कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजन र यसका प्रादेशिक कार्यालयहरुमा समेत दैनिक सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।