उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बि.स.२०५० सालमा स्थापना भई देश भरिका अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार प्राप्तिका लागि अनवरत रुपमा लागिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं । आफ्नो स्थापना काल देखि छाता संस्थाको रुपमा रहेर सम्पुर्ण अपाङ्गता भएको व्यक्तिहरुको सामाजिक तथा राजनीतिक अधिकार सुनिस्चित गर्न पहलकदमी लिइरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनमा उल्लेख भएका अधिकार कार्यान्वयन गराउन आफ्नो अभियान संचालन गरिरहेको परिप्रेक्षमा यस अघि भएका राष्ट्रिय सभाको निर्वाचन र अन्य निर्वाचनमा बिभिन्न प्रदेशबाट राष्ट्रिय सभामा निर्णायक तहमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रतिनिधित्व गराएकोमा प्रतिनिधित्व गराउने पार्टीहरु प्रति आभार व्यक्त गर्दछ । जसको सवाल उसको नेतृत्व भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै यस पटकको राष्ट्रिय सभाको निर्वाचनमा पनि नेपालका ठुला र जिम्मेवार पार्टीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई आ आफ्नो पार्टीबाट निर्वाचित गरिदिनुहुन जोडदार माग गरिन्छ । मिति २०८० साल माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभाको निर्वाचनमा नेपालको संविधान २०७२ को धारा ८६ मा उल्लेख भए बमोजिम अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय सभा सदस्यमा अनिवार्य रुपमा निर्वाचित गरि संविधानको परिपालनाका साथ अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिस्चित गरि अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सशाक्तिकरण र सहभागीता गराउनका साथै अर्थपूर्ण सहभागिताको अपेक्षा सहित राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेत्रहीन युवा संघ नेपाल र समग्र अपाङ्गता अभियानको तर्फबाट यो ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

Similar Posts