मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश

कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

सामाजिक सुरक्षा सम्बन्धी प्रेश विज्ञप्ती

प्रस्तुत बिषयमा सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्नभनि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि गत आ.व को अन्तिम चौमासिक र चालु आ.व को प्रथम चौमासिक नेपाल सरकार मन्त्रीपरिषदले सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायता उपलब्ध गराउने गरी अस्थायी समाधान गरिएको थियो ।

अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको शुभकामना सन्देश

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखी अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरि हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको आज हामी २९औँ सृङ्खलामा आइपुगेका छौँ । “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल राष्ट्रिय नारा र Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधि सहित मनाइँदै छ । तसर्थ यस महत्वपूर्ण घडीमा सम्पूर्ण नेपाली तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, सेवा प्रदायक, अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि लागि परेका सरकारी निकाय, राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, साझेदार निकाय, नागरिक समाज, पत्रकार वुद्धिजीवी, नीजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरुको २९  औँ अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइदै

१८ मंसिर, काठमाण्डौँ । अपाङ्गता भएका व्यक्तिहरुको २९ औँ अन्तराष्ट्रिय दिवस आज मंसिर १८ गते तदनुसार डिसेम्बर ३ का दिन देशभर विविध कार्यक्रम गरि मनाइदै छ । काठमाण्डौमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको  अध्यक्षतामा गठित मुल आयोजक समितिले तय गरेको कार्यक्रम अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र…

VACANCY: PROJECT COORDINATOR and Project Assistant IN FEDERAL OFFICE of NFDN. (2 POSITIONS)

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout the country. As the pioneer of the disability rights movement in Nepal NFDN has been working in disability rights promotion since 1993 with its key working strategy – Advocacy, Awareness, Capacity Building, and Networking & Collaboration.

NFDN is going to implement a project “Disability and SGBV – Building Capacities Against Sexual and Gender Based Violence in Nepal”  in partnership with MyRight in Nepal and seeking qualified personnel for the position of Project Coordinator and Project Assistant to work in Kathmandu based federal office of NFDN. Interested and qualified candidates are requested to apply under the following TOR.

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको तालिका

अन्तर्राष्ट्रिय नाराः Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19
राष्ट्रिय मुल नाराः “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता”  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा संचालन गरिने विभिन्न सप्ताहव्यापी कार्यक्रमको तालिका

अपाङ्गता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवसको नारा सम्बन्धमा

अपाङ्गता भएका व्यक्तिहरुको २९औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः अन्तर्राष्ट्रिय नारा “Building Back Better: toward a disability-inclusive, accessible, and sustainable post-COVID-19 World” राष्ट्रिय नारा “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता”

Vacancy: Program Assistant in Provincial Office

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking qualified personnel for the following position to work in its office at Butwal (Lumbini Province)

डि पि ओ प्रतिनिधिहरुका लागि “समावेशी कोविड-१९ प्रतिकार्य व्यवस्थापन” तालिम!

विश्वमा फैलिरहेको कोविड-१९ महामारीलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महसंघ नेपालको आयोजनामा पाँच दिने “समावेशी कोविड-१९ प्रतिकार्य व्यवस्थापन” तालिम असोज २६ गते सफलता पुर्वक सम्पन्न भयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सीएमसी नेपाल (मानसिक र मनोसामाजिक स्वास्थ्य) र सप्रोस नेपाल (समावेशी आधारभूत आवश्यकता सहयोग) को सी बी एम सँग संयुक्त तत्वावधानमा कार्यान्वयन भईरहेको “कोविड-१९ प्रतिकार्यमा अपाङ्गता…

 अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l