Similar Posts

  • सामाजिक भत्ता सम्बन्धी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय

    प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२२ को तपशिल बमोजिमको निर्णयानुसार विश्वब्यापी COVID – 19 महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (“ख” वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई देहाए बमोजिम आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ । साथै बिभागको VERSP-MIS प्रणालीमा आर्थिक सहायताको छुटै समुह बनाई विवरण अध्यवधिक गरिने ब्यहोरा समेत आदेशानुसार अनुरोध छ।

  • कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हालसम्म गरेका केही प्रयासहरू सम्बन्धी अध्यावधी

    कोभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट उत्पन्न महाविपत्तिको चपेटामा आज सारा विश्व परिरहेको छ । चीनवाट सुरू भएर युरोप र अमेरिकामा फैलिदै क्रमशः दक्षिण एशिया र अफ्रीकी मुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट यो प्रतिवेदन तयार गर्दा सम्म ४ लाख २८ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन भने १९ हजार भन्दा बढीको मृत्यू भैसकेको छ । चीन पछी यसको सबैभन्दा ठूलो प्रभाव यूरोप र अमेरिकामा परेको छ भने दक्षिण एशियाली देशहरूमा पनि यसको संक्रमण बढ्दै गएको छ ।

  • इच्छुक महानुभावहरूको लागि क्षमता विकास गर्ने सुनौलो अवसर

    ईन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंधि (सी.आर.पी.डी.) र दिगो विकास लक्ष्य (एस.डि.जी.) सम्बन्धी दक्षिण एशियाका देशहरूलाई लक्षित…

  •  अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

    मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l