कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थामा अपाङ्गता भएका ब्यक्तिहरूद्वारा सञ्चालित ३५० भन्दा बढी  गैर-सरकारी संस्थाहरु आवद्ध रहेका छन् । यसले आफ्नो स्थापना कालदेखि नै जनवकालत, क्षमता विकाश, जनचेतना अभिवृद्धी…

कोभिड बिरुद्ध खोप बारे प्रेश बिज्ञप्ती  

अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी, नेपालको संबिधान लगायतका कानूनहरुले अपाङ्गता भएका ब्यक्तिहरु समाजका अन्य नागरिक भन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार, गमनशिलता, सामाजिक साँस्कृतिक र राजनैतिक सहभागीतामा समेत पछी परेका छन् भन्ने कुरा स्वीकार गरी नेपालको संविधानमा नै सामाजिक न्याय र सामाजिक सुरक्षा मौलिक हकको रुपमा राखिएको छ । उल्लेखित सेवा सुविधाबाट बञ्चितिकरणमा परेका कारण अपाङ्गता भएका ब्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता समेत कमी हुँदा कोरोनाको थप जोखिममा रहेका हुन्छन ।

नेपाल राष्ट्रिय भवन संहिता—२०६ तथा विकास योजनाहरुमा पहुँचयुक्तताको स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन

June 2021 राष्ट्रिय भवन संहितामा समेटिएका पहुँचयुक्ततासंग सम्बन्धित विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुपका कुराहरुलाई भवन संहितामा समेट्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार पारिएको छ । एशिया (खासगरि दक्षिण एशिया) का अन्य देशहरुमा गरिएका अभ्यासहरुका बारेमा पनि यसमा संक्षिप्त रुपमा उल्लेख गरि राष्ट्रिय भवन संहितामा समेट्नुपर्ने कुराहरु सुझावको रुपमा उल्लेख गरिएको…

पहुँचयुक्ततासंग सम्बन्धित विभिन्न निर्देशिका, मापदण्ड र कार्यविधि तथा अन्तर्राष्ट्रिय अभ्यासको समिक्षात्मक अध्ययन प्रतिवेदन

30 June 2021 महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा तयार गरिएको र तत्कालिन मन्त्रिपरिषदद्धारा २०६९ साल फागुन ६ गते स्वीकृत गरि लागु गरिएको ‘अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका’ मा समेटिएका विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यसलाई थप परिमार्जन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार…

Virtual interaction on “Let’s continue talking about mental and psychosocial health”

19 June 2021 National Federation of the Disabled Nepal organized an interaction program entitled, ‘Let’s continue talking about mental health’ with focus on SDG 3- ‘Health and wellbeing’. With a motive to create a platform for sharing and gaining insights from experienced experts, the experts shared their experience, understanding and accomplishments. The program was intended…

अपाङ्गता भएका ब्यक्तिका लागि कोभिड १९ बिरुद्धको खोपका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रयास सम्बन्धी प्रेश नोट

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टसँगै महामारी बिरुद्ध निषेधाज्ञा जारी गरेको डेढ महिनाको अवधिमा, राष्ट्रिय अपाङ्ग महासंघमा प्राप्त जानकारीको आधारमा, कोभिड १९ का कारण १३ जना भन्दा  बढी अपाङ्गता भएका ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन्, भने ३५० जना भन्दा बढी संक्रमित भएका छन् । विभिन्न कारणले कोभिड संक्रमणको उच्च जोखिममा अपाङ्गता भएका व्यक्तिहरू रहेको कारणले नेपालमा यस विरूद्धको खोपको कार्यक्रम सुरू भएदेखि नै खोप कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू प्राथमिकतामा पारिनुपर्छ भन्ने सवालमा महासंघले लगातार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत अन्य सम्बन्धित निकायहरूसँग पैरवी गर्दै आएको छ । तसर्थ यस विषयमा हालसम्म कोभिड १९ बिरुद्धको खोपमा अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा राख्न र खोपकेन्द्रहरूको पहुँचयुक्ता सुनिश्चित गर्ने सवालमा हालसम्म महासंघबाट भएका प्रयासहरु निम्न रहेको यो प्रेश नोटमार्फत सम्बद्ध सबैमा जानकारी गराइन्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध !

कोभिड १९ को बढ्दो संक्रामक र जोखिमपुर्ण अवस्थामा  अपाङ्गता भएको व्यक्तिको सुरक्षालाई ध्यान दिनुहुन अनुरोध गर्दछौं । English Word file Nepali Word file

अपाङ्गता भएका व्यक्तिहरुको सवालमा भर्चुअल अन्तर्क्रिया

कोरोनाको महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका सवालहरुमा भचुअल माध्यमबाट साक्षत्कार गर्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति  २०७८/०१/३१ मा सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुबीच अन्तरकृया/छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आयोगका माननीय सदस्य सूर्य ढुङ्गेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका माननीय सदस्यहरु, केन्द्रिय तथा प्रदेश संचरनाका विभिन्न व्यक्तित्वहरु, गृहमन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अपाङ्गताको अधिकार प्रर्वद्धन शाखा, स्वास्थ्य सेवा विभाग,राष्ट्रिय समावेशी आयोग सहितका प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहनुभएको थियो । यसै गरी राष्ट्रिय अपाङ्ग महासंघका संघीय तथा प्रादेशिक संरचनाका पदाधिकारी तथा सदस्यहरु, अपाङ्गताको अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मी, वर्गीय संघ संस्थाहरु, नागरिक समाज तथा संचारकर्मीहरुसहित करिब १९५ जनाको सकृय सहभागिता रहेको थियो ।

जिल्ला सम्पर्क व्यक्तिहरु तथा महिला दौतरी परामर्शदाताहरुका लागि एकदिने भर्चुअल तालिम सम्पन्न

मिति २०७८, वैशाख २७ गते सोमबार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा, टेकुको समन्वय तथा विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयको सहयोगमा संचालित संयुक्त पहलमा संचालित हो हामी सक्छौं–अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गता–समावेशी कोभिड १९ प्रतिकार्य परियोजनाको लुम्बिनी प्रदेश स्थित १२ वटै जिल्लाका १२ जिल्ला सम्पर्क व्यक्तिहरु र १२ महिला दौंतरी परामर्शदाताहरुलाई कोभिड १९ को समयमा आईपर्ने अपाङ्गता महिला, महिला युवा तथा किशोरी अपाङ्गता भएका व्यक्तिहरुको समस्या तथा सवालहरुलाई भर्चुअल सहायता कक्षको माध्ममबाट भर्चुअल विज्ञहरुहरुको पुल मार्फत परामर्श तथा सहयोग उपलब्ध गराउनका लागि क्षमता अभिबृद्धि गर्ने उद्येश्यले भर्चुअल अभिमुखीकरण तालिमको आयोजना भएको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७७ साल चैत्र १८ गते वुधवार सामाजिक विकास समिति, कर्णाली प्रदेशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुर्नस्थापना सेवामा पहुँच अभिवृद्दी बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।  कार्यक्रममा कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका समस्या, चुनौति, नितिगत बाधाहरु तथा सरकारी तवरबाट भोग्नु परेका अफ्ठायाराहरुको बारेमा छलफल गरिएको…