हार नखाई जितेकाः जितबहादुर

सान, मान, इज्जतमा वसेका जितबहादुर २०४६ सालको माघ महिनामा आइपुग्दा अन्ततः हारे । भर्खरका लालाबालालाई हुर्काउनु त छदैं थियो । अर्कोतिर परिवार पनि चलाउनु थियो । त्यसकारण घरमा वस्तुभाउ पालिएको थियो । तर रुखमा घास काट्न चढेका जितबहादुर एक्कासी भूईंमा बजारिए । उपचार गराउने ठाउँ तथा आर्थिक समस्याको कारणले गर्दा उनी शारीरिक अपाङ्गता भएका व्यक्ति…

कर्णेबाट कर्णदाई

गाडि ढ्याक्क रोकियो । कर्ण दाई भन्ने आवाज आयो । एक जना व्यक्तिको सानो घरभित्रबाट हजुर भन्ने आवाज आयो । गाडिबाट उत्रेका व्यक्तिले कर्ण दाईलाई चुङ्गी करबापतको पैसा दिए । कर्ण दाईले वील दिए । यसपछि गाडि फेरि अगाडि बढ्यो । यस्तै दैनिकका साथ जीवन अघि बढिरहेको छ कर्णबहादुरको । कर्ण वहादुर सार्की आजभन्दा ४१…

पुरा हुदै आशारामका आशाहरु

२०६५ सालको साउन महिना थियो । सिमसिम पानी पर्दै थियो । त्यसदिन आशाराम पनि नेपालगंजको यात्रामा थिए । बस चढेको १ घण्टा भएको थिएन उनी चढेको बस दुर्घटनामा पर्यो । दुर्घटनामा केहीले ज्यान समेत गुमाए । तर उनलाई भने भगवानले हात थापीदिए । उपचारले उनको ज्यान त जोगायो तर उनी हिडडुल गर्न नसक्ने भए ।…

खाना पकाउने भाडा भित्रको जिन्दगी

मनिष चौधरीको कैलाली जिल्लाको साडेपानी गाविसमा बि.सं. २०६४ सालमा जन्म भएको थियो । उनी जन्मजात बहु अपाङ्गता भएका व्यक्ति हुन् । उनको शरिरका कुनै पनि भाग चल्दैन थियो । अब केहि गर्न सकिदैन होला भनेर उनका परिवारले आशा मारिसकेको थियो । कहिले मर्छ अनि लगेर फालिदिने भनेर बाटो कुरेर बसेका थिए । आफूले खाना खाने…

बलरामको बल

म भारतको दिल्लीमा एउटा कम्पनीमा काम गर्दै थिएँ । काम गर्ने क्रममा २०६२ सालमा मेरो दाँया हातको हत्केलाको भाग मेशिनमा परी काट्यो । जसको पिडाले म असाध्यै छट्पटिएँ । यसपछि मलाई हिनताबोध भयो । अर्काको देशमा बस्नुभन्दा आफ्नै ठाउँमा गई केही काम गरौं भन्ने लाग्यो । त्यही भएर म घर फर्कें ।  मलाई भेट्न र…

शिक्षाको ज्योति बाल्दैः विष्णुप्रसाद

विगतका दिन सम्झदै विष्णु भन्छन् । पढ्न त पढियो तर जागिर कहाँ खाने ? जागिर कसले दिन्छ ? निकै चिन्तामा थिएँ । जागिरका लागि धेरै भौतारिएँ । धेरै आश्वासन पाएँ । तर कसैले पनि जागिर दिएनन् । जिन्दगी देखि दिग्दार लागिरहेको थियो ।   ३२ वर्षिय विष्णुप्रसाद उपाध्यायले आफ्नो विगतको व्यथा सुनाए । कपिलबस्तु जिल्लाको…

सुन्दर भविष्यको यात्रामा पासाङ्गचोमु

आजभन्दा २५ वर्ष अगाडि ताप्लेजुङ्ग जिल्लाको सामान्य परिवारमा पासाङ्गचोमु शेर्पाको जन्म भएको हो । उनको परिवारमा आमा बुवा सहित ३ बहिनी र १ भाइ छन् । उनी परिवारको जेठी छोरी हुन् । घरको आर्थिक अवस्था अत्यन्त दयनिय थियो । आफ्नो वारीमा फलेको अन्नले वर्ष धान्न पुग्दैन थियो । गरिब भए पछि ऋण पनि कसैले दिदैनथ्यो…

चौतर्फी पहुँच बढाउदै स्वावलम्वन समुह

पूर्वको १ नम्बर प्रदेशमा झापा जिल्ला पर्छ । झापा जिल्ला शैक्षिक, आर्थिक तथा राजनितिक हिसाबले नेपालकै सुगम मानिन्छ । यद्यपी यहाँको अपाङ्गता भएको व्यक्तिको अवस्था भने नाजुक नै थियो । राज्यबाट प्रदान गरिने सेवा सुविधा पनि पाउदैनन् थिए । यसको बारेमा चेतनाको पनि अभाव थियो । वि.स. २०६६ सालमा राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल जिल्ला च्याप्टर…

घरै छोड्ने निर्णय फिर्ता

आफ्नो अनुहार ऐनामा हेर्छु । लाग्छ म पनि अरु जस्तै त छु । तर किन मलाई सबैले हेला गर्छन ? समाजले त हेला गर्यो तर आफ्नै घरबाट पनि किन अपमान भएको होला ? मलाई किन मान्छेले बुझ्दैनन् ? के ममा अपाङ्गता हुनु मेरै दोष हो र ? म जस्तो अपाङ्गता भएको व्यक्तिको समाजमा अरु सरह…