आत्मनिर्भतातर्फ उन्मुख श्यामलाल

लेख दामोदर रिजाल मोरङ जिल्लाको बयरवन– १, तल्लो हरकपुरका श्यामलाल खवास शारीरिकरूपमा अपाङ्‍गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ यतिबेला सफल व्यवसायीका परिचित हुनुभएको छ । श्रीमती र छोराछोरीसहित उहाँको छ जनाको परिवार छ । त्यो परिवारको आम्दानीको मुख्य स्रोत भनेको उहाँकै पेशा हो । उहाँको घर अगाडि सानो घुम्ती पसल छ । त्यहाँ सामान झकिझकाउ…

पहुँचयुक्त कार्यस्थल

फिचर सागर प्रसाई अपाङ्‍गताको क्षेत्रमा जब पहुँचयुक्तताको कुरा गरिन्छ, त्यसबेला हामी सबैको दिमागमा आइहाल्ने पहिलो कुरो भनेकै ह्विलचियर प्रयोगकर्ताहरूका लागि र्‍याम र अपाङ्‍गतामैत्री शौचालय निर्माण गर्नु भन्ने हुनेगर्छ । कुनै पनि स्थानलाई पहुँचयुक्त बनाउने कुरामा यी भौतिक पूर्वाधारको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुर्इमतै छैन । तथापि, यी कुराले मात्र सबै प्रकृतिका अपाङ्‍गता भएका व्यक्तिहरूका…

जागिर खोज्दै हुनुहुन्छ ? सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ

फिचर विशाल दाहाल जागिर रोजगारीलार्इ जनाउने प्रचलनमा रहेको शब्द हो । जीवन निर्वाहका लागि गरिने काम नै जागिर अथवा रोजगारी हो । यो धेरैको आवश्यकता र थोरैको रहर हुनेगर्छ । सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ । अवसर र चुनौती उत्तिकैरूपमा रहेका हुन्छन् र सकारात्मक रहँदै तीव्र इच्छाशक्ति र लगाबका साथ हरेक…

अपाङ्‍गता भएका व्यक्तिहरूको पेशागत विकास र चुनौती

आवरण लेख श्रीकान्त सापकोटा अपाङ्‍गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह इच्छा, आकाङ्क्षा, भावना, चाहना र आवश्यकता भएका व्यक्ति हुन् । उनीहरूको पनि जीवन निर्वाह गर्न, आफ्ना आवश्यकताहरू परिपूर्ति गर्न तथा परिवार, समाज र राज्यप्रतिको निश्चित दायित्व पूरा गर्न विभिन्न पेशा, व्यवसायमा संलग्न हुने अधिकार हुन्छ । विद्वान् स्टिनेटका अनुसार profession भनेको पेशा हो, जुन विशिष्ट…

श्रमशक्ति सदुपयोगको कामना

सम्पादकीय विश्‍व स्वास्थ्य सङ्गठनको अपाङ्गतासम्बन्धी विश्‍व प्रतिवेदन- २०११ अनुसार संसारभरि करिब १५ प्रतिशत व्यक्ति कुनै न कुनैरूपमा अपाङ्गतासहित बाँचिरहेका छन् । तीमध्ये ८० प्रतिशत व्यक्ति नेपाल जस्तै अविकसित मुलुकमा बस्ने गर्छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले २००२ मा दिएको जानकारी अनुसार, एसिया प्यासेफिक क्षेत्रका करिब ८० प्रतिशत अपाङ्गता भएका युवा-युवती पूर्णरूपमा बेरोजगार छन् । यसको अर्थ जुन मुलुक विकासको…

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका मुख्य गतिविधि एवं उपलब्धि

गतिविधि सात वटा संस्था मिलेर २०५० साल भदौ १५ गते स्थापना भएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल २३ औँ वसन्त पार गरिरहँदा ३३१ वटा सदस्य संस्था भएको अपाङ्गता भएका व्यक्तिहरूको एउटैमात्र छाता सङ्गठनको रूपमा स्थापित छ । वकालत, पैरवी, क्षमता, विकास, समन्वय र सञ्जालीकरण कार्यक्षेत्रको मूलमन्त्रका रूपमा अघिसारेको महासङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, संवर्द्धन एवं…

नेपालमा समावेशी शिक्षाका चुनौती र अवसर

विश्लेषण लिला पहाडी समावेशी शिक्षाका लागि भएका व्यवस्था शिक्षा पउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षा आजको उपयुक्त र सान्दर्भिक मुद्दा बनेको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि,…

Treading with technology

Inside story Major Pawan Ghimire Any disability including blindness is not that much severe as most people perceive. If his or her few of the psychological, physical, social and environmental requirements are being fulfilled, any Disabled persons can remain as happy and as productive as his normal peers. Out of the many of the requirements…

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस आयोजना

गतिविधि “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य” भन्ने मूल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरमा मनाउने प्रचलन रही आएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्वमा गठन गरिएको अपाङ्गता दिवस मूल…

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौँ घोषणापत्र– २०१६

दस्तावेज १२ डिसेम्बर, २०१६ अपाङ्गता एउटा अवस्था हो, जुन विभिन्न भौतिक, सामाजिक, सञ्चारसम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूका कारणले उत्पन्न हुन्छ र यस अवस्थालाई परिवर्तन गर्न सकिन्छ भन्ने अपाङ्गताको नवीनतम धारणामा विश्वास गर्दै, नेपालमा अपाङ्गताको अवस्थामा बाँचिरहेका व्यक्तिहरू सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सबै दृष्टिकोणबाट पछाडि पारिएका, विभेद र उपेक्षाको शिकार भएका र विभिन्न प्रकारका अवरोधहरूका कारण…