अध्यारोबाट उज्यालोतर्फ: अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार र पहिचानका लागि गरेका सङ्घर्ष र सफलताका कथाहरू
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) ले सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include Us) परियोजना सिबियम ग्लोबलसँग र अष्ट्रेलियाली सरकार, परराष्ट्र मामिला तथा व्यापार विभाग (DFAT) मार्फत साझेदारीमा सातै प्रदेशमा कार्यान्वयन गरेको थियो । यस परियोजनाले पहुँचयुक्तता, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच, समावेशी नीति र पैरवी, अपाङ्गता सम्बन्धी तथ्यांक, र अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्था (OPDs) को क्षमता अभिवृद्धि र सशक्तीकरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको थियो ।
पाँच वर्षसम्म सञ्चालित यस परियोजनाका विभिन्न क्रियाकलापले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा केही सकारात्मक परिवर्तन ल्याउन सफल भएको महसुस गरेका छौँ । हामीले यस परियोजना सञ्चालनका दौरान हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई सङ्कलन गरी सबैमा पुर्याउने उद्देश्यले हाम्रो सानो प्रयासमार्फत आएका सकारात्मक परिवर्तनका कथाहरू तपाईंहरू माझ ल्याएका छौँ । यी सङ्कलित सफलताका कथाहरूले परियोजनाको उपलब्धि उजागर गर्ने मात्र नभई, यस क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्दा सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिने विश्वास गरेका छौँ ।
यस सङ्ग्रहमा परियोजनासँग आबद्ध भएपछि व्यक्तिहरूमा आएको परिवर्तन, वकालत र पैरवीले पहुँचयुक्तताको क्षेत्रमा भएका संरचनागत सुधार, न्याय प्रणालीमा आएको सुधार, अन्यायमा परेका व्यक्तिहरूले न्याय पाएको कथा, न्यून प्रतिनिधित्व भएका व्यक्तिहरूको जीवनमा आएको परिवर्तन, र यस परियोजनाले OPD को सशक्तीकरणका लागि प्रदान गरेको सहयोगले कसरी प्रभाव पारेको छ भन्ने कुरा समेटिएको छ ।
यस पुस्तिका राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल द्वारा सिबिएम ग्लोबलको सहकार्यमा प्रकाशित भएको हो ।
यस प्रकाशनलाई PDF Format मा डाउनलोड गरेर वा यहाँ भित्रका प्रत्यक लेखहरू छुट्टाछुट्टै रूपमा तलको सुचीमा हेरेर पढ्न सकिन्छ ।
यस प्रकाशन भित्र रहेका सफलताका कथाहरूको सुची