Similar Posts

  • राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको ३३ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल आफ्नो ३३ औँ गौरवशाली स्थापना दिवसको अवसरमा महासङ्घका संस्थापक व्यक्तित्वहरु‚ संस्थापक सदस्य संस्था‚ महासङ्घको पुर्व र वर्तमान  कार्यसमिति‚ आबद्ध…

  • विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

    पद पुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्य सम्पादन समितिको मिति २०७६ साल पुष १० गते वसेको निर्णय अनुसार…

  • राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा  जानकारि गराउन चाहन्छु।  उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा  १ (क) अनुसार  संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो  र प्रतिनिधि  फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय  तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ ।

  •  अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

    मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l  

  • जिल्ला सम्पर्क व्यक्तिहरु तथा महिला दौतरी परामर्शदाताहरुका लागि एकदिने भर्चुअल तालिम सम्पन्न

    मिति २०७८, वैशाख २७ गते सोमबार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा, टेकुको समन्वय तथा विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयको सहयोगमा संचालित संयुक्त पहलमा संचालित हो हामी सक्छौं–अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गता–समावेशी कोभिड १९ प्रतिकार्य परियोजनाको लुम्बिनी प्रदेश स्थित १२ वटै जिल्लाका १२ जिल्ला सम्पर्क व्यक्तिहरु र १२ महिला दौंतरी परामर्शदाताहरुलाई कोभिड १९ को समयमा आईपर्ने अपाङ्गता महिला, महिला युवा तथा किशोरी अपाङ्गता भएका व्यक्तिहरुको समस्या तथा सवालहरुलाई भर्चुअल सहायता कक्षको माध्ममबाट भर्चुअल विज्ञहरुहरुको पुल मार्फत परामर्श तथा सहयोग उपलब्ध गराउनका लागि क्षमता अभिबृद्धि गर्ने उद्येश्यले भर्चुअल अभिमुखीकरण तालिमको आयोजना भएको थियो ।