अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको तालिका
अन्तर्राष्ट्रिय नाराः Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19
राष्ट्रिय मुल नाराः “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा संचालन गरिने विभिन्न सप्ताहव्यापी कार्यक्रमको तालिका यस प्रकार रहेको छः
कार्यक्रम कार्यतालिका २०२० डिसेम्बर १ देखि ९ तारिख सम्म
मिति | समय | कार्यक्रम | स्थान | कैफियत |
(December 1) | बिहान १० बजे | दिवस सम्बन्धमा प्रदेश स्तरिय तयारी | भर्चुअल | |
(December 1 -7) | बिहान ७ बजे | दिवसको अवसरमा अनलाईन र राष्ट्रिय रेडियो मार्फत सार्वजनिक सन्देश प्रवाह | अनलाइन राष्ट्रिय रेडियो | |
(December २) | अपरान्ह २ बजे | पत्रकार सम्मेलन | भर्चुअल | |
(December३) | बिहान | दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूबाट रेडियो मार्फत शुभकामना सन्देश |
मिडिया | |
(December३) | दिवसको अवसरमा “अपाङ्गता आवाज” कार्यक्रमको शुरुवात | नेपाल अपाङ्ग मानव अधिकार केन्द्र (DHRC) | ||
(December३) | दिवसको अवसरमा मोबाइल सन्देश | |||
(December ३ ) | ११ बजेबाट | शुभकामना आदानप्रदान कार्यक्रम – अध्यक्षता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव श्री यमकुमारी खतिवडा – प्रमुख अतिथि- माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ – विशेष अतिथि- राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा) – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिकरण | भर्चुअल | |
(December ४)
| विहान १० बजेदेखि १२ बजेसम्म | अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी र अपाङ्गता अधिकारऐन २०७४ को प्रभावकारी कार्यान्वयनमा सरकार, विकास साझेदार र सरोकारवालाबीच समन्वय र सहकार्यको आवश्यकता र संभावना – अन्तरकृया । | भर्चुअल | |
(December ४) | दिउँसो २ बजेदेखि ४ बजेसम्म | अपाङ्गता समावेशी प्रतिकार्यमा प्राप्त सिकाइ र | भर्चुअल | |
(December ५) | नेपालमा अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षाको वर्तमान अवस्था, बैकल्पिक शिक्षामा अवरोध र चुनौति, समाधानका उपायहरू । रेडियो मार्फत अन्तरकृयात्मक छलफल | रेडियो बहस | ||
(December ५) | २ बजे – ३:३० बजेसम्म | कोभिड १९ ले अपाङ्गता भएका व्यक्तिको रोजगार र स्वरोजगारमा पारेको असर, अबको कार्य दिशा बारे छलफल | भर्चुअल | |
(December ६) | १० बजे – १२ बजेसम्म | अपाङ्गता भएका महिलामाथि निरन्तर भैरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमीमा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था – बौद्धिक बहस | भर्चुअल | |
(December ६) | २ बजे – देखि ४ | पहुँचयुक्तता प्रवर्धन अवस्था र अबको बाटो | भर्चुअल | |
(December ७ ) | १० बजे – १२ बजेसम्म | दिगो विकास लक्ष्यको राष्ट्रिय योजनामा अपाङ्गता सवालको समावेशीकरण र कार्यान्वयनको अवस्था – समिक्षा गोष्ठी | भर्चुअल | |
(December ७ ) | २ बजे – देखि ४ | अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका– अन्तरकृयात्मक छलफल | भर्चुअल | |
(December ८ ) | १० बजे – १२ बजेसम्म | नेपालमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था– महासंघले संकलन गरेका तथ्य र प्रमाणको सूचना आदानप्रदान छलफल कार्यक्रम । | भर्चुअल | |
(December ८) | २ बजे –४ बजेसम्म | राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा नागरिकहरुको सवालमा गरेको अध्ययन प्रतिवेदनमा अन्तकृया कार्यक्रम | भर्चुअल | |
(December ९ ) | १० बजे – १२ बजेसम्म | राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको समावेशी गणना (अन्तरकृयात्मक छलफल) | भर्चुअल | |
(December ९ ) | २ बजे – देखि ४ | अपाङ्गता भएका व्यक्तिहरुको महासन्धीको कार्यान्वयन अवस्था विषयक माननीय सासंदहरुसँगको अन्तरकृया | भर्चुअल |