Detail TOR for Disability Job portal

The Joint Consortium of National Federation of the Disabled Nepal (NFDN), The Leprosy Mission Nepal (TLMN) and The Federation of Nepalese Chambers of Commerce and Industries (FNCCI) is jointly implementing a project “Fuelling Opportunities to End Unemployment for Nepalese with Disabilities” in short FOUND, dedicated to increase the access of persons with disabilities to employment and decent work in Nepal. As a crucial part of the project FOUND project wants to build an online Job Portal dedicated to job seekers with disabilities. In this course, the FOUND project is seeking consultancy service from renowned and qualified web designing companies of Nepal. We request the eligible company to submit their proposal including financial proposal and detailed action plan with timelines under the conditions and scope of the following Terms of Reference (TOR).

सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

अति अशक्त अपाङ्गता भएका ब्यक्ति र ६० वर्ष उमेर नपुगेका एकल महिलाहरुले पाइरहेको सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १६३ मिति २०७७/४/१६ को परिपत्र अनुसार हाल संशोधन प्रकृयामा रहेको सामाजिक सुरक्षा ऐन, २०७५ संशोधन भएपछि सोही बमोजिम हुने गरी त्यस्ता लाभग्राहीहरुको छुट्टै अभिलेख राखि ब्यवस्थापन सूचना प्रणालीमा नवीकरण गर्नु भन्ने पत्रको आशयले बिगत लामो समयदेखी प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता प्रदानको लागि पुर्व तयारी तथा प्रदान उन्मुख देखिन्छ तर सुनिश्चितता गर्न सक्दैन । यद्यपी सरकारको यो सकरात्मक कदमको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल धन्यबाद ब्यक्त गर्दछ ।

अति अशक्त अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेस बिज्ञप्ती

अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्न भनी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता सोहि बिभागको मिति २०७७/२/२८ च.नं १५७२ को परिपत्र अनुसार आ.व. ०७६/०७७ को असार मसान्त सम्मको लागि सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायत उपलब्ध गराउने भनि परिपत्र गरि अस्थायी समाधान गरिएको थियो भने सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी स्थायी समाधान गरिनेछ भनी सरकारको प्रतिवद्धता आएको थियो ।

संघीय निजामती बिधेयक सम्बन्धी प्रेश बिज्ञप्ती ।

प.सं २०७६/०७७/२०९ निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्न बनेको संघीय निजामती सेवा बिधेयक प्रतिनिधि सभामा दर्ता भइ प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा समितिको मिति २०७७ असार १५ गतेको निर्णय अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले प्राप्त गरिरहेको ५ प्रतिशत आरक्षणलाई घटाएर ४ प्रतिशत कायम गर्ने भन्ने सञ्चार माध्ययम मार्फत प्राप्त जानकारि…

अति अशक्त अपाङ्गता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश बिज्ञप्ती ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७७ जेष्ठ २८  च नं १५७२ को पत्रअनुसार साबिक बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति अशक्त अपाङ्गता ( ख वर्गको अपाङ्गता परिचय) पत्र प्राप्त भएका लाभग्राहीलाई मासिक रु १६००। का दरले चालु आ.व. को तेश्रो चौमासिक २०७६ चैत्रदेखी २०७७ असार सम्म को लागि हुन आउने रकम चालु आ.व. २०७६/२०७७ को सामाजिक सुरक्षा भत्ता शीर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराउने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएको अवस्था छ ।

सामाजिक भत्ता सम्बन्धी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२२ को तपशिल बमोजिमको निर्णयानुसार विश्वब्यापी COVID – 19 महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (“ख” वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई देहाए बमोजिम आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ । साथै बिभागको VERSP-MIS प्रणालीमा आर्थिक सहायताको छुटै समुह बनाई विवरण अध्यवधिक गरिने ब्यहोरा समेत आदेशानुसार अनुरोध छ।

सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।

 कोभिड -१९ को परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धि भर्चुअल (अनलाईन) बैठक

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन,  अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न  संस्थाहरु,  अपाङ्गता भएका व्यक्तिहरु,  उनीहरुका अभिभावक, महासंघका कार्यसमिति र प्रदेश कार्य समिति, महासंघका सदस्य संस्थाहरु र अन्य गैरसरकारी संस्थाहरु गरी ६४ जनाको सक्रिय सहभागितामा जुममार्फत कोभिड १९ बाट उत्पन्न वर्तमान परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था तथा अनुगमनको विषयमा भर्चुअल  (अनलाईन) बैठक आज सम्पन्न भएको छ ।

एन्टी हेमोफेलिक फ्याक्टर खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

प्रदेश नं १ मा रहेका हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको जिवन रक्षाको लागि अत्यावश्यक रक्ततत्व एन्टी हेमोफिलिक फ्याक्टर (Anti-hemophilic Factor VIII & IX) खरिद गर्नुपर्ने भएको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ बिराटनगरस्थित कार्यालयले देहाय बमोजिमको विस्तृत प्राविधिक विवरण भएको Factor VIII and Factor IX आपूर्ति गर्नको लागि आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका र औषधी व्यवस्था विभागबाट उक्त फ्याक्टर आपूर्ति गर्ने इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७  दिन भित्र हुनेगरी तपसिलका शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती

प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ,  यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्‍याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा  र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।