Similar Posts
स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)
कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई पारेको प्रभावको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माद्बारा गरिएको सम्बोधन । सांकेतिक भाषा सहितको भिडियो । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/it9KrnvT7hs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
हिमोफिलिया भनेको के हो?
हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।
आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति
आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो। वि.सं. २०५० सालमा स्थापित यस संस्थामा हाल ४०० भन्दा बढी सदस्य संस्थाहरू रहेका छन्। जनचेतना तथा सचेतना, जनवकालत, क्षमता विकास र सहकार्य तथा सञ्जालिकरण मार्फत यस संस्थाले अपाङ्गता भएका…
सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना
मिति : २०८० फाल्गुण १६ गते सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०८० पौष १४ र १५ गते नेपालगञ्जको खजुरामा बसेको कार्यसमितिको पुर्ण वैठकले संघीय कार्यसम्पादन समितिलाई जिम्मेवारी प्रदान गरे अनुसार २०८० फाल्गुण ०७ गते बसेको कार्यसम्पादन समितिको बैठकले २०८१ साल वैशाख ०७ र ०८ गते महासंघको २२औं वार्षिक…
लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो
महामारीको समयमा विशेष गरी महिला र बालिकाहरु माथि घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता लैङ्गिक हिंसा बढेको देखिन्छ। महामारीको समयमा नेपालमा हिङ्सा बढेता पनि सो को रिपोरटिङ पहिलेको तुलनामा घटेको सुनिन्छ। महिला, खासगरी अपाङ्गता भएका महिला, बालिका, र त्यसमा पनि आर्थिक र सामाजिक रुपले सीमान्तिकृत महिला/बालबालिकाहरुमा हिंसाको जोखिम बढी देखिन्छ । यसै सन्दर्भमा घरेलु हिंसा र…