पहुँचयुक्तता परिक्षण सम्बन्धी अध्ययन प्रतिवेदन
कोभिड—१९ को महामारी र प्रतिकार्यका लागि सीबीएम नेपालले राष्ट्रिय अपांग महासंघ—नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालसंग हातेमालो गरि ‘समावेशी कोभिड प्रतिकार्यका लागि संयुक्त पहल’ परियोजना सञ्चालनमा ल्याएको छ । यो परियोजना काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा सिन्धुपाल्चोकको इन्द्राबती र हेलम्बु गाउँपालिकामा सञ्चालित छ । यो परियोजनाले अपांगता भएका ब्यक्तिका लागि सहायता सामाग्री वितरण, मनोसामाजिक परामर्श, स्वास्थ्य सम्बन्धी परामर्श, जनचेतनामूलक कार्यक्रम, क्वारेन्टिन स्थल तथा आइसोलेशन सेन्टरहरुको अनुगमन तथा पहुँचयुक्तता परिक्षण जस्ता कार्यहरु गरिरहेको छ । परियोजनाले टोल फ्रि नम्बर मार्फत निशुल्क परामर्श पनि दिइरहेको छ । परियोजना सञ्चालनमा स्थानीय तहमा कार्यरत डीपीओ (अपांगता भएका ब्यक्तिका संस्था) र स्थानीय तहसंग निरन्तर समन्वय र सहकार्य गरिएको पाईएको छ ।
यसै क्रममा राष्ट्रिय अपांग महासंघ —नेपाल (एनएफडीएन) र सीबीएम नेपालको संयुक्त टोलीले २०७७ साल असोज १२ गतेदेखि असोज १५ गतेसम्म भुम्लु गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टिन स्थल, आइसोलेशन सेन्टर र स्वास्थ्य संस्थाहरुको संयुक्त अनुगमन तथा पहुँचयुक्तता परिक्षण कार्य सम्पन्न गरेको थियो । यस पहुँचयुक्तता परिक्षण सम्बन्धी विस्तृत जानकारी संलग्न गरिएको प्रतिवेदनमा उपलब्ध छ ।