Similar Posts
संघियतामा अपाङ्गताका सवाल
श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरूमा छलफल!
नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्रसंघीय सी. आर.पी.डी. समितिले नेपाल सरकारलाइ २०१८ को मार्चमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरू माथि मिति २०७७ फाल्गुण ५ गते राष्ट्रिय सभाका माननीय सदस्यहरु संग छलफल गरियो l संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय राम नारायण बिडारी लगायत १७ जना माननीय सदस्यहरुको उपस्थिति रहेको थियो l
अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण
२०७९ साल, चैत १६ गते, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन १५ जिल्लामा समपन्न गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको…
कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (सांकेतिक भाषासहितको भिडियो)
कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट आज २०७६ चैत्र २५ बाट पहुँचयुक्त सांकेतिक भाषामा समेत प्रशारण गर्ने प्रयास गरिएको छ । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/qAINBp_MVY8″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।
क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना!
पौष ६ , २०७८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३३१ भन्दा बढी अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरू आवद्ध रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको छाता संगठन हो । यसले आफ्नो स्थापना काल देखि नै सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, सम्वर्धन र सुनिश्चितताका लागि काम गर्दै आईरहेको छ । त्यसका लागि जनवकालत, क्षमता विकास, जनचेतना…