कार्यशाला पश्चात खिचिएको सामूहिक तस्विर जसमा महासंघका कर्मचारीहरु, आयोगका तर्फबाट प्रतिनिधि र विभिन्न जिल्लाहरुबाट आउनुभएका अपाङ्गता भएका व्यक्तिहरु तस्विरमा हुनुहुन्छ

अपाङ्गता भएका महिला, पुरुष, बालक तथा बालिकाको न्यायमा पहुँच सम्बन्धी अनुसन्धानकर्ताहरुलाई दुई दिवसीय कार्यशाला

सबै अपाङ्गता भएका महिला, पुरुष, बालक तथा बालिकाको लागि न्यायिक प्रणालीको पहुँचमा आईपर्ने अवरोधहरु पत्ता लगाउन सातवटै प्रदेशहरुमा सहभागितामूलक अनुसन्धान गर्न मिति २०७९ बैशाख ४ र ५ गते “अपाङ्गता भएका महिला, पुरुष, बालक तथा बालिकाको न्यायमा पहुँच सम्बन्धी अनुसन्धानकर्ताहरुलाई दुई दिवसीय कार्यशाला” काठमाडौँमा सम्पन्न भयो । यस कार्यशालाको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको न्यायिक प्रणालीमा भएका अवरोधलाई पहिचान गर्न अनुसन्धानका क्रममा सोधिने प्रश्नावली, प्रयोग गरिने विधी, सिमितता र तथ्य वा प्रमाणहरु दस्तावेजीकरण गर्ने तरीका सहभागिता मुलक तवरवाट तयार गर्नु हो ।

उक्त दुई दिवसीय कार्यशाला राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा सिबिएम ग्लोबलसँगको साझेदारीमा “हामीलाई पनि समावेश गर” नामक परियोजना अन्तगर्त सम्पन्न भएको थियो । कार्यशालामा महासंघको महासचिव राजु बस्नेतज्यूले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नुहुदैँ अपाङ्गता भएका व्यक्तिहरुको नीति तथा कानुनहरुमा समावेशीतामा अझै ध्यान दिनुपर्ने बताउनुहुदैँ नेपाल सरकारलाई न्यायमा पहुँचका अवरोधहरु तथा अबको दिनमा सरोकारवाला निकायहरुले गर्नुपर्ने पहलहरु सहितको अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव तथा सिफारिस दिन महत्वपूर्ण भूमिका रहनेमा विश्वस्त हुनुभएको बताउनु भयो । यसै गरी आयोगका सह-सचिव नवराज सापकोटा ज्यूले कार्यक्रमको सफलताको कामना तथा यस अनुसन्धानको कार्यमा आयोग र महासंघ बीच निरन्तर सहकार्यको पृष्ठभूमी राख्नुहुदैँ यस अनुसन्धानबाट प्राप्त सुझाव तथा सिफारिसहरु आयोगकै तर्फबाट नेपाल सरकारलाई सिफारिस समेत गरिने प्रतिबद्धता दिनुभयो । आफ्नो कुरा थप गर्नुहुदैँ आगामी दिनमा पनि महासंघसँग सबै अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार प्रवर्धन तथा पहुँचयुक्तताको सुनिश्चितताको लागि  दिगो रुपमा निरन्तर समन्वय तथा सहकार्य गर्ने बताउनु भयो ।

२० जना (पुरुष ९ र ११ महिला) को सहभागिता रहेको कार्यशालामा कपिल अर्यालज्यूले प्रमुख सहजकर्ताको रुपमा सहजीकरण गर्नुभएको थियो । उहाँले अपाङ्गता भएका ब्यक्तिहरुको लागि न्यायिक प्रणाली (प्रहरी, अदालत तथा जेल/थुना) को पहुँचमा आईपर्ने अवरोधहरू पहिचान सम्बन्धी सहभागितामुलक अनुसन्धान पद्दतिको परिचय, अध्ययन तथा अनुसन्धानका विधि, प्रकृया तथा  क्षेत्र, चेकलिष्ट तयारीको लागि समुहकार्य (FGD,KII, Observations), लक्षित समुह छलफल (FGD) प्रश्नावली तयारी, अन्तरवार्ता (KII) प्रश्नावली तयारी, अवलोकण(Observations) प्रश्नावली तयारी, अध्ययन तथा अनुसन्धानका मूल्य, मान्यता तथा सीमाहरुका बारेमा सहजीकरण गर्नुभएको थियो । महासंघको प्रशासकीय प्रमुख मनिष प्रसाईँ ज्यूले अनुसन्धानकर्ताहरुले ध्यान दिनुपर्ने कुराहरुलाई प्रस्तुत गर्नुहुदै सम्पूर्ण अनुसन्धानकर्ताहरुलाई शुभकामना सहित कार्यशालाको समापन गर्नुभयो ।

केही तस्वीरहरुः

महासंघको महासचिव राजु बस्नेत ज्यूले कार्यशालामा सहभागिहरुलाई स्
महासंघको महासचिव राजु बस्नेत ज्यूले कार्यशालामा सहभागिहरुलाई स्वागत गर्नुहुदैँ

कार्यशालामा कपिल अर्यालज्यूले प्रमुख सहजकर्ताको रुपमा सहजीकरण गर्नुहुदैँ गरेको तस्वीर ।
कार्यशालामा कपिल अर्यालज्यूले प्रमुख सहजकर्ताको रुपमा सहजीकरण गर्नुहुदैँ गरेको तस्वीर ।

कार्यशाला पश्चात खिचिएको सामूहिक तस्विर
कार्यशाला पश्चात खिचिएको सामूहिक तस्विर