राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक रेडियो सन्देश
यस पालिको राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको गणनालाई सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनगणना सम्बन्धी सचेतनामूलक रेडियो पिएसए मार्फत जनचेतना जगाउने कार्य गरेको छ। जनगणनामा अपाङ्गता भएका व्यक्ति कोहि पनि नछुट्न र आफैले आफ्नो सहभागिता सूनिश्चित गर्न र गराउनको लागि यस सन्देश प्रसारण गरिएको छ ।
रेडियो सन्देश (PSA) को स्क्रिप्ट यस प्रकार रहेको छः
पृष्ठभूमीः विहानको वातावरण अनुभव गराउन बाँसुरीको धुन, चराहरूको आवाज, भाले बासेको आवाज । डिल्लि दाई आगनमा बसेर रेडियो सुन्दै ! रेडियोबाट सामाचार आइरहेको आवाज । (रमेश दाईको आगमन)
रमेश:- नमस्कार डिल्ली दाई, समाचार सुन्दै हुनुहुन्छ ?
डिल्लि :- ओहो! रमेश भाई आउनु भयो, म तपाँइलाइ पर्खिराखेको थिएँ ।
रमेश: – दाइ यसपालि जनगणनामा अपाङ्गता भएका व्यक्तिको पनि छुट्टै गणना हुँदैछ भन्ने सुन्दैछु । के हो ?
डिल्लीः हो नी भाइ । अपाङ्गता सम्बन्धी छुट्टै प्रश्नहरू राखेर गणना हुँदैछ नी।
रमेश :- यो त धेरै राम्रो कुरा हो दाइ । तर के गर्ने गाउँघरतिर अझै पनि बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाइ लुकाएर राख्ने चलन छ ।
डिल्लीः हो नी ! त्यहि भएर हामिले त्यस्ता सबै घर परिवारलाइ कुरो बुझाएर अपाङ्गता भएका सदस्यको गणना गराउन भन्नुपर्छ नी । जनगणनामा छुटेपछि त राज्यले उनीहरूलाइ दिने सेवा, सुविधा, सहुलियत सबैमा छुटिहाले नी ।
रमेशः हो नी दाइ, यस्तो त हुन दिनुहुन्न । हामी आजैबाट सबैलाइ संझाउन लागौँ ।
पृष्ठभूमिबाट आउने आवाजः हो, यहि कार्तिक २५ देखि तपाँइको घरघरमा गणकहरू आउँदैछन् । आफ्नो घर परिवारमा कोहि अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ भने अनिवार्य गणना गराउनुहोस है ।
डि.पी.ओ.डी. डेनमार्क र एफ.एफ.ओ. नर्वेको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी।
रेडियो जिङ्गलको लिङ्कः