Similar Posts

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

    नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।

  • अपाङ्गता सवालमा अर्थमन्त्री ज्यूसँग भेटघाट

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको टोलीले अर्थ मन्त्री माननीय युवराज खतिवडा समक्ष संघीय सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा…

  • अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना…

  • राष्ट्रिय जनगणना सम्बन्धी जनचेतनामूलक भिडियो

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुनगैरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकेकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भैरहेको वर्तमान परिप्रेक्षलाइ मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन, नदोहोरिउन।

  • सामाजिक भत्ता सम्बन्धी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय

    प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२२ को तपशिल बमोजिमको निर्णयानुसार विश्वब्यापी COVID – 19 महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (“ख” वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई देहाए बमोजिम आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ । साथै बिभागको VERSP-MIS प्रणालीमा आर्थिक सहायताको छुटै समुह बनाई विवरण अध्यवधिक गरिने ब्यहोरा समेत आदेशानुसार अनुरोध छ।