समावेशी निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो
“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति इच्छुक भ्याटमा दर्ता भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत-सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण (Quotations)…
मितिः २०७९/०२/२६ श्री माननीय मन्त्री ज्यू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौ । विषयः अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल वि सं २०५० सालमा स्थापित नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था हो । महासंघले स्थापना कालदेखि नै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र सामाजिक न्यायका लागि आवाज उठाउदै आइरहेको छ…
मितिः २०७९ माघ ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपाङ्गता अ धिकार प्रर्वद्धन शाखामा रहेर कार्य गर्ने गरी राष्ट्रिय अपाङ्ग महासंघ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट संयुक्त रुपमा बहिरा तथा श्रुस्तश्रवण व्यक्तिहरु सँगको संचार सहजिकरणका लागि सांकेतिक भाषा दोभाषे पदको मिति २०७९ पौष २५ गते भएको अन्तर्वार्ता एंव परिक्षणबाट तपसिल बमोजिमको…
मिति २०७७ साल चैत्र ८ – १० गतेसम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र माइराईट नेपालको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघसंस्थाहरुमा क्रियाशिल रहनुभएका सातै प्रदेशका ३९ जना महिला सहित ७९ जना दशै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई समावेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) प्रदान गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
NFDN in partnership with CBM and in collaboration with Kathmandu Metropolitan City (KMC) conducted its first access audit in Ratnapark (Kathmandu) and Siddha Pokhari (Bhaktapur). The access audit was undertaken in the park area, public toilet within the Ratnapark periphery, public toilet outside the park, Shantibatika and Siddha Pokhari area with the help of technical…