अपाङ्‍गता भएका बालबालिकाको शिक्षामा पहुँच

लेख राजेशमान के.सी. राजपत्रमा प्रकाशन गरेर नेपाल सरकारले २०६३ (सन् २००७) सालमा दिएको आधिकारिक परिभाषामा भनिएको छؘ– अपाङ्‍गता भन्‍नाले शारीरिक अङ्‍गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या अथवा कठिनाइको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणबाट सिर्जना भएको सञ्‍चारसमेतको अवरोधले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्‍चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन र सम्मानपूर्ण जीवनयापन गर्न कठिन हुने अवस्था…

विद्यालय भर्ना अभियानमा अपाङ्‍गता भएका बालबालिकाको पहुँच

आवरण लेख बिमल पौडेल आफू जस्तै साथीहरू आफ्नै आँगनको बाटो भएर विद्यालय पोसाकमा ओहोर दोहोर गरेको टुलु-टुलु हेरेर बस्नु उहाँको दिनचर्या जस्तै भइसकेको छ । अरूले जस्तै विद्यालय गएर पढ्ने मन भए पनि आफ्नै घर छेउमा रहेको विद्यालयले पनि उहाँलाई भर्ना लिन नमानेपछि भने चिन्तित भएर आँगन कुर्नेसिवाय कुनै उपाय छैन अहिले उहाँसँग । बुटवल…

अपाङ्‍गतासम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन

सम्पादकीय नेपाली अपाङ्‍गता भएका व्यक्तिका लागि २०७३ साल र यसपछिका दिनहरू निकै नै महत्वपूर्ण हुने लगभग पक्का छ । एकातिर राज्यको पुनःसंरचनासँग संविधानले सुनिश्‍चित गरेका प्रावधानहरूको कार्यान्वयन हुने प्रक्रिया अघि बढिरहेको छ भने अर्कोतिर करिब दुर्इ दशकदेखि प्रतीक्षा गरिएको अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन यसै वर्ष लागू हुने अपेक्षा गरिएको छ । अपाङ्‍गतासम्बन्धी १० वर्षे नीति तथा…

अगाडी र पछाडीका कभर तस्बिरहरू

यस अंकको अगाडी र पछाडीका कभरमा प्रकाशित तस्बिरहरू यस प्रकार छन्। Rupantaran Asar 2073 Cover Photos Cover photos that were included in the Asar 2073 issue of Rupantaran Magazine There are 11 images in this folder महासङ्घको जिल्ला च्याप्टरका कर्मचारीको क्षमता अभिवृद्धसम्बन्धी प्रशिक्षण   महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको साझेदारीमा हेटौंडामा सम्पन्न महिला हिंसाबिरुद्धको…

Are they wheelchair or Cars?

INFORMATION Manish Aryal Totally insane price! PLEASE, PLEASE, PLEASE tell me why this should cost as much as a Smart Car? Why do these people want to rip people off? I desperately need one but certainly can’t afford it, guess I’ll sit in my stupid lounge chair the rest of my miserable life!!!” was the…

नेपालमा अपाङ्‍गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन

फिचर नेपालमा अपाङ्‍गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययनसम्बन्धी प्रतिवेदन काठमाडौंमा यही वैशाख २४ गते एक कार्यक्रमबीच सार्वजनिक गरियो । देशका ५९ वटा जिल्लाका १०० वटा क्षेत्र (क्लस्टर) निर्धारण गरेर ४ हजार घरधुरीमा २ हजार अपाङ्‍गता भएका व्यक्ति र २ हजार अपाङ्‍गता नभएका व्यक्तिबीच तुलनात्मक नमूना सर्वेक्षणसहित यो अध्ययन गरिएको हो । नर्वेजियन अपाङ्‍गता भएका व्यक्तिहरूको महासङ्घ (FFO-Norway)…

अपाङ्‍गता भएका व्यक्तिको रोजगारीसम्बन्धी प्रदर्शनी तथा क्षेत्रीय गोष्ठी

अपाङ्‍गता भएका व्यक्तिहरूको रोजगारीको अधिकारको अवस्था दिन प्रतिदिन जटिल बन्दैछ । उनीहरूसँग भएको क्षमताप्रति रोजगारदाताहरूको विश्‍वास कम भएको सन्दर्भमा अपाङ्‍गता भएका व्यक्तिहरूलाई रोजगारी दिने र नदिने निकायबीच अन्तरक्रिया गरी अनुभव आदान प्रदान गर्ने तथा राज्यको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्था कायम गर्न र त्यसलाई अझ बढी व्यवस्थित एवं प्रभावकारी बनाउन पहल गर्नु आज अति आवश्यक भइसकेको छ ।…

अवरोध पञ्छाउँदै इन्जिनियर – मासिक नब्बे हजारभन्दा बढी कमाइ

लेख कृष्ण खनाल ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्तिलाई कपिलवस्तु जिल्लाका अपाङ्‍गता भएका बिफई प्रजापती (कोहार) ले थप पुष्टी गर्नुभएको छ । उहाँले दुवै खुट्टामा बैशाखी प्रयोग गर्नुपरेको छ । जन्मदै अपाङ्‍गता रहेका उहाँले भारतको गोखरपुरमा रहेको एमएम इन्जिनियरिङ्ग कलेजबाट कम्प्युटर इन्जिनियर विषयमा स्नातक तह उपाधि हासिल गर्नुभयो । पारिवारिक वातावरण सहज भएका कारण भारतको…

आत्मविश्‍वास भए जीवन चल्छ

लेख दामोदर रिजाल विक्रम संवत २०३७ सालमा उर्लाबारी गाविस (हाल नगरपालिका) वडा नं. ६ मा जन्मिएकी सावित्रा अविवाहित होचापुड्का महिला हुनुहुन्छ । हात खुट्टासमेत केही लुलो भएकाले उहाँ सहजरूपमा हिडडुल पनि गर्न सक्नुहुन्न । सामान्यरूपमा मात्र हिड्नुहुन्छ । जान आउन कठिनाइ भएकै कारण उहाँले कक्षा ५ बाटै विद्यालय जान बन्द गर्नुभयो । दस वर्ष अगडि…