तिहारको बिदा सम्बन्धी सूचना

नेपालीहरूको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा दिइने विदाको सम्बन्धमा तिहार मान्न र भाइटिका लगाउन टाढा जानुपर्ने कर्मचारी र पदाधिकारी तथा सदस्यहरूको आवश्यकतालाई मध्यनजर गरी भाइटिकाको भोलीपल्ट अर्थात २०७६ साल कार्तिक १३ गते सम्म महासंघका संघीय तथा प्रदेश कार्यालयहरूमा विदा दिने र व्यवस्था गरिएको छ । कार्तिक १४ बाट सबै कार्यालयका कामहरू सुचार गरिने समेत जानकारी गराइन्छ ।

साथै सबैमा तिहार तथा छठ लगायत निकटमा रहेका सम्पूर्ण चाडपर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्पूर्ण परिवार