विश्व सामाजिक मञ्चको कार्यक्रममा “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्र सम्पन्न
अर्को विश्व सम्भव छ भन्ने नाराका साथ World Social Forum अर्थात विश्व सामाजिक मन्चको चौथो दिनको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा विभिन्न सत्र सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, अपाङ्गता अधिकार र विकासका लागि कृयाशील नेपाल (ADRAD) तथा Handicap International को साझेदारीमा “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्रमा अपाङ्गता अधिकारर्मीहरुले द्दन्द्धका कारण अपाङ्गता भएका व्यक्तीहरुको मुलप्रवाहिकरण, अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँचको अवस्था, दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई नबिनतम सुचना प्रविधिको आवश्यकता, विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष राम कार्की, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धिताल, ADRAD का अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराई, युवा दृष्टिविहिन महिला स्मारिका पोखरेल र स्वकालतकर्ता निश्चल केसीलेले प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो सत्रमा निश्चल केसीले आफ्नो प्रस्तुतीकरण गर्दै नेपलामा बौद्दिक अपाङ्गता भएका व्यक्तिहरुले गरिरहेका कामका बारेमा जानकारी गराउनु भएको थियो। निश्चलका अनुसार बौद्दिक अपाङ्गता भएका व्यक्तिहरुले नेपाल लगायत, भारत, प्यालेसटाईन, केन्यामा पनि काम गरिरहेका कुरा बताउनु भयो । उहाँले बौद्दिक अपाङ्गता भएका व्यक्तिहरुले समुदायबाट निकै भेदभावहरू सहदै विभिन्न अवरोधको सामाना गर्दै आफ्नो अधिकारको लागि लडिरहेको कुरा जानकारी गराउनु भयो । उहाँले बौद्दिक अपाङ्गता भएका व्यक्तिहरको सुचना पाउने अधिकारलाई सुनिश्चित गराउदै सम्पूर्ण सुचनाहरू सरल भाषामा प्रकाशन गर्न गराउन सबैलाई अनुरोध गर्नु भयो।
साथै नेपालमा सिकाइ सिमितता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त सुचना बनाउन इजी टु रिड समुह मार्फत आफू लगायत अन्य स्व-वकालतकर्ताहरुले काम गर्दै आइरहेको कुरा जानकारी गराउनु भएको थियो । आफ्नो प्रस्तुतीकरणको अन्त्यमा निश्चलले सबै व्यक्त्ति संग “हामी बौद्दिक अपाङ्गता भएका व्यक्तिहरुले केहि पनि गर्न सक्दैन्न् भन्ने भाष्य निर्माण गरिएको छ । हामीलाई अवसर दिईयो भने हामी विभिन्न काम गर्न सक्छौँ । हामीलाई काम गर्ने अवसर त दिनुहोस्” भनेर अपिल गर्नु भयो।
उक्त छलफलमा नेपाल, बंङ्गलादेश, श्रीलंका र भारतका अपाङ्गता क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधिहरु समेत सहभागीता जनाएका थिए । सो सत्रलाई अपाङ्गता अधिकार र विकासका लागि कृयाशील नेपाल (ADRAD) का कार्यकारी निर्देशक एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. बिरेन्द्रराज पोखरेलले सहजिकरण गर्नु भएको थियो भने अन्त्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देविदत्त आचार्यले आफ्नो मनत्व्य सहित समापन गर्नु भएको थियो ।