मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश
कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।
माईराइट नेपालसंगको साझेदारी र राष्ट्रिय मानव अधिकार आयोगसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा यस जनहितको सन्देश रेडियो नेपालबाट २०७७ साल पौष ५ गतेबाट बिहानको ७ बजेको प्रमुख समाचारभन्दा ठिक अगाडी प्रसारण भइरहको छ ।
सन्देश स्क्रिप्ट
एउटा परिवारमा अपाङ्गता भएको व्यक्ति माथि हिंसात्मक गतिविधि भएको चर्को आवाज सुनिन्छ । यो आवाज बाटो हिड्दै गरेका दिदि बहिनिले पनि सुन्छन् । त्यसपछि……..
बहिनि: होइन दिदि यो रामु काका जहिले पनि ती अपाङ्गता भएको बहिनिलाई किन पिट्छन् यसरी ।
दिदि: हो नि बहिनी रामु काकाले सधैं बहिनीलाई पिट्छन् भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनु पर्यो नी ।
बहिनी: प्रहरी कार्यालयमा उजुरी दिंदा परिवारको कुरा परिवारमा नै मिलाउनु भनेर पठाए रे नी त । यो त मानव अधिकारको हनन भएन र भन्या ? झन् यस्तो कोभिड—१९को माहामारीको बेलामा अब कहाँ भएर उजुरी गर्ने होला त ?
दिदि: ह्या बहिनि तिमी किन आत्तिराको यस्तो बेलामा स्वयम\ व्यक्ति उपस्थित नभई राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उजुरी टिपाउन सकिन्छ ।
बहिनि: कसरी नि ?
दिदि: ल सुन आयोगमा उजुरी विभिन्न माध्यमबाट उजूरी गर्न सकिन्छ . जस्तैः
— पैसा नलाग्ने राष्ट्रिय मानव अधिकार आयोगका] हटलाइन नम्बर ५०१०००० मा सिधै फोन गर्न सकिन्छ, त्यस्तै आयोगको आधिकारिक व्यक्तिलाई फोनबाट उजूरी दिन सकिन्छ ।
—ईमेल इन्टरनेटको पहुँचमा छौं भने त आयोगको वेवसाइट बाट फारम डाउनलोड गरी फारम भरी इमेलबाट पठाउन सकिन्छ । आयोगले भर्खरै मोबाइल एप्स पनि बनाएको छ जसबाट उजूरीलाई मेसेज र भ्वोइस मेसेजबाट पनि पठाउन सकिन्छ ।
बहिनि: बौद्धिक अनि सिकाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिले चाँही कसरी उजूरी दिन सक्नछन् नी ?
दिदि: स्वयम\ व्यक्तिले उजूरी दिन नसक्ने भएमा lनजको संरक्षक, घर परिवार तथा छरछिमेकी वा नागरिक समाजका प्रतिनिधिले पनि उजूरी दिन सक्छन् ।
न्यारेसन: अपाङ्गता समावेशी कोभिड प्रतिकार्यका लागि राष्ट्रिय मानव अधिकार आयोगको समन्वय तथा माइराईट नेपालको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासँघद्वारा जनहितमा जारी सन्देश ।