अधिकार दावी गर्न सक्षम जनचेतना समुह

जनचेतना अपाङ्ग स्वावलम्वन समुह वीरेन्द्रनगर ११, सुर्खेत १८ बैसाख २०७१ मा औपचारिक रुपमा स्थापना भएको समुह हो । जसलाई नर बहादुर कसेराले नेतृत्व दिईरहनु भएको छ । ९ सदस्यीय कार्यकारी समिति भएको उक्त समुहमा २२ जना साधारण सदस्य आवद्ध भएका छन् । यो समुहमा आवद्ध हुनु पूर्व सबै जनाले गाउँमा एकल रुपमा सघर्ष गरिरहेका थिए…

वद्लिदै गरेको शुष्माको जीवनी

गरिव भएँ त के भयो ? तर पनि खुसी थिएँ । बाल्यकालमा धेरै दुःख भोगें । तर त्यो पनि सहें । कहिले हरेस खाइन बरु गरिवीको विरुद्धमा लड्दै अगाडि बढें । तर एक्कासी म माथि बज्रपात पर्यो । जुन म भन्न पनि सक्दिन र सम्झदा पनि मलाई गाह्रो हुन्छ । भक्कानिदै शुष्मा भण्डराले आफ्नो कुरा…

भविष्यको वारे सोच्न पनि सकिनः यम रसाईली

कैलाली जिल्लाको दुर्गम ठाउँ बलिया गाविस वार्ड नं. ४ लम्कीमा वि.सं. २०३६ सालमा यम रसाईलीको गरिब परिवारमा जन्म भएको थियो । यम जन्मदै शारीरिक अपाङ्गता भएर जन्मिन् । अरु अपाङ्गता भएको व्यक्तिको जस्तै उनको पनि आफ्नै कथा छ । मेरो अभिभावकले परिवार चलाउनको लागि ज्याला मजदुरी गर्नैपर्थौ । त्यस माथि कहिले नेपाल बन्द, कहिले बजार…

उमाको हिम्मत

ईलाम जिल्लाको बरबोटे गाविस वडा नं ४ मा आज भन्दा ३५ वर्ष अगाडि उमादेवी घिमिरेको जन्म भएको थियो । उनको परिवारमा उनी सहीत ११ जना सदस्य रहेका छन् । सामान्य खेतीपाती गर्ने परिवारमा जन्मेकी उमाको परिवारमा दुई छाक खान भने चटारो थिएन । जन्मेको ३ वर्षसम्म केही पनि नबोलेपछि परिवारले उनलाई अस्पताल पुर्याए । धेरै…

सहयोग विहीनहरुको सहयोगी सीताराम सर

ईलाम जिल्लाका पञ्चकन्या गाविसमा सीताराम रेग्मीको सम्पन्न परिवारमा जन्म भयो । सीताराम सरले जीवनलाई कहिले फर्केर हेर्नु परेको थिएन । आईएड पढ्दा पढ्दै उहाँ सरकारी विद्यालयमा शिक्षक हुनुभयो । आइएड पास गरेपछि स्थानीय श्री पञ्चकन्या प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुनु भयो । यता घरमा गाई पालन तथा चिया खेति थियो । यसले उनको आम्दानी पनि राम्रो…

भाग्यलाई पनि जित्यो कर्मले

विहान ७ बजेको छ । मान्छेहरु झुरुप्प बसिरहको देखिन्छन् । एक छिन त म अलमल्ल परें । कतै केही त भएको होईन भनेर । पछि बुझ्दा त पवित्राको पसलमा चिया पिउने, घरमा चाहिने सरसमान र तरकारी किन्ने मानिसहरुको भिड रहेछ । पवित्रा पनि पसलमा हतार हतार गर्दै सामान दिने, चिया पकाउने, चिया दिने, गिलास माझ्ने,…

प्रकाशकीय

असल अभ्यास (Good Practice) स्थापित गर्नु सहज काम होइन । यसको लागि धेरै चुनौतिको सामना गर्नुपर्छ र मेहेनत र संघर्षको पनि त्यतिकै जरूरी हुन्छ । असल अभ्यास सबैतिर एकैपटक स्थापित हुने कुरा पनि होइन । यसलाई एकठाउँमा स्थापित गरेर विस्तारै अन्यत्र पुन प्रयोग गर्दै लैजानुपर्छ । तपाँइ हामीले गरेका राम्रा कामहरूबाट अरू पनि लाभान्वित हुने…