सुविधा :
नेपाल सरकारले छात्रवृत्ति सम्वन्धी ऐन २०२१ लाई कार्यान्वयन गर्न वनेको नियमावलीमा प्रतिश्पर्धाको आधारमा छात्रवृत्तिको लागि उम्मेद्वार छनौट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिलाई आरक्षणको व्यवस्था गरेको छ ।
सुविधाको हकदार :
उच्च शिक्षाको लागि योग्यता पुगेका र नेपाल सरकारको परिभाषा र वर्गीकरण अन्तर्गत पर्ने अपाङ्गता भएका व्यक्ति ।
सुविधा प्रदान गर्ने निकाय :
शिक्षा मन्त्रालय, शिक्षा विभाग
सुविधा प्राप्त गर्ने प्रक्रिया :
हरेक वर्ष छात्रवृत्तिको लागि शिक्षा मन्त्रालयले आवेदनको लागि सूचना प्रकाशित गर्ने गर्छ । सूचना प्रकाशित भएपछि तोकिएको ढाँचाको आवेदन भरी शिक्षा मन्त्रालयमा वुझाउने । अपाङ्गता भएको व्यक्तिको हकमा आवेदनको साथमा अपाङ्गता परिचयपत्रको प्रतिलिपी र सम्वन्धीत जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय अपाङ्ग महासंघको सिफारिस पनि संलग्न गराउनुपर्नेछ ।
सुविधा प्राप्त गर्ने आधार:
क) छात्रवृत्ति सम्वन्धी नियमावली २०६० (चौथो संसोधन २०६७) : नियम १०. क) छात्रवृत्ति आरक्षण गरिने : (१) नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये पैँतालीस प्रतिशत स्थान सामूदायिक विद्यालयवाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न देहायका समुदाय तथा व्यक्तिलाई आरक्षण गरी सो प्रतिशतलाई शत प्रतिशत कायम गरी देहायको प्रतिशतका आधारमा वितरण गरिनेछ ।
………. ………… ……………………
ग) अपाङ्गका लागि दुई प्रतिशत
…………………. ………..