उठ … उठ

कविता

उत्तम शिवाकोटी

ए दृष्टि नहुने ! तिमीहरू उठ
ए बोली नसुन्ने ! तिमीहरू उठ
ए खुट्‍टा नहुने ! तिमीहरू उठ
ए सिक्न कठिन हुने ! तिमीहरू उठ
ए पहिचान नहुने ! तिमीहरू उठ
ए शिक्षा नपाउने ! तिमीहरू उठ
ए स्वास्थ्य–सुविधा नपाउने ! तिमीहरू उठ
ए अधिकार खोसिएका ! तिमीहरू उठ
ए समाजबाट टाढिएका ! तिमीहरू उठ
ए रोजगारी नपाएका ! तिमीहरू उठ
सबै जो जहाँ जहाँ छौ, गोलबद्धहुँदै उठ
आफ्ना अधिकार माग गर्दै उठ
समाजले बाँधेको बन्धन तोड्दै उठ
आफूमा भएको आत्मविश्‍वास जगाउँदै उठ
एक न एक दिन समावेशी समाज बनाउने
सपना देख्दै उठ
भोक र गरिबी चिर्ने आत्मनिर्भर जीवनको
सपना देख्दै उठ
नागरिक र राजनीतिक अधिकारको
पूर्ण उपभोगसहितको जीवनको
सपना देख्दै उठ
तिम्रो भाषा र पहिचानसहित
गुणस्तरीय जीवनको
सपना देख्दै उठ ।

(लेखक राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, पुर्वान्चल क्षेत्रीय कार्यालय बिराटनगरका संयोजक हुनुहुन्छ।)

यस अंकका अन्य सामाग्री पढ्नका लागी विषयसुचीमा फर्कनुहोस्।