कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थामा अपाङ्गता भएका ब्यक्तिहरूद्वारा सञ्चालित ३५० भन्दा बढी  गैर-सरकारी संस्थाहरु आवद्ध रहेका छन् । यसले आफ्नो स्थापना कालदेखि नै जनवकालत, क्षमता विकाश, जनचेतना अभिवृद्धी एवम् सहकार्य तथा सन्जालिकरण जस्ता रणनैतिक कार्यहरू गर्दै आइरहेको छ । जसका कारण नेपाली अपाङ्गता आन्दोलनले थुप्रै नीतिगत, कानूनी, संरचनागत एवम् व्यवहारिक परिणामहरू समेत हाँशिल गर्न सफल भएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालले हाल सीबीएमसंगको साझेदारीमा (हामीलाई पनि समावेश गर २०१९-२४” नामक परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच अभिवृद्धी गर्नका लागि पहुँचयुक्तता, अपाङ्गता समावेशी तथ्याङ्क, समावेशी नीति तथा कानूनहरू र संस्थागत क्षमता विकाश जस्ता क्रियाकलापहरू सञ्चालन गरिन्छ ।

सो परियोजनाको कार्यान्वयनमा आवश्यक मार्गनिर्देश गर्दै प्रभावकारी कार्यक्रम कार्यान्वयनको शुनिश्चित गर्नका लागि प्रदेश-२,  बागमती र  लुम्बिनी प्रदेशमा तीन वटा प्रादेशिक परियोजना कार्यदल गठन गर्न लागिएको छ । ती परियोजना कार्यदलमा रही काम गर्न इच्छुक तपशिलको योग्यता पुगेका (यसै सूचना साथ सम्लग्न गरिएकोछ) विभिद प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितीले १४ दिनभित्र आवेदन दिनु हुन अनुरोध गरिन्छ ।

नोट: यसै सूचना साथ राखिएको परियोजना कार्यदल सम्बन्धी जानकारी राम्रोसंग पढेर वा त्यसमा लेखिएका कुराहरू स्पष्ट रूपमा बुझेर मात्र आवेदन गर्नु हुन अनुरोध गरिन्छ । साथै आवेदन फाराम भर्नका लागि:

  • यहाँ राखिएको लिङ्कमा जानुहोस् ,  https://bit.ly/3hEuIxG
  • त्यहाँ आफ्नो वैयक्तिक जानकारी भर्नुहोस् ।
  • अन्त्यमा सम्मिट भन्ने बटनमा क्लिक गरेर फाराम पठाउनुहोस् ।
  • यदि फाराम भर्दा वा पठाउदा कुनै समस्या आए महासँघको सम्बन्धित प्रदेश कार्यालयमा सम्पर्क गरी आवश्यक सहयोग लिन सकिन्छ ।

 प्रदेश कार्यालयको ठेगाना र सम्पर्क नम्बर  :

क) प्रदेश-२ कार्यालय: जनकपुर उपमहानगरपालिका वडा नं. ४, भ्रमरपुरा चोक,

ईमेल : province2@nfdn.org.np

सम्झना राई, जनवकालत संयोजक (advocacyp2@nfdn.org.np)

ख) बागमती प्रदेश:

मकवानपुर, हेटौडा  उपमहानगरपालिका, वडा नं. २, बासुदेवमार्ग

कार्यालयको सम्पर्क नं.: ०५७-५२४६५१

ईमेल : province3@nfdn.org.np

शुरेन्द्र तिमल्सिना, जनवकालत संयोजक (advocacybagmati@nfdn.org.np)

ग) लुम्बिनी प्रदेशमिलनचोक-०८, बुटवल

कार्यालयको सम्पर्क नं: ०७१-५४६८७५

ईमेल: province5@nfdn.org.np

सरोजा भण्डारी, जनवकालत संयोजक (sarojabhandari74@gmail.com)

कार्यदल निर्माण एवम् सञ्चालनका लागि तयार गरिएको निर्देशिका २०१९

आवेदन फाराम भर्नका लागि लिङ्क:  https://bit.ly/3hEuIxG