पहुँचयुक्ततासंग सम्बन्धित विभिन्न निर्देशिका, मापदण्ड र कार्यविधि तथा अन्तर्राष्ट्रिय अभ्यासको समिक्षात्मक अध्ययन प्रतिवेदन
30 June 2021
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा तयार गरिएको र तत्कालिन मन्त्रिपरिषदद्धारा २०६९ साल फागुन ६ गते स्वीकृत गरि लागु गरिएको ‘अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका’ मा समेटिएका विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यसलाई थप परिमार्जन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार पारिएको छ ।
मन्त्रालयले समिति नै बनाएर निर्देशिका परिमार्जनको कार्य गरिरहेको सन्दर्भमा हाल लागु भएको निर्देशिकामा थप के—के कुराहरु समेट्न सकिन्छ, पहुँचयुक्तताका विश्वब्यापी सिद्धान्त र अन्य देशमा लागु भएका निर्देशिकाहरु हाम्रो सन्दर्भमा कत्तिको उपयोगी छन्, राष्ट्रिय भवन संहिता (वास्तुकलागत संहिता २०६) मा के-कस्ता प्रावधान छन् र तिनलाई निर्देशिकामा कसरी समेट्ने सकिन्छ भन्ने उद्देश्यले यो अध्ययन प्रतिवेदन तयार पारिएको हो ।