अपाङ्गता

कविता

सरिता अर्याल

Sarita Aryal

नभए नि सबल सबै शरीरका अङ्ग,

साङ्ग झैँ आघि बढ्न सक्छन् अपाङ्ग ।

 

हामी पनि देशका निम्ति पक्कै केही गर्छौँ,

देशको विकास निर्माणमा पनि लागि पर्छौँ ।

 

आँखा कान कम्जोर तर बौद्धिक विकास राम्रो,

हेलेन केलर बनेकी छिन् उदाहरण हाम्रो ।

 

बनिन् उनी नव-दिनकी बिहान मिर्मिरे,

त्यस्तै अर्की तारा हाम्री झमक घिमिरे ।

 

अझै पनि समान परिवर्तन भएको छैन,

अपाङ्गले स्वतन्त्र भई बाँच्न पाको छैन ।

 

जहाँ जाऊँ छि छि दुर्दुर घृणामात्रै पाउने,

कहिले होला सब मानिसको घैँटोमा घाम लाग्ने ?

 

अवसर पाए पक्कै त्यसलाई हामी ग्रहण गर्छौ,

सहीरूपमा नि अवसरको सदुपयोग गर्छौँ ।

अन्धकार यो संसारबाट हामी फुक्नु पर्छ ।।

 

कति ठाउँमा खुलेका छन् संस्था पनि,

बाचून् भनी अपाङ्गले आत्मनिर्भर भनी ।

 

त्यस्ता संस्थाप्रति आभारी छौँ हामी,

सीप सिकी भविष्यमा बन्न सक्छौँ नामी ।

 

(लेखक ल्याबोरेटरी उ.मा.वि. कक्षा १० मा अध्यनरत दृष्टिबिहीन छात्रा हुन् ।)