अपाङ्गता अधिकारको क्षेत्रमा भएका पछिल्ला उपलब्धि र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नेतृत्व

सम्पादकीय नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई अधिकारका दृष्टिकोणबाट व्याख्या गर्दै यसका बारेमा समुदाय, अपाङ्गता भएका व्यक्ति र विभिन्न सरोकारवालालाई सुसूचित गराई राज्यका कानुन, नीति र कार्यक्रमहरूमा सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासङ्घको नेतृत्वदायी, समन्वयकारी र अभिभावकको भूमिका निकै महत्वपूर्ण रहेको छ । विशेष गरेर अपाङ्गतासम्बन्धी नीति निर्माण र तिनको कार्यान्वयनमा राज्यलाई जिम्मेवार बनाउन, दबाब सिर्जना गर्न…

अगाडी र पछाडीका कभर तस्बिरहरू

रुपान्तरण चौमासिक पत्रिका चैत्र २०७२ का कभर तस्बिरहरू There are 13 images in this folder राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसँग अपाङ्‍गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी काम गर्न अनु   महासङ्‍घ एवं डीपीओडी डेनमार्कका प्रतिनिधि भूकम्प प्रभावित जिल्ला नुवाकोटको तारुका गाविसमा अनुगमन भ्रमण   २०७२ पुस ११ र १२ गते पोखरामा सम्पन्‍न महासङ्घको सातौं महाधिवेशनका केही…

महासड्घका क्षेत्रीय गतिविधि

समाचार पश्‍चिमाञ्‍चलको अध्यक्षमा ढकाल दमौली (तनहुँ), फागुन । राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल पश्‍चिमाञ्‍चलको फागुन ८ गते भएको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले कल्पना ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रूपन्देही अपाङ्‍ग पुनःस्थापना केन्द्रकी अध्यक्ष रहेकी ढकाल यस अघि सहसचिव पदमा हुनुहुन् । उहाँले अध्यक्षका प्रत्यासी दृष्टिविहीन उत्थान सङ्‍घका अध्यक्ष हुमनाथ अधिकारीलाई ९…

महासङ्‍घले सञ्‍चालन गरिरहेका महत्वपूर्ण परियोजना र मुख्य उपलब्धि

समाचार अपाङ्‍गता भएका व्यक्तिहरूको समावेशीकरण डी.पी.ओ.डी. डेनमार्कसँगको साझेदारीमा सन् २०१३ बाट सुरु भएको अपाङ्‍गता भएका व्यक्तिहरूको समावेशीकरणसम्बन्धी परियोजना यतिबेला चौथो वर्षमा प्रवेश गरेको छ । जिल्ला कार्य समितिमार्फत १० वटा जिल्ला (झापा, इलाम, नुवाकोट, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, जुम्ला, सुर्खेत, कैलाली र बैतडी) मा र केन्द्रमा विभिन्‍न गतिविधिसहित यो परियोजना सञ्‍चालन भइरहेको छ । यस अन्तर्गत…

रुदै गर्दा छोडेको नवीन फर्कंदा मुस्कुराउँदै …

फिचर उत्तम सिवाकोटि म पनि धेरैखाले अशह्य शारीरिक पीडालाई जित्दै यहाँसम्म आइपुगेको मान्छे । मेरै समकालीन साथीको रुवाइयुक्त आवाज फोनबाट सुनेपछि मलाई आन्दोलित बनायो । तुरुन्त कार्यालय पुग्दा अत्यन्तै पीडाको अवस्थामा पाएँ नवीनलाई । दुवै आँखाबाट बलिन्द्र आँशुका धारा बगिरहेको, मुखबाट ऐया ऐया, मरेँ मरेँको आवाज, औषधि प्रयोग गर्ने क्यानेला लगाएका कामिरहेका हात देखेपछि मैले…

अपाङ्‍गता भएका बालबालिकाको शिक्षामा पहुँच

लेख राजेशमान के.सी. राजपत्रमा प्रकाशन गरेर नेपाल सरकारले २०६३ (सन् २००७) सालमा दिएको आधिकारिक परिभाषामा भनिएको छؘ– अपाङ्‍गता भन्‍नाले शारीरिक अङ्‍गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या अथवा कठिनाइको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणबाट सिर्जना भएको सञ्‍चारसमेतको अवरोधले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्‍चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन र सम्मानपूर्ण जीवनयापन गर्न कठिन हुने अवस्था…

विद्यालय भर्ना अभियानमा अपाङ्‍गता भएका बालबालिकाको पहुँच

आवरण लेख बिमल पौडेल आफू जस्तै साथीहरू आफ्नै आँगनको बाटो भएर विद्यालय पोसाकमा ओहोर दोहोर गरेको टुलु-टुलु हेरेर बस्नु उहाँको दिनचर्या जस्तै भइसकेको छ । अरूले जस्तै विद्यालय गएर पढ्ने मन भए पनि आफ्नै घर छेउमा रहेको विद्यालयले पनि उहाँलाई भर्ना लिन नमानेपछि भने चिन्तित भएर आँगन कुर्नेसिवाय कुनै उपाय छैन अहिले उहाँसँग । बुटवल…

अपाङ्‍गतासम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन

सम्पादकीय नेपाली अपाङ्‍गता भएका व्यक्तिका लागि २०७३ साल र यसपछिका दिनहरू निकै नै महत्वपूर्ण हुने लगभग पक्का छ । एकातिर राज्यको पुनःसंरचनासँग संविधानले सुनिश्‍चित गरेका प्रावधानहरूको कार्यान्वयन हुने प्रक्रिया अघि बढिरहेको छ भने अर्कोतिर करिब दुर्इ दशकदेखि प्रतीक्षा गरिएको अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन यसै वर्ष लागू हुने अपेक्षा गरिएको छ । अपाङ्‍गतासम्बन्धी १० वर्षे नीति तथा…