संघियतामा अपाङ्गताका सवाल
श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।
“पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने” भन्ने भिडियो श्रृङ्खलामा माईक्रोसफ्ट अफिसका बिभिन्न सफ्टवेयरहरू (जस्तै: वर्ड, एक्सल र पावरपोईन्ट) हरूको प्रयोग गरेर फाईलहरू तयार गर्दा ती फाईलहरू कसरी अपाङ्गता भएका व्यक्तिहरूका लागि (विशेषगरी दृष्टिबाचक वा स्क्रिन रिडर सफ्टरवेयर प्रयोग गरेर कम्प्युटर चलाउने दृष्टिबिहिन व्यक्तिहरू) पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रयोगात्मक किसिमले सिकाइएको छ। यी भिडियोहरू राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सि.बि.एम. सँगको साझेदारीमा तयार गरेको हो। यो भिडियो तयार गर्न सहयोग प्राविधिक स्रोत व्यक्ति श्री आयुष श्रेष्ठ हुनुहुन्छ। भिडीयो हेर्नको लागि महासंघको वेवसाइटको यो लिंकमा क्लिक गर्नुहोला ।
हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।
अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ । अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…
कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ । यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।
यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।