरहेको संदेशहरु देहायबमोजिमका लिङ्कबाट विस्तृत जानकारी लिन सकिन्छः

रेडियो सिन्धु:  https://bit.ly/2SiHeFH

नमोबुध्दः https://bit.ly/3ioOFpe