अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी र स्वरोजगारीको लागि कफी मुल्य श्रृङ्खलामा ( उत्पादन देखि उपभोग सम्म) अपाङ्गता भएका व्यक्तिहरुलाइ समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको मुख्य उदेस्य रहेको छ ।
जसलाई निरन्तरता दिने क्रममा केहि समय अगावै १० जना बहिरा अपाङ्गता भएका व्यक्तिहरुले बरिस्ता तालिम लिएका थिए I उक्त तालिम पाइसकेपछि लगभग सबैजनाले रोजगारी समेत पाएको हुनाले सोहि कुरा बाट उत्साहित भइ यसै परियोजना अन्तर्गत काठमाडौं उपत्यका भित्र संचालन हुन लागेको बारिस्ता तालिममा सहभागी भइ आर्थिक उपार्जन गर्न चाहने अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि पुन अर्को तालिम संचालन गर्ने योजना बनाइएको छ, तसर्थ बारिस्ता तालिम लिन चाहने अपाङ्गता भएका व्यक्तिहरुले तपशिल बमोजिमको सम्पर्क नम्बर तथा इमेल ठेगानामा यथाशिघ्र सम्पर्क गर्नुहुन अनुरोध छ ।
फोन नम्बर: ९८६०२७८६८७/ ९८४९१७०९८२ E-mail: advocacy@nfdn.org.np
नोट :- बारिस्ता तालिक के हो र यसमा के गरिन्छ त ?
बारिस्ता तालिममा क्याफे तथा कफीसपहरुमा कफी तयार गर्ने देखि ग्राहकको टेवल सम्म पुर्याउने क्रममा आवस्यक पर्ने सबै प्रकारका सिपहरु सिकाइन्छ I सो शिलशिलामा बिभिन्न प्रकारका औजारहरु तथा उपकरणहरु चलाउन तथा नियन्त्रण गर्न सिकाउने लगायत कफीमा बिभिन्न खालका सजावट गर्ने,कफीको मात्रा मिलाउने, बुट्टा भर्न सिकाउने, उपकरणहरुको सरसफाई तथा भण्डारण आदि प्रक्रियाहरुको बारेमा प्रयोगात्मक तथा सैदान्तिक ढंगवाट सिकाइन्छ I
लक्षित नगरपालिकाहरुमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको हकमा कफी खेतिको लागि प्रोत्साहन गर्नको साथै अन्य आवस्यक प्राबिधिक सहयोग गरिनेछ l