Similar Posts
लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो
महामारीको समयमा विशेष गरी महिला र बालिकाहरु माथि घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता लैङ्गिक हिंसा बढेको देखिन्छ। महामारीको समयमा नेपालमा हिङ्सा बढेता पनि सो को रिपोरटिङ पहिलेको तुलनामा घटेको सुनिन्छ। महिला, खासगरी अपाङ्गता भएका महिला, बालिका, र त्यसमा पनि आर्थिक र सामाजिक रुपले सीमान्तिकृत महिला/बालबालिकाहरुमा हिंसाको जोखिम बढी देखिन्छ । यसै सन्दर्भमा घरेलु हिंसा र…
नेपालमा अपाङ्गता भएका महिलाहरुको अवस्था
समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।
प्रेस विज्ञप्ति (Nepali & English)
प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको छाता संस्था हो । महासंघ संस्था दर्ता ऐन (२०३४) अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा २०५० सालमा दर्ता भई समाज कल्याण परिषद् मा आबद्ध हुनुका साथै आन्तरिक राजश्व कार्यालयमा दर्ता भई नियमित कर दाखिला गरी कर चुक्ता प्रमाणपत्र प्राप्त गरी सञ्चालित भइरहेको छ । यस महासंघलाई…
राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक भिडियो
“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”
बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला निकाय, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्, नदोहोरिउन् ।
अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणमा सोधिने प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले UNDP सँगको साझेदारीमा सञ्चालन गरिरहेको (अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क विश्लेषण र सर्वे) परियोजनाको कार्यक्रम अन्तर्गत काठमाडौँमा फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणका लागि तयार पारेको प्रारम्भिक प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग सुझाव लिएको छ । हालसम्म सम्पन्न भएका राष्ट्रिय जनगणनाबाट अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क आउन…