प्रेस विज्ञप्ति
मिति: २०८०/०९/१८ गते
प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय महिला उपाध्यक्ष र केहि प्रदेश अध्यक्षहरुको संलग्नतामा महासंघले प्रकृयागत रुपमा गर्दै आएका गतिविधिहरुमा फरक मत राखी वि. सं. २०८० साल पौष ८ गते महासंघकै कार्यालय भृकुटीमण्डप काठमाडौंमा पत्रकार सम्मेलन गरि विना पुर्व सुचना उक्त दिन देखि नै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्यालय भृकुटीमण्डप, परियोजना कार्यालय रातोपुल र सुदुर पश्चिम प्रदेशको कार्यालयमा आकस्मिक रुपमा ताला लगाइएको थियो जुन यहि पौष ११ गते असन्तुष्ट पक्ष र महासंघका पदाधिकारी तथा सदस्यहरु विच छलफल भै आपसी समझदारीमा ताला खोलिएको व्यहोरा सम्बद्ध सरोकारवाला पक्षहरुलाई जानकारी गराईन्छ ।
बिशेष गरि महासंघका संघिय अध्यक्षको व्यक्तिगत चरित्र हत्या गर्ने गरि अनर्गल आरोप लगाई आफ्नो अविष्ष्ट पुरा गर्न उद्दत राष्ट्रिय अपाङ्ग महासंघका संघिय महिला उपाध्यक्ष र केहि प्रदेश अध्यक्षहरु समेत सम्मिलित एक समुहले विज्ञप्ति जारि गर्दै भौतिक उपस्थिति र सामाजिक संजाल मार्फत लगाएको आरोप आफैंमा हास्यास्पद छ र त्यस्को कुनै पनि तथ्यगत प्रमाण भेटिदैन, किनकी अरुको बहकाईमा आई आरोपको नाममा आरोप लगाउनु भनेको गलत मानसिकताको उपज मात्र हो । महासंघका संघिय अध्यक्ष र महासचिवको सांगठानिक अधिकार प्रती नजरअन्दाज गर्नेहरुले लगाएको लान्छना निराधार र कपोलकल्पित भएको कुरा कार्य समितीको ठहर रहेको छ । महासंघको सदैब अहित चाहनेहरुको संलग्नता आन्दोलनमा देखिदा महासंघको सिंगो नेतृत्व स्तब्ध भएको छ । यस्तो विषम परिस्थितिमा नेतृत्व पक्ष संयम भई सुझबुझका साथ आन्दोलनरत पक्षसंग पटक पटक वार्ता, छलफल र अन्तरक्रिया गरि सहमतिको प्रयास गरेका कारण आन्तरिक द्वन्द्व समाधान गरिएको छ । यहि मिति २०८० साल पौष १५ गते नेपालगन्जमा बसेको पूर्ण कार्यसमितिको चौथो बैठकले सो समाधान निकालेको व्यहोरा जानकारी गराईन्छ । यो आन्तरिक द्वन्द्व समाधानका लागि सहयोग पुर्याउनुहुने आन्दोलनरत पक्ष र महासंघको हित चाहने सबै शुभचिन्तक र यस महासंघमा आवद्द संघ संस्थाका प्रमुख तथा प्रतिनिधिज्युहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । राष्ट्रिय अपाङ्ग महासंघको आफ्नो पारिवारिक र आन्तरिक सामान्य असमतीलाई बिषय बनाइ धमिलो पानीमा माछा मार्न खोज्नेहरुको लागि पनि यो समझदारी ठुलो पाठ बन्न पुगेको छ ।
आगामी दिनमा यस्ता किसिमका आन्तरिक समस्या महासंघ भित्र देखा परेमा आपसी छलफल अन्तरक्रियाबाट समझदारीमा पुग्दै राष्ट्रिय अपाङ्ग महासंघको गरिमालाई अक्षुण राखी राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि राष्ट्रिय अपाङ्ग महासंघ हो भन्ने कुरालाई दुवै पक्षले आत्मासात गरेको समेत व्यहोरा जानकारी गराईन्छ र आगामी दिनमा सामजिक संजाल मार्फत महासंघको नेतृत्वलाई असफल बनाउने कुरा मान्य नहुने र एक पटकलाई आन्दोलनरत पक्षलाई सचेत गराउंदै सो कार्य कसुरदार हुने व्यहोरा सर्वसाधारण सबैमा यसै विज्ञप्ति मार्फत जानकारीका साथ अनुरोध गरिन्छ । भविष्यमा सिर्जना हुने सम्भावित आन्तरिक असमझदारीलाई समझदारीमा परिणत गर्न पनि महासंघको सिंगो नेतृत्व सक्षम छ भन्ने कुरामा यस महासंघ विस्वस्त छ ।
रमेश पोख्रेल
प्रवक्ता
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल