राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भई आउनु भएको सहसचिव ज्ञानेन्द्र पौडेललाई सबै वर्गका अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुको बारेमा जानकारी गराउने कार्य सम्पन्न गर्यो । सो कार्यक्रमको मूल उद्देश्य मन्त्रालयको नयाँ टिमलाई अपाङ्गताको सवाल र वर्गीय अपाङ्गताको बारेमा जानकारी गराउनु हो ।
उक्त कार्यक्रममा अन्य राष्ट्रिय अपाङ्ग संघ संस्थाहरुका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा महासंघका तर्फबाट महासंघका अध्यक्ष मित्रलाल शर्माबाट अपाङ्गता सम्बन्धी समसमायिक अवस्था बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
तस्विरः महासंघका संघीय अध्यक्ष मित्रलाल शर्माले वर्गीय अपाङ्गताका विषयमा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल र उनका टिमलाई जानकारी दिनुहुदैं
यसका साथै वर्गीय संघसंस्थाहरुबाट दश प्रकारका अपाङ्गता सम्बन्धी जानकारी दिएका थिए । यस सेयरिङ कार्यक्रमले मन्त्रालयलाई अपाङ्गता सम्बन्धी विभिन्न कामहरु गर्न थप उर्जा प्रदान गरेको कुरा बताउनुभयो । साथै यस कार्यक्रमले अबको दिनमा थप समन्वय र सहकार्य हुनेमा विश्वस्त भएको कुरा जानकारी दिनुभयो ।