पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेटेड भिडियो
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबिएम ग्लोबलसँगको सहयोगमा पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेडेट भिडियोहरु बनाएको छ । थ्रीडी एनिमेडेट भिडियोहरुले सबै (बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सबै व्यक्तिहरु) ले प्रयोग गर्न सक्ने (विश्वव्यापी ढाँचा अर्थात Universal Design) पहुँचयुक्त भौतिक संरचना, यातायात र सूचना तथा संचार सेवा सम्बन्धी सन्देश राखिएको छ । यस भिडियोले समाजमा सचेतना जगाउने र सामाजिक परिवर्तनको सन्देश प्रवाह हुने उद्देश्य राखेको छ। अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्त भौतिक संरचना, यातायात तथा सूचना र सञ्चार सेवामा पहुँच र न्यायमा पहुँच अभिवृद्धि हुदै जानेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड सहितको पहुँचयुक्तता सम्बन्धी ज्ञान वर्द्धक गर्ने भिडियो भएको हुँदा सबै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति लगायत सबै नागरिकहरु बीच हुने विभेद,अपमान र असमान व्यवहारहरु कम हुदै जाने अपेक्षा लिएको छ । साथै यी भिडियोहरु सरकार तथा गैर सरकारी निकायहरु लगायत सबै सरोकारवाला निकायहरूलाई पहुँचयुक्त ढाँचामा भौतिक संरचना, यातायात र सूचना तथा सञ्चार सेवा तयार गर्न सहयोगी हुनेछ ।
तीन वटा भिडियोहरु महासंघको युटुबमा राखिएको छ, निम्न अनुसार लिङ्क राखिएको छ प्राप्त गर्नुहोला । अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्था, अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्था, सबै सरकारी तथा गैर सरकारी निकायहरु लगायत सरोकारवाला सबै निकायहरु माझ यी भिडियोहरु पुर्याउन समन्वय तथा सहयोग गर्नुहुनेछ भन्ने विश्वास राखेका छौँ ।