अन्तरक्रियात्मक सम्बाद कार्यकम सम्पन्न!
मिति २०७७- १०-२६
नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्र संघीय सीआरपीडी समितिले गरेको सिफारिसको कार्यान्वयनको अवस्था विषयक सम्बाद कार्यक्रम UNDP नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा मिति २०७७ माघ २७ गते अपाङ्गता संग सरोकार राख्ने विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरु, अपाङ्गता राष्ट्रिय निर्देशन समितीका प्रतिनिधिहरु बीच अन्तरक्रियात्मक सम्बाद कार्यकम सम्पन्न भयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष रमेश लामाको स्वागत मन्तब्य संगै शुरु भएको उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रललाल शर्माले सीआरपीडी समितिले सिफारिस गरेका सुझावहरुको छोटो प्रस्तुतीकरण पेश गर्नु भएको थियो l कार्यक्रमको दोश्रो चरणमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले आफ्नो मन्त्रालय तथा विभागले सीआरपीडी समितिको सिफारिस कार्यान्वयनको अवस्था बारे प्रकास पार्नु भएको थियो l उक्त कार्यक्रममा तथ्यांक विभाग, शिक्षा तथा मानव श्रोत विकास केन्द्र , महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , राष्ट्रिय मानव अधिकार आयोग, संचार तथा सुचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र लगायतका अपाङ्गता संग सरोकार राख्ने सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरुले आफ्नो आफ्नो मन्त्रालय तथा विभागवाट उपस्थित प्रतिनिधिहरुले कार्यक्रममा उठेका प्रश्नहरुलाइ सम्बोधन गर्नु भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोषाध्यक्ष के. पी. अधिकारिले सीआरपीडी समितिले सिफारिस गरेका सिफारिसहरुको अनिवार्य कार्यन्वय हुने अपेक्षा सहित सहभागीहरुलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।