माननीय अर्थ मन्त्री जनार्दन शर्माज्युलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरु समेटन अनुरोध पत्र बुझाउदै गरेको तस्विर ।

आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरु समेटन ध्यानाकर्षण

२० चैत्र, २०७८ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय नेटवर्क, नेपाल नेत्रहिन संघ, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको प्रतिनिधि मण्डलले अर्थ मन्त्री माननीय जनार्दन शर्माज्युलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरु समेटन अनुरोध पत्र बुझाइयो । आगामी आ.व. को बजेट र नीति तथा कार्यक्रमको सम्बन्धमा अपाङ्गता भएका वयक्तिहरुसँग भएको छलफलमा माननीय अर्थ मन्त्री जनार्दन शर्मा ज्यु, श्रीमान सचिव कृष्णहरि पुष्कर ज्यु, बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र कुमार उप्रेती लगायत अर्थ मन्त्रालयका नीति तथा योजना महाशाखाको उपस्थिति रहेको थियो । लिखित तथा मौखिक रुपमा दिइएका सुझावहरुप्रति सकरात्मक प्रतिकृया जनाउँदै यस छलफलले अपाङ्गताका सवालप्रति नजिकबाट बुझ्ने मौका मिलेको, यो बिषयले आफ्नो ध्यानाकर्षण भएको र उठेका कुराहरु यथासक्य सम्बोधन गर्न मन्त्रालय सकरात्मक रहेका मन्त्रालयका सचिव ज्युले विचार व्यक्त गर्नु भएको थियो । प्रतिनिधि मण्डलले बैंकहरुका ATM मेसिनहरु पहुँचयुक्त बनाउन, दृष्टिविहिन व्यक्तिहरुलाई बैंक खाता खोल्न, बैंकका अन्य सुविधाहरु प्रयोग गर्न  र मृगौला प्रत्यारोपण गरेका, डायलोसिस गरिरहेका, क्यासर रोगी र मेरुदण्ड पक्षघात विरामीहरुलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ मार्फत दिन खोजिएको सुविधा सामाजिक संरक्षणका लागि हो । तर उक्त कार्यविधिको नं ४ मा लाभग्राहीले पाउने औषधी उपचार खर्च वापत सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिले नपाउने भन्ने व्यवस्था रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई दिइरहेको सामाजिक सुरक्षा भत्ता र सामाजिक संरक्षणका लागि प्रदान गर्न खोजिएको औषधी उपचार र स्वच्छताका सामान खरीद गर्न दिन खोजिएको उक्त सेवा उक्त बुदाले लेखिएको प्रावधानले इस्पाइन कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरुले पाउन नसक्ने भएको हुँदा सच्याउन माग गरिएमा माननीय अर्थमन्त्री ज्युले आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई सच्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय नेटवर्क, नेपाल नेत्रहिन संघ, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको प्रतिनिधि मण्डल आफ्ना कुराहरु राख्नुहुदैँ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय नेटवर्क, नेपाल नेत्रहिन संघ, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको प्रतिनिधि मण्डल आफ्ना कुराहरु राख्नुहुदैँ ।
माननीय अर्थ मन्त्री जनार्दन शर्माको नेतृत्वमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय नेटवर्क, नेपाल नेत्रहिन संघ, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको अन्तरकृयामा सहभागिता हुदैँ गरेको एक झलक ।
माननीय अर्थ मन्त्री जनार्दन शर्माको नेतृत्वमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय नेटवर्क, नेपाल नेत्रहिन संघ, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको अन्तरकृयामा सहभागिता हुदैँ गरेको एक झलक ।
माननीय अर्थ मन्त्री  जनार्दन शर्माज्युलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरुमा अन्तरकृयामा अपाङ्गता भएका व्यक्तिहरुको कुरा सुन्नुहुदैँ
माननीय अर्थ मन्त्री जनार्दन शर्माज्यु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरुमा अन्तरकृयामा सम्बोधनको क्रममा खिचिएको तस्विर ।