अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषणात्मक कार्यशाला गोष्ठी

मिति २०७७ पौष  १० गते सुदुरपश्चिम प्रदेश स्थित डोटी जिल्लामा र मिति २०७७ पौष १२ गते बैतडी जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषणात्मक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न  गरियो l अछाम, बाजुरा र डोटी जिल्लाबाट बिभिन्न DPOs का प्रतिनिधिहरुको डोटी जिल्लाको दिपायलमा आयोजना गरेको कार्यक्रममा  सहभागिता रहेको थियो भने बैतडी,दार्जुला र  डडेलधुराका DPOs का प्रतिनिधिहरु बैतडीको गोठालापानीमा भएको कार्यक्रममा सहभागी भएका थिए l

सुदुरपश्चिम
सुदुरपश्चिम प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका समस्याहरुको बारेमा अन्तरकृया कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम  प्रदेश अध्यक्ष श्री उपेन्द्र बहादुर खडायतको अध्यक्षतामा सम्पन्न डोटीमा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु द्वारा संचालित सँस्थाका २१  पुरुष र १०  महिला गरि जम्मा ३२ जना प्रतिनिधि सहभागी भएका थिए  भने बैतडीमा १४ जना महिला र १४  जना पुरुष गरि २८ जना सहभागी भएका थिए  l सो कार्यक्रम UNDP संगको सहकार्यमा सम्पन्न भएको थियो l

शिखर नगरपालिका डोटीका प्रमुख सिता राम जोशी को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सेती प्राविधिक शिक्षालयका पूर्व उपाध्यक्ष सत्य राज रावलले बिशेष आतिथत्यता गर्नु को साथै उँहा हरुले अपाङ्गता अधिकारको लागि आफ्नो क्षेत्रबाट भइरहेका प्रयासहरुको पारेमा प्रस्ट्याउनु भएको थियो  राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष श्री उपेन्द्र बहादुर खडायतले सहभागीहरुलाई स्वागत तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो भने पूर्व केन्द्रिय सदस्य मान बहादुर साउद ले सहजीकरण गर्नु भएको थियो  l